• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

ग्लोबलपाटीप्रकाशित मिति: २०८२ पौष ३०, बुधबार (४ महिना अघि)
  • २२९ पाठक संख्या
  • Game News

    चौतारा । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले तेक्वान्दो खेलाडी एवम् प्रशिक्षक प्रेम भण्डारी र १३औं दक्षिण एसियाली खेलकुद (साग) कि गोल्ड मेडलिस्ट एवम् अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री काजल श्रेष्ठलाई सम्मान गरेको छ ।

    पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा भण्डारीलाई ३० हजार रुपैंया राशीसहित सम्मान गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक लगाएत विभिन्न पदक हासिल गरी देशको नाम उँचो बनाएवापत भण्डारीलाई कदरस्वरुप सम्मान गरिएको पालिका अध्यक्ष राजु लामाले बताए ।

    ‘२०४७ साल देखि तेक्वान्दो खेलसँग आबद्धु रहि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक लगाएत विभिन्न पदक हासिल गर्नुका साथै पछिलो समय सिन्धुपाल्चोक र काठमाण्डौं स्थित गोठाटार तेक्वान्दो डोजाङको समेत स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरि कुशल प्रशिक्षकको रुपमा सयौं खेलाडीहरु उत्पादनमा उच्च योगदान पुर्याउँदै अन्तराष्ट्रिय जगतमा देशको पहिचान दिलाउन सफल हुनु भएकोमा उच्च प्रशंसा गर्दै हामीले सम्मान गरेका हौं’, लामाले भने ।

    भण्डारीलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य माधव सापकोटा, पालिका अध्यक्ष राजु लामा र उपाध्यक्ष मिठु लामाले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै भण्डारीले प्राप्त सम्मान सिंगो खेलक्षेत्रको सम्मान भएको बताए । ‘योग्यता र क्षमताको साथै सिंगो खेलक्षेत्रको सम्मानको रुपमा मैले ग्रहण गरेको छु’, भण्डारीले भने– ‘यो हौसला र प्रेरणाको लागि सिंगो पालिका टीमलाई आभार व्यक्त गर्दछु ।’

    तेक्वान्दो खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका प्रशिक्षक प्रेम बहादुर भण्डारी यस अघि पनि विभिन्न सम्मानबाट विभूषित भएका छन् । भण्डारीले करिब तीन दशकभन्दा बढी समयदेखि तेक्वान्दो क्षेत्रमा सक्रिय रही २ हजार भन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिइसकेका छन् । तीमध्ये धेरै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सफल भएका छन् ।

    सोही अवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) कि गोल्ड मेडलिस्ट एवम् अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री काजल श्रेष्ठलाई पनि पालिकाले नगद ३० हजारसहित सम्मान गरेको छ । सन् २०१४ मा ताइवानमा भएको दशौँ जुनियर वल्र्ड च्याम्पियनसिप खेलेकी काजलले २०१९ मा नेपालमै भएको १३औं सागमा ४६ केजी तौलमा स्वर्ण जितेकी थिइन् । यस्तै उनले अजरवैजानमा भएको वल्र्ड तेक्वान्दो च्याम्पियनसिप समेत खेलकी थिइन् ।

    काजलले २०१५ मा मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कप, २०१७ मा काठमाडौंमै भएको पहिलो वुमन्स अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१७ मै भएको भएको दोस्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१८ मा काठमाडौंमा भएको काठमाडौं ग्योरोगी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, २०२१ मा भएको नेपाल ओपन भर्चुअल इन्टरनेशनल तेक्वान्दो च्यामपियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् ।

    यस्तै उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रजत र कांस्य पनि जितेका छन् । उनले विभिन्न राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जितेकी छन् भने विभिन्न प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीको अवार्ड समेत जितेकी छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution