• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २७, शनिबार | Saturday, 13, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

लिदी पहिरो प्रभावितले पाए अस्थायी आवास

सुन्दर शिरीषप्रकाशित मिति: २०७८ श्रावण २५, सोमबार (४ साल अघि)
  • ७६३ पाठक संख्या
  • IMG_1397 copy
    ‌‌‌

    बाँसखर्क । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीमा एक वर्ष अघि गएको पहिरोबाट विस्थापित बनेकाहरुले अस्थायी आवास प्राप्त गरेका छन्

    ७८ लाख २८ हजार ७ सय ५३ रुपैंया लागतमा अस्थायी आवास निर्माण गरिएको हो । सो लागतमा ३१ वटा आवास भवन, ७ वटा शौचालय, १ वटा हेल्थ पोष्ट भवन, १ वटा क्यान्टिन र १ वटा स्नानगृह निर्माण गरिएको जुगल गाउँपालिका– २ का वडा अध्यक्ष प्रताप लामाले बताए । प्रति घर २ लाख ५२ हजार ५ सय ३९ रुपैंया लागतमा निर्माण गरिएको हो ।

    आइतबार एक कार्यक्रमबीच लिदी पहिरो प्रभावित परिवारका लागि जुगल गाउँपालिका– १ बाँसखर्कमा निर्मित अस्थायी आवास प्रभावितलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना २६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

    आवास नेपाली सेनाले निःशुल्क श्रमदानबाट निर्माण भएको हो । आवास निर्माणको लागि जुगल गाउँपालिका प्रकोप व्यवस्थापन कोषबाट ५८ लाख २ हजार ४९ रुपैंया र विभिन्न संघसंस्था एवम् व्यक्तिहरुबाट २० लाख २६ हजार ६ सय ८६ रुपैया बराबरको सहयोग प्राप्त भएको जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

    आवास निर्माण गर्दा २९ लाख ६ हजार १ सय १२ रुपैंयाको २२ हजार ५ सय २५ किलो फलाम, ७ लाख ४३ हजार ८ सय उनन्असी रुपैंयाको ५८ वण्डल जस्तापाता, १ लाख ६८ हजार ३ सय ७१ रुपैंयाको २ सय ३० बोरो सिमेण्ट प्रयोग गरिएको छ । १ लाख ४८ हजार रुपैंयाको गिटी, १ लाख ८० हजार रुपैंयाको बालुवा, २५ हजार ५ सय रुपैंयाको ढुङ्गा, ९६ हजार ५ सय ४८ रुपैंयाको इन्धन र ८ लाख ३१ हजार ३ सय ८५ रुपैंयाको ढुवानी, टुल्स लगायतमा खर्च भएको स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका पालिका अध्यक्ष श्रेष्ठले बताए ।
    त्यस्तै स्काभेटरमा ९० हजार रुपैंया, झ्याल ढोकामा ४९ हजार २ सय ६८, विद्युत तथा शौचालय सामग्रीमा १ लाख ५७ हजार ८ सय ७५, मजदूर ज्याला ३ लाख ५५ हजार ७ सय ५० र ४९ हजार ३ सय ६१ रुपैंया खर्च भएको समितिले जनाएको छ ।

    आवास निर्माणको लागि क्रिकेट खेलाडी सन्दिप लामिछानेले १ लाख २३ हजार ४ सय ८८ रुपैंयाको ९ सय ८ किलो फलाम र ३ लाख ७१ हजार ६ सय १३ रुपैंयाको २५ वण्डल जस्तापाता सहयोग गरेका थिए । त्यस्तै सिएरआरसी÷केयर नेपालले २२ हजार ८ सय रुपैंयाको ३० बोरा सिमेन्ट, ७ लाख ६३ हजार ९ सय ६० रुपैंयाको ६७ वण्डल जस्तापाता, पर्यटन व्यवसायी मिलन तामाङ र माया गुरुङले ७ लाख ४ हजार ८ सय २८ रुपैंयाको ५५ वण्डल जस्तापाता, निर्मला सिलवालले ४० हजार रुपैंया बराबरको विद्युतीय सामग्री सहयोग गरेको श्रेष्ठले बताए ।

    एक वर्ष पछि अस्थायी भए पनि आवास पाएकोमा पहिरो प्रभावितहरु खुसी भएका छन् । ‘एक वर्षसम्म पालमा बस्दा हामीलाई निक्कै सकस भएको थियो । सुत्केरी, बालबालिका, बृद्धबृद्धालाई समस्या थियो’, पहिरो प्रभावित सावित्री तामाङले भनिन्– ‘अहिले हामीले अस्थायी आवास पाएका छौं, यसले हामीलाई केहि मात्रामा भएपनि खुसी दिएको छ ।’ अब बाँकी १ सय १८ घर परिवारलाई नै आवासको लागि स्थानीय सरकारले प्रयत्न गर्नुपर्नेमा उनले जोड दिईन् ।

    स्थानीय सरकारले पहिरो प्रभावित सबैलाई आवासको लागि प्रयत्न भईरहेको स्थानीय सरकारले जनाएको छ । ‘लिदीका २ सय ८ घरधुरीसहित २ सय ५७ विपद् प्रभावितहरुसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माण गर्ने प्रकृया सुरु भईसकेको छ’, जुगल गाउँपालिका– २ का वडा अध्यक्ष प्रताप लामाले भने ।

    २०७७ साउन ३० गते गएको पहिरोमा २ सय ९ घरघुरी प्रभावित बनेको थियो । पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो । जसमध्ये २९ घर पूर्ण क्षति भएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution