• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार (१ महिना अघि)
  • १४६ पाठक संख्या
  • Training

    बाह्रविसे । मल्टिमिडिया पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको बाह्रविसेमा पाँचदिने मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ ।

    पत्रकारिता क्षेत्रमा रुचि राख्ने तथा मल्टिमिडिया पत्रकारितामा आबद्ध हुन इच्छुक १५ जना युवायुवतीले तालिममा सहभागिता जनाएका थिए । असार १ गतेबाट सञ्चालन भएको तालिममा समाचार लेखन, मोबाइलमार्फत भिडियो तथा फोटो खिच्ने प्रविधि, भिडियो सम्पादन, सामाजिक सञ्जालका लागि सामग्री उत्पादन, अन्तर्वार्ता लिने सीप, डिजिटल सुरक्षा तथा मल्टिमिडिया सामग्री निर्माणका आधारभूत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

    तालिमका प्रशिक्षक सुन्दर शिरीषले पछिल्लो समय पत्रकारितामा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै मोबाइल पत्रकारिताले समाचार संकलन र सम्प्रेषणलाई सहज, छरितो र प्रभावकारी बनाएको बताए । उनले तालिममा मल्टिमिडिया पत्रकारिता, मोवाईल पत्रकारिता, स्टोरी टेलिङ, मल्टिमिडिया सामग्री उत्पादन र सम्पादनलाई विशेष जोड दिएको बताए । सीमित स्रोतसाधनमा पनि प्रभावकारी पत्रकारिता गर्न सकिने भएकाले मोबाइल पत्रकारिताको महत्व दिनप्रतिदिन बढ्दै गएको अर्का प्रशिक्षक महेश श्रेष्ठको भनाई थियो ।

    Mojo Training

    सहभागीहरूलाई मोबाइल फोनको प्रयोगबाट गुणस्तरीय समाचार सामग्री तयार गर्ने व्यावहारिक अभ्याससमेत गराइएको आयोजक सिन्धु बुलन्द साप्ताहिकका सम्पादक एवम् प्रकाशक चित्र मिजारले बताए । उनका अनुसार प्रशिक्षार्थीहरुलाई समूहमा विभाजन गरी जलविद्युत, स्वास्थ्य केन्द्र, स्थानीय सरकारका विषयमा मल्टिमिडिया रिर्पोटिङ, उत्पादन र प्रशारणयोग्य सामग्रीसमेत निर्माण गरिएको थियो ।

    कार्यक्रमको समापन अवसरमा सहभागीहरूले तालिमबाट मल्टिमिडिया सामग्री निर्माण, भिडियो सम्पादन तथा डिजिटल प्लेटफर्मका लागि समाचार उत्पादनसम्बन्धी नयाँ ज्ञान र सीप हासिल गरेको बताएका थिए । ‘हामीले यस तालिमबाट मोबाइल फोनबाटै गुणस्तरीय भिडियो खिच्ने र अडियो रेकर्ड गर्ने, मल्टिमिडिया र डिजिटल स्टोरीटेलिङ कसरी गर्नेजस्ता महत्वपूर्ण ज्ञान हासिल गर्यौं’, सहभागी सिम्रिका थापाले बताईन् । त्यस्तै तालिममा सहभागी विशाल विसुंखेले सिकेका सीपलाई व्यवहारमा उतारेर अब स्थानीय मुद्दा र समुदायका आवाजलाई प्रभावकारी रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाए ।

    तालिममा सहभागीलाई बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले प्रमाणपत्रसमेत वितरण गरेका थिए । प्रमाणपत्र वितरण पछि बस्नेतले समुदायको हितमा पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै ५ दिने तालिम लिएका सञ्चारकर्मीहरुले पत्रकारिताको सिद्धान्तमा दृढ रहदै मल्टिमिडियाको माध्यमबाट पत्रकारितामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरे ।

    आयोजकका अनुसार तालिमले सिन्धुपाल्चोकका युवाहरूमा डिजिटल तथा मल्टिमिडिया पत्रकारिताप्रति रुचि बढाउनुका साथै स्थानीय तहमा सक्षम सञ्चारकर्मी उत्पादन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । सिन्धु बुलन्द साप्ताहिकको आयोजना र मर्सी मिसन मिडिया प्रा.लि.को सहजिकरणमा भएको तालिमले पछिल्लो समय सञ्चार क्षेत्र डिजिटल माध्यममा केन्द्रित बन्दै गइरहेका बेला स्थानीय स्तरमा पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको मर्सी मिसन मिडिया प्रा.लि. का प्रमुख निरोज तोलाङ्गेले विश्वास व्यक्त गरे ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution