• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

सुन्दर शिरीषप्रकाशित मिति: २०७७ चैत्र १, आईतबार (५ साल अघि)
  • ४७७४ पाठक संख्या
  • 11
    कार्यालयमा साईनबोड राखिएपछि (बाँया) । मूख्य गेटको ताला तोडिदै (दायाँ) ।

    चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकमा ओली पक्ष र नेपालपक्षबीच लफडा सुरु भएको छ । पार्टी कार्यालय चौतारामा ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले साईनबोर्ड राखेपछि दुईपक्षबीचको विवाद चुलिएको हो ।

    आइतबार नेकपा एमालेको बागमती सचिवालय सदस्य एवम् पूर्व सांसद् सुभाष कर्मचार्यको नेतृत्वमा पुगेको टोलीले ओली पक्षले पार्टी कार्यालयको मूख्य ढोकामा लगाएको ताला तोडी साईनबोर्ड राखेको छ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिए लगत्तै गएको फागुन २५ गते ओली पक्षका जिल्ला अध्यक्ष बालकृष्ण देउजाको टोलीले पार्टी कार्यालयको ताला तोड्दै नेकपाको बोर्ड फेरि नेकपा एमालेको बोर्ड राखेको थियो ।

    आफ्नो कार्यालयमा अरुलेनै ताल्चा लगाएको भन्दै आफूहरुले पार्टीको कार्यक्रम सूचारु गर्नको लागि कार्यालय सञ्चालनमा ल्याउन ताल्चा तोडीएको नेपाल पक्षका जिल्ला अध्यक्ष झम्क नेपालले बताए । ‘सिन्धु एमालेको हामी संस्थापन पक्ष हौं’, उनले भने– ‘हाम्रो कार्यालयमा ताल्चा लगाउने अधिकार कसैलाई छैन ।’ आफूहरुले चावी माग्दा नदिएपछि तोड्नुपरेको उनले बताए ।

    बोर्ड स्थापनापछि संक्षिप्त कार्यक्रममा बोल्दै पूर्व सांसद् सुभाष कर्मचार्यले माओवादीबाट भागेका एकदुई भगौडा केटाहरुलाई साथमा लिएर कम्युनिष्ट आन्दोलन पूरा नहुने भन्दै ओली पक्षका जिल्ला अध्यक्ष बालकृष्ण देउजालाई भने– ‘बालकृष्ण जी तपाईं माओवादी युद्ध सुरु भएपछि जिल्ला कमिटिबाट राजिनामा दिएको मान्छे कुन मुखले झम्क नेपाललको बराबरी हुँ भन्नु हुन्छ ?’ जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठलाई ईंकित गर्दै उनले झम्क नेपाल अध्यक्षमा निर्वाचित हुँदा लज्जास्पद मत ल्याएर हार्नेहरुले फुर्ति नलगाउन चुनौति दिए ।

    ‘कोहि चुनावदेखि डराएर भाग्ने, कोहि लज्जास्पद मत ल्याएर हार्नेहरु अहिले चुरिफुरी गरिरहेका छन्’, कर्मचार्यले भने– ‘अहिले उहाँहरु भन्नुहुन्छ, जिल्ला अध्यक्ष त म पो हो । यो कस्तो पद्दती हो, यो कस्तो स्कूलिङ हो ?’ ओली पक्ष पार्टी कार्यालय, जनवर्गीय संगठन सबै कब्जा गर्ने रणनीतिमा उत्रिएको भन्दै त्यसको बिरुद्धमा प्रतिकार गर्न युवा वर्गलाई आह्वान गरे ।

    ओलीले कम्युनिष्ट आन्दोलाई बबार्दीतर्फ लैजाने काम गरेको भन्दै कम्युनिष्ट पार्टीको अध्यक्षको नाममा कलंक रहेको उनले बताए । ‘हामीले भन्यौं पार्टी विधि पद्दतीमा चलाऔं, तर उहाँहरुले मान्नु भएन । हामीलाई पार्टीबाट कार्बाहि गर्नेसम्मको तहमा पुग्नुभयो’, उनले भने– ‘तर हामी हाम्रो पार्टीलाई बिग्रन दिँदैनौं ।’

    कार्यक्रममा बागमती प्रदेको सांसद इन्द्रमाया युरुङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, बागमती प्रदेशका सदस्य सोम सापकोटा, नेता बालचन्द्र मिश्र, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, विभिन्न स्थानीय तहका प्रमुख, जिल्ला नेता एवम् कार्यकर्ताहरुको सहभागिता थियो ।

  • सिन्धु एमालेमा लफडा
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution