• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ २९, बिहिबार | Thursday, 12, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

‘आफ्नो’ छान्न नसक्दा चौताराले राख्न सकेन रोजगार सहायक

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र १, बुधबार (३ साल अघि)
  • २३४३ पाठक संख्या
  • Chautara Nagar

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले माग गरेको रोजगार सहायक पदमा ‘आफ्नो’ मान्छे छान्न नसक्दा परीक्षा भएको एक साता बित्दा समेत नतिजा प्रकाशन गर्न सकेको छैन ।

    नगरपालिकाले गएको असार २८ गते रोजगार सहायक पदमा आवेदन माग गरेको थियो । १५ दिनको समयसीमा भित्र प्राप्त २३ जनाको आवेदनमध्येबाट साउन १८ गते परीक्षामा संलग्न हुनको लागि १० जनाको प्ररम्भीक सूची प्रकाशन गरेको थियो । प्रारम्भीक सूची प्रकाशन गरेको एक साता पछि साउन २५ गते उम्मेदवारहरुको परीक्षा लिएको थियो ।

    प्रारम्भीक सूचीमा नाम समेटिएको १० जना मध्ये पनि १ जनाले परीक्षा नै दिएनन् । परीक्षा भनिएपनि जागिर खुवाउने मान्छे पहिल्यै तय भईसकेका कारण ती व्यक्तिले परीक्षा नदिएको स्रोतको भनाई छ । प्रारम्भीक सूचीमा नाम निक्लिई परीक्षा दिएका ९ जना मध्ये सबै नेकपा (माओवादी केन्द्र) निकटका नेता कार्यकर्ता छन् । सोहि कारण र उच्च तहका नेताले ‘आफ्नो मान्छे’ राख्नै पर्ने दवावका कारण नगरपालिकाले नतिजा प्रकाशन गर्न नसकेको स्रोतको दाबी छ ।

    नगरपालिकामा सो पार्टीबाट उम्मेद्वारी दिई जीत हासिल गरेका कृष्णप्रसाद सापकोटा नगर प्रमुख छन् । उनी नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्यसमेत हुन् । माओवादीका नेताहरुले आ–आफ्नो ‘पकेट’ का उम्मेद्वारको नाम निकाल्न दवाव दिएका कारण नगरले नतिजा प्रकाशन गर्न नसकेको देखिन्छ । ‘आफ्नै पार्टीको नेताहरुको ‘आफ्नो मान्छे’ राख्नु पर्ने ‘प्रेसर’ का कारण नगर प्रमुखले नतिजा निकाल्न नसकेका हुन्’, स्रोतले भन्यो ।

    पदपूर्ति सिफारिस समितिका अध्यक्ष एवम् नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले समितिका सदस्यहरु नआईपुगेकोले नतिजा प्रकाशन गर्न नसकेको बताए । समितिमा नगरले तोकेको विषय विज्ञ र प्रशासन शाखा प्रमुख सदस्य छन् । केसीले सदस्यहरु नभएको कारण नतिजा प्रकाशन गर्न नसकेको जबाफ दिएपनि उनीहरु यतै रहेको स्रोतको भनाई छ । ‘दुबै सदस्य आईतबारदेखि चौतारामै देखिरहेका छन्, कार्यक्रमहरुमा जान सक्ने, प्रशासन शाखामा काम गरिरहेको भेटिने तर नतिजा प्रकाशनमा चाहिँ उपलब्ध नभएको भन्ने ?,’ स्रोतले भन्यो– ‘सिफारिस समितिका अध्यक्षले ढाँटेको कारण पनि ‘दालमा कुछ काला हे’ भन्ने देखिन्छ ।’

    नगरपालिकाले एक सातासम्म नतिजा ननिकालेपछि परीक्षामा संलग्नहरु रुष्ट भएका छन् । ‘आफ्नो मान्छे राख्ने भए किन परीक्षा लिनु, परीक्षा लिएपछि एक सातासम्म किन नतिजा निकाल्न नसकेको ?’, एक परीक्षार्थीले भने– ‘अब पनि नतिजा ननिकाले यस्तो गैरजिम्मेवारी काम बिरुद्ध हामी कानुनी प्रकृयामा जान्छौं ।’

    परीक्षामा संलग्न ९ जना मध्ये एकजना नगर प्रमुखको आफन्त र अरु नेकपा (माओवादी केन्द्र) का भातृसंगठनहरुका नेता कार्यकता छन् । नगरप्रमुख सापकोटाको इच्छा आफ्नै आफन्तलाई राख्ने देखिन्छ । त्यस्तै माओवादीका नेताहरुले आ–आफ्नै ‘पकेट’ का व्यक्तिहरुको नाम निकाल्न दवाव दिईरहेका छन् । स्रोतका अनुसार ती नेताहरुमध्ये केहिले परीक्षाको भोलीपल्ट साउन २६ गते नगर प्रमुख सापकोटालाई भेट गरी ‘आफ्नो मान्छे’ को नतिजा निकाल्न दबाब दिएका थिए ।

    चौतारा साँगाचोकगढी नगरपालिकाको परीक्षा भएको अघिल्लो दिन साउन २४ गते सोहि पदको लागि परीक्षा गरेको जुगल गाउँपालिकाले परीक्षा सकेको २ घण्टा भित्रै नतिजा निकालेको थियो । ‘हाम्रोमा एकदमै स्वच्छ तरिकाले परीक्षा लिई नतिजा निकाल्यौ’, गाउँपालिका प्रमुख रेशम स्याङ्बोले भने– ‘आफ्नो मान्छेलाई जागिर खुवाउने भन्दा पनि योग्यलाई नियुक्त गर्नेमा हामीले जोड दियौं ।’

    जिल्लाका अन्य स्थानीय तहले पनि परीक्षा लगत्तै नतिजा सार्बजनिक गरेका छन् । कुनै पालिकामा भर्खर प्रारम्भीक सूची प्रकाशन गरेका छन् । तर चौतारा साँगाचोकगढी नगरपालिकाले भने परीक्षा दिएको एक साता बितिसक्दा पनि नतिजा सार्बजनिक गर्न नसक्नु राजनीतिक चक्रव्यूको पराकाष्ठा भएको बुद्धिजीविहरुको भनाई छ । ‘एउटा कर्मचारी पदपूर्ति गर्न त यस्तो राजनीति हुन्छ भने नागरिकको काम छिटो, छरितो र पारदर्शी रुपमा कसरी होला ? नगरप्रमुखकै कार्यशैलीमाथी प्रश्न खडा भएको छ,’ उनीहरुको भनाई छ ।

  • मूख्य समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution