• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर १८, बिहिबार | Thursday, 04, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र १, बुधबार (३ साल अघि)
  • ५१९१ पाठक संख्या
  • Chautara Sagachookgadhi Nagarpalika

    चौतारा । सरकारी कार्यालय कतिबजे खुल्छ ? सबैलाई जानकारीकै विषय हो बिहान १०ः०० बजे । तर सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका कार्यालय समय अघिनै खुल्ने गर्छ !

    त्यसो त कहिले काँहि १०ः३० सम्म नखुल्ने गरेको नगरपालिकाले आफ्नो फेसबुक पेजमा बुधबार बिहान ९ः४८ मा रोजगार सहायक नतिजा प्रकाशन गरेको छ । यसरी हेर्दा कार्यालय त्यो अघिनै खुलेको हो भन्ने देखिन्छ । बुधबार बिहान ८ः२३ मा ग्लोबलपाटी डटकममा नगरपालिकाले माग गरेको रोजगार सहायक पदको एक सातासम्म नतिजा प्रकाशन गर्न नसकेको सम्बन्धी ‘आफ्नो’ छान्न नसक्दा चौताराले राख्न सकेन रोजगार सहायक’ शीर्षकको समाचार प्रकाशन भएलगत्तै हतार हतार कार्यालय समय अघिनै नतिजा प्रकाशन गरेको हो ।

    सरकारले २०७९ असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको थियो । जस अनुसार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरूमा आइतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०ः०० देखि अपराह्न ५ः०० बजेसम्म हुने भनिएको छ । यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म र शुक्रबारको दिन कार्यालय समय बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म हुने भनिएको छ ।

    आफ्नो भरपर्दो स्रोत र पदपूर्ति सिफारिस समितिका अध्यक्षसहितको भनाई उल्लेख गर्दै समाचार प्रकाशन भएपछि नगरपालिकाले ‘लापर्बाही’ तरिकाले नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशन गर्दा रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड २०७८ लाई पालना गरेको समेत देखिदैन । मापदण्डको दफा ८(५) मा ‘अन्तिम योग्यताक्रमको सूचिबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेद्वार छनौट गरिसकेपछि बाँकी रहेका सबै उम्मेद्वारहरु बैकल्पिक सूचीमा रहनेछन्’ भनिएको छ ।

    नगरपालिकाले मापदण्डको खिलाफमा रही बैकल्पिक उम्मेद्वारको सूची समेत प्रकाशित नगरी नतिजा प्रकाशन गरेको छ । नगरपालिकाले मनोमानी ढंगले नतिजा प्रकाशन गरेपछि अन्य उम्मेद्वार रुष्ट भएका छन् । ‘यस्तो लापर्वाही नतिजा प्रकाशन हामीलाई मान्य छैन । हामीले कानुनी उपचारनै खोज्नुपर्ने देखियो’, एक उम्मेद्वारले भने– ‘वैकल्पिकको सूची पनि राखिएन, सिधै जागिर खुवाउने भए किन आवेदन माग गरेको, किन परीक्षा लिएको ।’ नगरप्रमुख कृष्णप्रसाद सापकोटाकै गाउँको मान्छे राख्न यत्रो नाटक मन्चन किन गरेको भन्दै उनी रुष्ट भए ।

    त्यसो त रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड २०७८ मा ‘प्रकाशन भएको नतिजा स्थानीय तहले आफ्नो कार्यालयको सूचना पाटीमा र वेवसाईटमा टाँस गर्नुपर्ने’ उल्लेख छ । तर चौतारा साँगाचोकगढी नगरपालिकाले समाचार तयार गर्दासम्म (बुधबार बिहान ११ः३० बजे) न त सूचना पाटीमानै टाँस गरेको छ, न वेवसाईटमा नै राखेको छ ।
    ‘सबै कुरा केलाउँदा नजिता प्रकाशन नगरपालिकाको कार्यालयबाट नभई घरैबाट गरेको देखिन्छ’, स्रोतले भन्यो– ‘फेसबुक पेजमा ९ः४८ मा सूचना प्रकाशन गर्न सक्नेले आफ्नो सूचना पाटी र वेवसाईटमा किन राख्न सकेनन् ?’

    स्रोतका अनुसार पदपूर्ति समितिले परीक्षा दिएकै साँझ नतिजा नगरपालिकालाई बुझाएको थियो । नेकपा (माओवादी केन्द्र) का नेताहरुले आ–आफ्नो ‘पकेट’ का उम्मेद्वारको नाम निकाल्न दवाव दिएका कारण नगरले एक सातासम्म नतिजा प्रकाशन गर्न सकेको थिएन । साउन ३१ गते नतिजा प्रकाशन गर्ने अन्तिम सहमति भएपनि ‘कस्लाई राख्ने’ भन्ने विवादका कारण नतिजा प्रकाशन हुन सकेन । तर बुधबार बिहान समाचार प्रकाशन भएलगत्तै हतार हतारमा कार्यालय समय अगाडिनै फेसबुक मार्फत नतिजा प्रकाशन गरियो ।

    ‘यो सापकोटा परिवारको जीत हो, चौतर्फी दवावका कारण आफन्त राख्न नसकिएपछि आफूले भनेको मान्ने र आफ्नै गाउँकाको नाम निकाले’, स्रोत भन्छ– ‘दाल कहाँ पोखियो घीउमा भनेझैं देखिन्छ ।’ शक्ति प्रदर्शनको यो खेलमा एउटा शक्तिले मात्रै जितेपछि ‘आफ्नो मान्छे’ राख्न दवाव दिईरहेका माओवादी अन्य नेतासमेत रुष्ट भएका छन् ।

    गैरजिम्मेवारी तरिकाले नतिजा प्रकाशन गरेपछि उम्मेद्वारी दिएका नेकपा (माओवादी केन्द्र) संबद्ध भातृसंगठनका नेता कार्यकता चिढिएका छन् । ‘एउटा जागिरको लागि यसरी हामीमाथि राजनीति गरियो । यसले राम्रो गर्दैन’, एक उम्मेद्वारले भने– ‘चुनाव आउनै लागेको छ, यसरी परिवारवाद र आफ्नो ‘पकेट’ संरक्षण गर्न खोज्दा खल्तिको झर्ने निस्चित छ । जनप्रतिनिधि भएर काईते राजनीति गर्नुभन्दा पद त्यागेर खुल्ला राजनीतिमा आउन म नगरप्रमुखलाई चुनौति दिन्छु ।’ उनको भनाइलार्ई आधार मान्ने हो भने सानो राजनीतिक खेलले आगामी चुनावमा नेकपा (माओवादी केन्द्र) लाई ठूलै घाटा बेहोर्नुपर्ने छ ।

    हेर्नुस् रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड २०७८ विपरित नगरले बुधबार बिहान ९ः४८ निकालेको नतिजाः

  • मूख्य समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution