• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २२, आईतबार | Sunday, 05, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • २दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ३एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ४३० परिवारको निःशुल्क जीवन बिमा
  • ५पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ६बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ७पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ८बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)

लिदी पहिरो प्रभावितले पाए अस्थायी आवास

सुन्दर शिरीषप्रकाशित मिति: २०७८ श्रावण २५, सोमबार (१ साल अघि)
  • ३११ पाठक संख्या
  • IMG_1397 copy
    ‌‌‌

    बाँसखर्क । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीमा एक वर्ष अघि गएको पहिरोबाट विस्थापित बनेकाहरुले अस्थायी आवास प्राप्त गरेका छन्

    ७८ लाख २८ हजार ७ सय ५३ रुपैंया लागतमा अस्थायी आवास निर्माण गरिएको हो । सो लागतमा ३१ वटा आवास भवन, ७ वटा शौचालय, १ वटा हेल्थ पोष्ट भवन, १ वटा क्यान्टिन र १ वटा स्नानगृह निर्माण गरिएको जुगल गाउँपालिका– २ का वडा अध्यक्ष प्रताप लामाले बताए । प्रति घर २ लाख ५२ हजार ५ सय ३९ रुपैंया लागतमा निर्माण गरिएको हो ।

    आइतबार एक कार्यक्रमबीच लिदी पहिरो प्रभावित परिवारका लागि जुगल गाउँपालिका– १ बाँसखर्कमा निर्मित अस्थायी आवास प्रभावितलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना २६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

    आवास नेपाली सेनाले निःशुल्क श्रमदानबाट निर्माण भएको हो । आवास निर्माणको लागि जुगल गाउँपालिका प्रकोप व्यवस्थापन कोषबाट ५८ लाख २ हजार ४९ रुपैंया र विभिन्न संघसंस्था एवम् व्यक्तिहरुबाट २० लाख २६ हजार ६ सय ८६ रुपैया बराबरको सहयोग प्राप्त भएको जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

    आवास निर्माण गर्दा २९ लाख ६ हजार १ सय १२ रुपैंयाको २२ हजार ५ सय २५ किलो फलाम, ७ लाख ४३ हजार ८ सय उनन्असी रुपैंयाको ५८ वण्डल जस्तापाता, १ लाख ६८ हजार ३ सय ७१ रुपैंयाको २ सय ३० बोरो सिमेण्ट प्रयोग गरिएको छ । १ लाख ४८ हजार रुपैंयाको गिटी, १ लाख ८० हजार रुपैंयाको बालुवा, २५ हजार ५ सय रुपैंयाको ढुङ्गा, ९६ हजार ५ सय ४८ रुपैंयाको इन्धन र ८ लाख ३१ हजार ३ सय ८५ रुपैंयाको ढुवानी, टुल्स लगायतमा खर्च भएको स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका पालिका अध्यक्ष श्रेष्ठले बताए ।
    त्यस्तै स्काभेटरमा ९० हजार रुपैंया, झ्याल ढोकामा ४९ हजार २ सय ६८, विद्युत तथा शौचालय सामग्रीमा १ लाख ५७ हजार ८ सय ७५, मजदूर ज्याला ३ लाख ५५ हजार ७ सय ५० र ४९ हजार ३ सय ६१ रुपैंया खर्च भएको समितिले जनाएको छ ।

    आवास निर्माणको लागि क्रिकेट खेलाडी सन्दिप लामिछानेले १ लाख २३ हजार ४ सय ८८ रुपैंयाको ९ सय ८ किलो फलाम र ३ लाख ७१ हजार ६ सय १३ रुपैंयाको २५ वण्डल जस्तापाता सहयोग गरेका थिए । त्यस्तै सिएरआरसी÷केयर नेपालले २२ हजार ८ सय रुपैंयाको ३० बोरा सिमेन्ट, ७ लाख ६३ हजार ९ सय ६० रुपैंयाको ६७ वण्डल जस्तापाता, पर्यटन व्यवसायी मिलन तामाङ र माया गुरुङले ७ लाख ४ हजार ८ सय २८ रुपैंयाको ५५ वण्डल जस्तापाता, निर्मला सिलवालले ४० हजार रुपैंया बराबरको विद्युतीय सामग्री सहयोग गरेको श्रेष्ठले बताए ।

    एक वर्ष पछि अस्थायी भए पनि आवास पाएकोमा पहिरो प्रभावितहरु खुसी भएका छन् । ‘एक वर्षसम्म पालमा बस्दा हामीलाई निक्कै सकस भएको थियो । सुत्केरी, बालबालिका, बृद्धबृद्धालाई समस्या थियो’, पहिरो प्रभावित सावित्री तामाङले भनिन्– ‘अहिले हामीले अस्थायी आवास पाएका छौं, यसले हामीलाई केहि मात्रामा भएपनि खुसी दिएको छ ।’ अब बाँकी १ सय १८ घर परिवारलाई नै आवासको लागि स्थानीय सरकारले प्रयत्न गर्नुपर्नेमा उनले जोड दिईन् ।

    स्थानीय सरकारले पहिरो प्रभावित सबैलाई आवासको लागि प्रयत्न भईरहेको स्थानीय सरकारले जनाएको छ । ‘लिदीका २ सय ८ घरधुरीसहित २ सय ५७ विपद् प्रभावितहरुसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माण गर्ने प्रकृया सुरु भईसकेको छ’, जुगल गाउँपालिका– २ का वडा अध्यक्ष प्रताप लामाले भने ।

    २०७७ साउन ३० गते गएको पहिरोमा २ सय ९ घरघुरी प्रभावित बनेको थियो । पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो । जसमध्ये २९ घर पूर्ण क्षति भएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

  • दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा


  • ग्लोबल अपडेटथप

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution