• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ पौष ११, आईतबार (४ साल अघि)
  • ५४२२ पाठक संख्या
  • Subhas Karmacharya
    ‌‌‌‌

    चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकका पुरानो नेता एवम् पूर्व सांसद् सुभाष कर्मचार्यद्वारा ओली नेतृत्वको नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

    आईतबार मध्यान्न कर्मचार्यले सामाजिक सञ्जाल मार्फत पार्टी परित्याग गरेको जनाएका हुन् । ‘नेपाल कम्युनिष्ट पार्टी एमाले सँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले एमाले परित्याग गरेको घोषणा गरेपछि एमाले भित्र ठूलै खैलाबैला मच्चिएको छ । उनको यो कार्यबारे सामाजिक सञ्जालाम मिश्रित प्रतिक्रिया आएका छन् । विष्णु थापा लेख्छन्, ‘आजैको दिनदेखि सिन्धुपाल्चोक नेकपा एमालेले ठूलो मुक्ति पाएको घोषणा गर्दछु ।’

    त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीले आगामी राजनीतिक यात्रा सुखद् र सफल रहोस् भन्दै शुभकामना दिएकी छिन् । नेत्र थापाले पदमात्रै सब थोक नभई जनता साथमा रहेको बताएका छन् ।

    गणेश गुरागाईं लेख्नछन्– ‘गलत निर्णय लिनुभयो कमरेड, एक जाडोले मात्र माघ जादैन । तपाईं यो पटक मात्र हैन यो भन्दा अगाडि नवौ महाधिवेशन मा नै केन्द्रीय सदस्य भईसक्नु पर्ने थियो तर दुर्भाग्य यो पटक पनि हुनुभएन यसले जिल्लाका सवै कार्यकर्ता दुखित छन तर तपाईं जस्तो लामो ईतिहास भएको नेताले तत्कालिन नाफा घाटा मात्र हेर्नू हुदैन थियो। समय सधै एकनास रहदैन, आज अध्यारो छ भने भोलि फेरि घाम लाग्छ भन्ने बुझ्नुपर्ने थियो । यद्यपी निर्णय नै लिईसकेपछि पार्टीमा आजसम्म गर्नुभएको योगदान तथा हामी कार्यकर्ताहरुमा भर्नु भएको राजनीतिक चेतको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।’

    यता डिबी थापाले नेकपा एकीकृत समाजवादी पार्टीमा स्वागत भनेका छन् । सृजल भण्डारी लेख्छन्– ‘सिंगो नेकपा एमाले र सिन्धुपाल्चोक नेकपा एमालेलाई ठूलो हानी हुनेछ यसमा दुई मत छैन सुबास कमरेड । धेरै नै सोच बिचार र गहन अध्यन पश्चात् पार्टी अलग्गिनु भएको होला यसमा हजुरलाइ पनि उत्तिकै सहज होला भन्न सकिन्न । तथापि हजुरको आगामी राजनैतिक भबिस्यको उज्जवल कामना सहित अबको यात्रा सदैब सुरक्षित बनोस् ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution