• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ ६, मंगलबार | Tuesday, 20, Jan, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • २तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ३मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ४सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ५उ दिन सम्झँदा
  • ६तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ७क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ८टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

ग्लोबलपाटीप्रकाशित मिति: २०८२ अषाढ २६, बिहिबार (६ महिना अघि)
  • १७०६ पाठक संख्या
  • Chautara Campus

    चौतारा । सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसमा गएको चैत ५ गते भएको स्ववियु निर्वाचनको मत १ सय ११ दिनसम्म पनि गणना हुन सकेको छैन ।

    विद्यार्थीहरुले हालेको मत जिल्ला प्रहरी कार्यालयमा थन्किएर बसेको छ । मतदान प्रकृयामा गैरविद्यार्थीले मतदान गर्न खोजेको भन्दै विवाद भएपछि क्याम्सप प्रशासनले चैत्र ५ गते साँझ मतपेटीका शिलबन्दी गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । ‘हामीलाई बुझाएको मतपेटीका अहिलेसम्म सुरक्षित राखेका छौं’, जिल्ला प्रहरी कार्यालय भन्छ– ‘यो पतपेटीका के गर्ने क्याम्पसले हामीलाई केही भनेको छैन ।’

    मतदान भएको १ सय ११ दिन बित्दासमेत क्याम्पस प्रशासनले ठोस निर्णय लिन नसक्दा विद्यार्थीहरुको मत अनिर्णयको बन्दी बन्न पुगेको विद्यार्थीहरुले बताएका छन् । चौतारा क्याम्पसका पूर्व स्ववियु सभापति एवम् क्रान्तिकारी विद्यार्थीका नेता मिलन लामाले क्याम्पस सञ्चालक समितिको गैरजिम्मेवारीका कारण चौतारा क्याम्पसको मत गणनामा समस्या भएको बताउँछन् । ‘विद्यार्थीले आफ्नो प्रतिनिधि छनौटका लागि मत दिइएको १ सय ११ दिन भइसक्यो, मतेपेटीका प्रहरी कार्यालयमा छ, क्याम्पस प्रशासनले कुनै चासो गर्दैन’, लामाले भने । आफूहरू नयाँ मतदान गर्न, रोकिएको अवस्थाबाट बाँकी मतदान गर्न वा अहिले भएको मतपेटीकाको मत गणना गर्न समेत तयार भए पनि क्याम्पस प्रशासनले कुनै चासो नदिएको लामाको भनाई छ ।

    निर्वाचन प्रक्रिया स्थगित भएपछि त्यसको केही समय पछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै पक्षलाई राखेर छलफल गराउन खोजेका थिए । तर थापालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले धम्कीपूर्ण चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी थापाले छलफललाई अगाढी नबढाएको विद्यार्थीहरुको भनाई छ ।

    निर्वाचन प्रकृयाको बेला तनाव सिर्जना गर्न मूख्य रुपमा क्याम्पस प्रशासन, निर्वाचन समिति जिम्मेवार भएको क्रान्तिकारीबाट स्ववियु सभापतिका उम्मेद्वार भएका अमृत श्रेष्ठ बताउँछन् । ‘अहिलेसम्म न त क्याम्पस प्रशासनको बैठक बस्न सकेको छ, न त निर्वाचन समितिले स्ववियु निर्वाचन प्रकृयाबारे केही जानकारी गराएको छ’, उनले भने– ‘राजनैतिक स्वार्थको आधारमा २ सय ६९ विद्यार्थीको मतलाई थुनेर राख्नु विद्यार्थीको अधिकारलाई कुठाराघात गर्नु हो ।’ अब पनि मतको बारे क्याम्पस प्रशासनले विद्यार्थीलाई स्पष्ट जानकारी नदिए विद्यार्थीहरु चुप लागेर नबस्ने उनले सुनाए ।

    चौतारा क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगाल भने यो आफूहरूको भन्दा राजनीतिक सवाल भएकाले राजनीतिक दलहरूबीच छलफल गरेर पछि मात्रै आफूहरूले निकासा दिन सक्ने पक्षमा रहेको बताए । ‘क्याम्पस सञ्चालक समितिको बैठक पछि मात्रै के गर्ने भन्ने निर्णय होला’, दंगालले भने । तर क्याम्पस सञ्चालन समितिको बैठक चैत्र ५ यता बस्न सकेको छैन ।

    सत्ता गठबन्धनका कांग्रेस र एमालेका विद्यार्थी संगठनको प्यानल र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विद्यार्थीको गठबन्धन चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । शान्तिपूर्वक निर्वाचन हुँदै गर्दा क्रान्तिकारीले नक्कली विद्यार्थीलाई लगेर मतदानमा सहभागी गराउन खोजेको भन्दै सत्ता गठबन्धनका कार्यकर्ता तथा विद्यार्थीहरूले विवाद उत्पन्न गरेका थिए ।

    सत्ता गठबन्धनका विद्यार्थी संगठनबाट सभापतिका प्रत्याशी सुशील लोप्चन, सचिवका उम्मेद्वार चीनलाल तामाङ र समानुपातिकबाट सदस्यको उम्मेदवार एवम् पत्रकार महासंघ सिन्धुपाल्चोकको कार्यसमिति सदस्य प्रमीला विकले मतपेटीकामा लात्तीले हानेपछि अवस्था तनावग्रस्त भएको थियो । जसका कारण तत्काल मतदान प्रक्रिया स्थगित भयो भने नक्कली मतदाता र मतपेटिकामा लात्तीले हान्ने विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । राजनैतिक दलका नेताहरूबीच सहमति भएपछि नक्कली मतदाता र मतपेटीकामा लात्ती प्रहार गर्ने उम्मेद्वारहरुलाई सोही दिन अबेर प्रहरीले छाडेको थियो ।

    सत्ता गठबन्धनबाट सभापतिका उम्मेद्वार भएका एमाले निकट अनेरास्ववियुका सुशील लोप्चन लगायत प्यानले नै हार्ने देखेपछि पूर्वसासंद एवम् एमाले केन्द्रीय सदस्य सुवास कर्माचार्यले विद्यार्थी नेताहरूलाई मतपेटीकामा लात्ती हानेर फालिदिन निर्देशन दिएको विद्यार्थीहरुकै आरोप छ । ‘सत्ता गठबन्धनकै पूर्व सांसद्, नेता एवम् जनप्रतिनिधिहरुले चुनावलाई भाँड्ने काम गरेको हामीले प्रत्यक्ष देखेका छौं’, विद्यार्थी  एवम् अखिल (क्रान्तिकारी) चाैतारा नगरका फ्याक्सन इञ्चार्ज सुवास गौतम भन्छन्– ‘७३ प्रतिशत विद्यार्थीले मतदान गरिसकेको स्ववियु निर्वाचन १ सय ११ दिन वितिसक्दा पनि अनिर्णित हुनु गम्भीर विषय हो ।’ उनले तत्काल क्याक्पस प्रशासनले निर्वाचनका बाँकी प्रकृया सुरु नगरे गैर जिम्मेवार क्याक्पस प्रशासन, निरिह सञ्चालक समिति र दलको पछि लाग्ने निर्वाचन समिति बिरुद्ध कडा प्रतिवादमा उत्रने चेतावनी दिए ।

    विद्यार्थी संगठनहरुबीच निर्वाचन भए पनि चौतारा क्याम्पसको स्ववियु निर्वाचन भने प्रमुख तिन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच प्रतिष्ठाको लडाई नै भएकाले पनि तत्कालै सहमति हुने सम्भावना देखिएको छैन । चौतारा क्याम्पसमा माओवादी आफ्नो विरासत जोगाउन चाहन्छ भने एमाले र कांग्रेस माओवादीको विरासत भत्काउन खोजिरहेका छ । त्यही भएर सिन्धुपाल्चोकको स्ववियु निर्वाचनमा कांग्रेस र एमालेका विद्यार्थी संगठनबीच गठबन्धन भएको थियो ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्


  • ग्लोबल अपडेटथप

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan

    तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

    Game News

    मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

    Mitrata Shang

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution