
चाैतारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित भएकी छन् ।
शुक्रबार भएको निर्वाचनमा गुरूङले १ सय ४९ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, सभापतिका अर्का उम्मेदवार कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२, दिलराम श्रेष्ठले २ मत ल्याए ।
उपसभापति पदमा सरोजा श्रेष्ठ १ सय २३ मतसहित निर्वाचित भइन् । प्रतिस्पर्धी निमा याङ्छेन लामाले ६५ र मुके शेर्पाले ४७ मत ल्याए । सहसचिवमा बिदुर खड्काले १ सय ३५ मत ल्याई विजयी भए । उनको प्रतिद्वन्द्वी दोर्जे तामाङले ९७ मत ल्याए ।
त्यस्तै सदस्यहरुमा गोकर्ण विक्रम सिलवालले १ सय ३३, पास तेम्बा शेर्पाले १ सय ३७, नन्दलाल श्रेष्ठले १ सय २१, नमराज भट्टराईले १ सय १३ र पूदीप सिलवालले १ सय १८ मत ल्याई विजयी भएका छन् । सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको थियो । सचिव पदमा भने राजिव हमालको एक्लै उम्मेदवारी परेका कारण उनी सर्वसम्मत भएका हुन् ।
सभापतिमा निर्वाचित गुरूङ यसअघि पनि जिल्ला सभापति थिइन् । उनी २०७९ सालमा सिन्धुपाल्चोक– २ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि थिइन् । गुरुङले प्रथम समावेशी महिला आरोहण टोलीबाट सगरमाथा आरोहण समेत गरेकी छिन् ।
हेर्नुस् मत परिणाम :




शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ