• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

ग्लोबलपाटीप्रकाशित मिति: २०८२ कार्तिक २९, शनिबार (९ महिना अघि)
  • ५१२ पाठक संख्या
  • Tatopani

    चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारसम्मको सडक स्तरोन्नतिका साथ कालोपत्रे हुने भएको छ ।

    वार्षिक अर्बौं राजस्व सङ्कलन गर्ने यो नाका जाने बाह्रबिसे–लिपिङ सडक खण्डका सुधारका लागि डिभिजन सडक कार्यालय चरिकोटले चालु आर्थिक वर्षमै ठेक्का सम्झौता गर्न लागेको हो । डिभिजन सडक कार्यालयले सडक स्तरोन्नतिको लागि ३ अर्ब रुपैयाँ बजेट माग गरेकामा अर्थ मन्त्रालयले २ अर्ब विनियोजन गरेको थियो । तर ठेक्का प्रक्रियामा सहभागी निर्माण व्यवसायीले १ अर्ब ३४ करोड १० लाख ४७ हजार १७७ रुपैयाँमा काम सम्पन्न गर्ने प्रस्ताव पारेपछि सोही लागतमा सम्झौता प्रक्रिया अघि बढाइएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख नारयणदत्त भण्डारीले जानकारी दिए ।

    सिन्धुपाल्चोक क्षेत्र नं. १ का निर्वतमान सांसद माधव सापकोटाले तातोपानी नाका पुग्ने सडकको स्तरोन्नति आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरे । ‘ऐतिहासिक र राजस्वको प्रमुख स्रोत भएकै कारण यो सडकको दयनीय अवस्था सुधार्न आवश्यक थियो, धेरै प्रयासपछि आज यो काम कार्यान्वयनमा पुगेको छ ।’ सापकोटाले भने ।

    उनका अनुसार बजेट विनियोजनका बेला ‘३ अर्ब’ भन्दै धेरैले व्यङ्ग्य गरे पनि अब सडक निर्माण ठोस रूपमा अघि बढेकाले जनतासँग गरेको पहिलो प्रतिबद्धता पूरा हुने विश्वास दिलाए । ‘तातोपानी नाका बारे धेरै नेताले वर्षौं आश्वासन मात्र दिए, मैले आश्वासन होइन, काम गरेर देखाएँ,’ उनले भने, ‘अब समयमै काम सक्न सबै पक्षले सकारात्मक सहयोग र निरन्तर दबाब दिन आवश्यक छ ।’

    डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाह्रबिसे–लिपिङ २८ किलोमिटर सडक दुई लेनको कालोपत्रे हुनेछ । उनका अनुसार ठेक्का प्रक्रिया आठ महिना अघि नै सुरु गरिएको भए पनि विभिन्न कारणले ढिलाइ भएको र अहिले सम्झौता अन्तिम चरणमा पुगेको बताए ।

    ‘पहिले नाली त्यसपछि नदीले कटान गरेका स्थानमा प्रोटेक्सन वाल लगायतका संरचना निर्माणको काम हुनेछ,’ डिभिजन सडक कार्यालयका प्रमुख भण्डारीले भने, ‘त्यसपछि दुई लेनको डीबीउम प्रविधिबाट गुणस्तरीय अस्फाल्ट पिच गरिनेछ ।’ भण्डारीका अनुसार डाक्लाङ, घट्टेखोला र कोदारी आसपास पहिरोले क्षतिग्रस्त भएका भागहरूलाई छुट्टै ठेक्कामार्फत निर्माण गरिनेछ ।

    ‘यी ठाउँहरू जोखिमपूर्ण भएकाले स्थायी समाधानका लागि छुट्टै विस्तृत योजना आवश्यक भएकाले प्राविधिक मार्फत अध्ययन भइरहेको छ, अध्ययन पूरा गरेर केही समयभित्रै निर्माण प्रक्रिया आगाडि बढाउँछौ ।’ उनले भने ।
    ठेक्का सम्झौतासँगै निर्माण कम्पनीले दुई वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ । सडक कालोपत्रे भएपछि तातोपानी नाका हुँदै हुने व्यापारिक गतिविधि सहज हुने, ढुवानी खर्च घट्ने र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution