• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

ग्लोबलपाटीप्रकाशित मिति: २०८२ मंसिर १४, आईतबार (९ महिना अघि)
  • १०३४ पाठक संख्या
  • UML

    चाैतारा । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि चयन मतदानमा सिन्धुपाल्चोकका ५९ दशमलव २३ प्रतिशत कार्यकर्ताले सहभागिता जनाएका छैनन् ।

    दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा कुल मतदाता कार्यकर्ताको ४० दशमलव ७७ प्रतिशत मतदाताले मात्रै महाधिवेशन प्रतिनिधि चयनमा सहभागी भए । आईतबार बिहान दुबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको थियो । ९ हजार ३ सय ७९ कार्यकर्तामध्ये ३ हजार ८ सय २४ जना मात्रै मतदान प्रकृयामा सहभागि भएको निर्वाचन परिचालन कमिटीका संयोजक राधाकृष्ण श्रेष्ठले जानकारी दिए । १७ महाधिवेशन प्रतिनिधिको लागि ३२ जनाको उम्मेदवारी रहेको श्रेष्ठले बताए ।

    प्रतिनिधि सभा क्षेत्र नं. १ मा कुल मतदाता कार्यकर्ता मध्ये ३६ दशमलव ३९ प्रतिशत मत मात्रै खसेको छ । ५ हजार ६ सय ६८ मतदाता कार्यकर्ता मध्ये २ हजार ६३ मत खसेको निर्वाचन परिचालन कमिटीले जनाएको छ । ९ जना महाधिवेशन प्रतिनिधिको लागि १८ जनाको उम्मेदवारी परेको क्षेत्र नं. १ मा बाह्रविसे नगरपालिकाको पूर्व उपप्रमुख सुशिला पाख्रिनले अत्याधिक मत ल्याईन । उनले १ हजार १ सय ४३ मत ल्याएकी हुन् ।

    त्यस्तै एमाले सिन्धुपाल्चोकका पूर्वअध्यक्ष कमल नेपालले १ हजार ६०, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले ९ सय ३२, प्रेमलाल लामाले ९ सय २२, दिलकुमार लामाले ९ सय ३९ र प्रदीप पौडेलले ९ सय २१ मत ल्याएर निर्वाचित भए । भोटेकोशी गाउँपालिकाकी पूर्वउपाध्यक्ष दाबुटी शेर्पा लामाले ९ सय २० र बलेफी गाउँपालिकाकी पूर्वउपाध्यक्ष कमला श्रेष्ठ कायस्थले ८ सय ५३ ल्याई निर्वाचित भएका छन् । ४० वर्षमुनिका युवामा आङदोर्जे शेर्पाले ९ सय ६१ मत ल्याई निर्वाचित भए ।

    प्रतिनिधि सभा क्षेत्र नं. २ मा कुल मतदाता कार्यकर्ता मध्ये ४७ दशमलव ४५ प्रतिशत मत मात्रै खसेको छ । ३ हजार ७ सय ११ मतदाता कार्यकर्ता मध्ये १ हजार ७ सय ६१ मत खसेको निर्वाचन परिचालन कमिटीले जानकारी दियो । ७ जना महाधिवेशन प्रतिनिधिको लागि १३ जनाको उम्मेदवारी परेको क्षेत्र नं. २ मा जिल्ला समन्वय समितिका पूर्वप्रमुख एवम् एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङले सबै भन्दा बढी मत ल्याए । उनले १ हजार १ सय १२ मत ल्याई निर्वाचित भए ।

    त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले १ हजार १ सय ३, हस्तबहादुर पण्डितले १ हजार ५२, मित्रलाल चौलागाईले ८ सय ९९, सुनिता पराजुलीले १ हजार १, बालकुमारी सापकोटाले ७ सय ८२ र ४० वर्षमुनिका युवामा हिरा चौलागाईले ७ सय ३१ मत ल्याई निर्वाचित भएका छन् । दलिततर्फ मथुरा विक सर्वसम्मत निर्वाचित भएका थिए ।

    केन्द्रको लाइनअनुसार नै दुबै निर्वाचनमा क्षेत्रमा प्यानल खडा गरेर प्रतिनिधि छनोटका लागि निर्वाचन भएको थियो । एमाले आन्तरिक निर्वाचनमा गुटीय शक्ति सन्तुलन स्पष्ट रूपमा देखिएको छ । निर्वाचित १७ जना महाधिवेशन प्रतिनिधिमध्ये १० जना पार्टी उपाध्यक्ष ईश्वर पोखरेल समूहको र ७ जना पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको पक्षको रहेको एमाले स्रोतले जनाएको छ ।

  • मूख्य समाचार
  • राजनीति
  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution