
कस्ता दिन गए, यस्ता दिन आए, के भनौं र मैले खै
दालभात परै रहोस्, ढिंडै किन नहोस् पेटभरी… पाईएनहै… !
आफ्नै गाउँघर, यसो ओरपर, घुम्दा फिर्दा, निस्कँदा
दुई छाक खान पुग्ने, एका दुई हुन्थे, धिक्कार उ दिन सम्झंँदा.. !
घाँसदाउरा मेलापात, गर्नेहरु जति भोका र नाङ्गा हुने
ठूलाठालुहरु मै हुँ भन्दै बस्थे, गरिब गुरुवा रुने
असमानताको बिगबिगि थियो, अल्छी साहु बम्कँदा
समानता भन्नु एकादेशको कथा, अझै उ दिन सम्झँदा !!
ढिकीमा कुटेका चामल चिउरा खान, औंला भाँची दिनगनी…
घट्टमा पिसेको पिठो सार्रै मीठो, कोदो मकै गहुँ हो नी
भात खाने दिन आउन, अझै तीन दिन बाँकी महाँदसैं पर्खंदा…
कमेरो र माटो, सफा बाटोघाटो, दङ्गै उ दिन… सम्झँदा !
पूmलपातीका दिन बिहान बेल्कै ढिंडो, अष्टमीमा चिउरा
नवमीमा सिकार, चिचिपापा भन्दै रमाउँथे घरका भुरा…
टीकाटाला दसैं तिहार झिलिमिली, देउसी खेल्न लम्कँदा
एक दुईका नोट पैसा दिने चैं गतिला, उल्कै उ दिन सम्झँदा… !
चाडपर्वका लागि पहिलेनै तयारी, रिनधन पानी– रासन
खसी बोका च्याङ्ग्रा, गुन्द्री राडी काम्ला थालिन्थ्यो जुटाउन… !
पाहुनापासा अनि ईष्टमित्र आउने बाटो हेरी पर्खंदा
पारिपारी हेरी कुरिन्थ्यो चौतारी, धुमधाम उदिन सम्झँदा… !



शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ