• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

ग्लोबलपाटीप्रकाशित मिति: २०८२ श्रावण २४, शनिबार (९ महिना अघि)
  • ४५१ पाठक संख्या
  • Programme

    चौतारा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) सिन्धुपाल्चोकको आयोजनामा संस्थागत विद्यालयहरुको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता जुगल बोर्डिङ्ग हाई स्कुल चौतारामा सम्पन्न भएको छ ।

    अंग्रेजी र नेपाली दुबै माध्यममा अलगअलग सञ्चालित प्रतियोगितामा जिल्लाका माध्यमिक तहका संस्थागत विद्यालयहरुको सहभागीता रहेको थियोे । सांस्कृतिक सम्पदाः हाम्रो पहिचान, हाम्रो गौरव विषयक वक्तृत्वकला प्रतियोगिताको दुबै विधामा चण्डेश्वरी इंग्लिस बोर्डिङ्ग स्कुल, खुर्सानीबारी बाह्रबिसेले प्रथम स्थान हासिल गरेको थियोे भने प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीले दोस्रो स्थान हासिल गरेको थियोे ।

    प्रतियोगिताको दुबै विधामा चण्डेश्वरी इङलिस बोर्डिङ्ग स्कुल बाह्रबिसेका प्रसिस बस्नेत र नेहा लिम्बूले प्रथम स्थान प्राप्त गरे भने प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीका निकेश कडरिया र युनिका थापाले दोस्रो स्थान प्राप्त गरेका छन् । त्यसैगरी नेपाली माध्यममा केतु बोर्डिङ्ग स्कुल बाह्रबिसेका आशिष पाख्रिन र अंग्रेजी माध्यममा ग्रिनल्याण्ड सेकेन्डरी स्कुल लामोसाँघुका जेनी श्रेष्ठले तेस्रो स्थान प्राप्त गरेका थिए भने सदाबहार एकेडेमीका दिभा थापा र ग्रिनल्याण्ड सेकेन्डरी स्कुल लामोसाँघुका खुशी श्रेष्ठले सान्त्वना जित हात पारेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य कर्मवांगेल लामा, प्याब्सन वागमती प्रदेश उपाध्यक्ष ऋषिराम नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने प्याब्सन बागमती प्रदेश सहसचिव ओमप्रकाश उप्रेतीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । त्यसैगरी निर्णायकको भुमिका नेपाली भाषामा अमित घिमिरे र सुन्दर शिरीष एवम् अंग्रेजी भाषामा दिल कार्की र बिजयकुमार श्रेष्ठले निर्णायकको जिम्मेवारी निर्वाह गरेका थिए ।

    प्रतियोगितामा उत्कृष्ट प्रस्तुति सहित पुरस्कृत हुने सहभागीहरुले प्याब्सन वागमती प्रदेशले आगामी श्रावण ३० गते नुवाकोट जिल्लामा हुने प्रदेश स्तरीय वक्तृत्वकलामा सहभागीता जनाउन पाउने प्याब्सन सिन्धुपाल्चोकले जनाएको छ । प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्याब्सन सिन्धुपाल्चोकका सचिव नवराज दनुवारको सञ्चालनमा सम्पन्न भएको थियोे ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution