• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २७, शुक्रबार | Friday, 11, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

स्ववियु: एक चर्चा

Milan Lama मिलन लामाप्रकाशित मिति: २०८१ चैत्र २४, आईतबार (३ महिना अघि)
  • ८२२ पाठक संख्या
  • Milannn Arti

    नेपालमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को इतिहास लामो र संघर्षपूर्ण छ । वि.स.२००७ सालको प्रजातान्त्रिक आन्दोलनसँगै स्ववियु आन्दोलन जोडिएको पाइन्छ । विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूमध्ये स्ववियु सबैभन्दा प्रभावशाली संस्था हो । स्ववियु प्रत्येक क्याम्पसमा रहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने साझा निकाय हो । जसले उनीहरूको हकहित र अधिकारका लागि संघर्ष गर्दछ । स्ववियु विद्यार्थीहरूको शैक्षिक, सामाजिक र राजनीतिक हकहितका लागि संघर्ष गर्ने एक प्रमुख संस्था हो ।

           विद्यार्थीहरूलाई संगठित रूपमा प्रतिनिधित्व गर्ने उद्देश्यले स्ववियु को औपचारिक रूपमा सुरुवात भयो ।

    वि.सं. २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनापछी विद्यार्थीहरूलाई संगठित रूपमा प्रतिनिधित्व गर्ने उद्देश्यले स्ववियु को औपचारिक रूपमा सुरुवात भयो । यसअघि विभिन्न कलेज र विद्यालयमा छुट्टाछुट्टै विद्यार्थी सङ्गठनहरू थिए, तर संस्थागत रूपमा स्वतन्त्र विद्यार्थी युनियनको अभ्यास हुन सकेको थिएन ।

    २०१७ सालमा राजा महेन्द्रले “कु” गरी राजनितीक दलहरुलाई प्रतिबन्ध लगाउदैं पञ्चायती शासन लागू गरेपछी नेपालमा लोकतान्त्रिक प्रक्रिया र राजनैतिक दलहरुलाई दबाउन कडा कदम चालियो । त्यस समयमा स्ववियु र अन्य विद्यार्थी संगठनहरूलाई पनि पञ्चायती शासनले नियन्त्रण गर्ने धरपकट गर्ने जस्ता प्रयासहरु भयो । पञ्चायतको सख्त निशेधको नीतिका कारण स्ववियुलाई लोकतान्त्रिक अभ्यास र शैक्षिक हकहितका लागि खुला रूपमा संघर्ष गर्न कठिन बनायो । यस समयमा स्ववियुले पञ्चायती शासनको विरोध गर्दै लोकतन्त्र र विद्यार्थी अधिकारका लागि आवाज उठाउने कार्यमा सघर्ष गर्यो ।

    पञ्चायतले विद्यार्थीहरूको स्वतत्र संगठन र गतिविधिहरूमा कडाईको साथ हस्तक्षेप गर्यो । जसले गर्दा स्ववियुले आफ्ना गतिविधिहरु गर्न नपाउने अवस्थामा पुग्यो ।  त्यस ताका प्रमुख विद्यार्थी संगठनहरू राजनीतिक दलहरूसँग मिलेर पञ्चायती शासनको विरोधमा गोप्य रूपमा संघर्ष गरेका थिए । तर निरंकुश पञ्चायत कालको समयमा स्ववियु राजनीतिक संघर्षको महत्त्वपूर्ण हिस्सा बनेको थियो । यसले विद्यार्थी वर्गको जागरण र आन्दोलनमा थप प्रेरणा दियो र एक प्रकारले २०४६ को जनआन्दोलन को लागि आधार समेत तयार गर्यो । समग्रमा पञ्चायत कालमा स्ववियुको भूमिका राजनीतिक मुद्दा आन्दोलन र संघर्ष को समय बन्यो यसले पार्टीगत प्रभाव र राजनीतिक दबाबका बाबजुद विद्यार्थी सँगको एकता र लोकतान्त्रिक सिद्धान्तलाई शिरोपर गरि आफ्ना गतिविधि कायम राख्ने काम भयो । यसरी स्ववियुको इतिहासलाई फर्केर हेर्दा गौरवपूर्ण रहेको छ ।

     स्ववियु विद्यार्थीको आवाज र नेतृत्व:

    स्ववियु विद्यार्थीहरूको एक साझा संगठन हो । यो संस्थाले विद्यार्थीहरूको आवाज र नेतृत्वको  रूपमा  काम  गर्दछ । स्ववियु विद्यार्थीहरूको एकता, समन्वय भविष्यको नेतृत्व र क्षमता विकासको श्रृंखला हो । विद्यार्थीहरूको हितको रक्षा गर्दै विद्यार्थीहरूको समस्याहरूलाई सुनवाईमा ल्याउने, उनीहरूको शैक्षिक र सामाजिक अवस्थालाई सुधार गर्ने र अधिकारको रक्षा गर्ने प्रक्रियामा सक्रिय सहभागी हुने पाउने प्रकृया हो । विद्यार्थीहरूको समस्या भावना विचारलाई ध्यान पुर्याइ कलेज प्रशासनसँग समन्वय गर्न र समाधानको लागि पहल गर्ने महत्त्वपूर्ण भूमिका हुन्छ ।

    विद्यार्थीहरूको नेतृत्व र क्षमता समेत स्ववियु मार्फत विकास हुन्छ । यसले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व, संगठनात्मक क्षमता र नेतृत्वको गुण सिकाउँछ । स्ववियुका सदस्यहरूले मात्र नभई अन्य विद्यार्थीहरूलाई पनि सक्रिय रूपमा भाग लिन प्रेरित गर्दछ । यसबाट विद्यार्थीहरूको सामाजिक र राजनीतिक चेतनाको थप विकास हुनेछ र उनीहरू भविष्यमा समाजका प्रभावशाली नेता बन्ने आधारहरु विकास हुदै जानेछ ।

    स्ववियुको कार्यभार:

        विश्वविद्यालय वा कलेज प्रशासनसँग समन्वय गरी समस्या समाधान गर्नु तथा विद्यार्थीहरूको सृजनात्मक, नेतृत्वदायी क्षमताको विकास गर्नु स्ववियुको मुख्य दायित्वहरू हुन् ।

    स्ववियुको प्रमुख कार्यभार विद्यार्थीहरूको हकहितलाई केन्द्रमा राखेर शैक्षिक नीतिहरूको, भौतिक तथा शैक्षिक पूर्वाधार सुधारको लागि पहल गर्ने कार्यहरू हो । विद्यार्थीहरूको हकहितका मुद्दामा आवाज उठाउने, शैक्षिक सुधारका लागि प्रशासनसँग समन्वय गर्ने, अन्य अतिरिक्त कार्यक्रमहरु तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्ने कार्यसमेत हो ।

    आपत्कालीन परिस्थितिमा विद्यार्थीहरूलाई आवश्यक सहयोग प्रदान गर्नु, विश्वविद्यालय वा कलेज प्रशासनसँग समन्वय गरी समस्या समाधान गर्नु तथा विद्यार्थीहरूको सृजनात्मक, नेतृत्वदायी क्षमताको विकास गर्नु स्ववियुको मुख्य दायित्वहरू हुन् । यद्यपि  स्ववियु राजनीतिक दलहरुको प्रभावबाट मुक्त रहन नसक्दा कतिपय अवस्थामा विद्यार्थी आन्दोलनहरू गैर राजनीतिक र सामाजिक बन्ने गरेका छन् । यस्ता समस्याहरू समाधान गर्दै स्ववियुलाई सशक्त र प्रभावकारी बनाउनु आजको आवश्यकता हो। नयाँ राचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै अगाडि बढेमा स्ववियुले विद्यार्थीहरूको सर्वाङ्गीण विकात गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

    क्याम्पसमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पहल गर्ने, कुनै पनि प्रकारको अन्याय वा शैक्षिक असमानता विरुद्ध आवाज उठाउँने  विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने । रक्तदान, सरसफाइ  तथा अन्य सामाजिक कार्यहरूमा संञ्चालन गर्ने । शैक्षिक गुणस्तर सुधारका लागि पुस्तकालय, प्रयोगशाला, र अन्य भौतिक संरचनाहरूको सुधारका लागि पहल गर्ने । विद्यार्थी कल्याण कार्यक्रम सूचारु गरि आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा, तथा अन्य कल्याणकारी कार्यहरूमा सञ्चालन गर्नु स्ववियुका कार्यभारहरु हो ।

    स्ववियुका वर्तमान चुनौतीहरू:

    वर्तमान समयमा नेपालमा स्ववियु विद्यार्थी अधिकारको संरक्षण गर्ने प्रमुख संस्था भए पनि यसले विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ । पछिल्लो समय विद्यार्थी मुद्धमा भन्दा राजनीतिक दलहरूको पिछलग्गु भएको गम्भीर आरोप स्ववियुलाई लाग्दै आएको छ । यो संस्था विद्यार्थीहरूको हकहित र शैक्षिक सुधारका लागि गठन गरिएको भए पनि व्यावहारिक रूपमा विभिन्न दलहरूको छायाँ संगठनको रूपमा कार्य गरिरहेको देखिन्छ । जस्ले स्ववियुको गरिमा माथि प्रश्न चिह्न उठाएको छ । राजनैतिक दलको गतिविधिवाट टाढ रहन स्ववियुलाई चुनौति हुदैं आएको छ । राजनीतिक दलहरुको स्वार्थमा रुमलिनु र दलले स्ववियु गठन प्रकृया देखी सञ्चालन सम्म हस्तक्षेप गर्नु हो एक चुनौतीकी रुपमा देखिएको छ ।

    आम समाजमा स्ववियुलाई फेरि पनि विद्यार्थीहरूको वास्तविक आवाज प्रतिनिधित्व गर्ने निकायका रूपमा देख्न चाहान्छन ।

    विद्यार्थीहरू आफ्ना वास्तविक समस्याहरू समाधान गर्नभन्दा दलहरूको एजेन्डा प्रति साथ समर्थन गर्ने प्रवृत्ति गहिरिँदै गएको छ । यसका कारण राजनितक दलहरुको छाँया संगठनको रुपमा विवादित बन्दै गएको छ । स्ववियु नेतृत्वले शैक्षिक सुधार, शुल्क नियमन, छात्रवृत्ति व्यवस्थापन, र पूर्वाधार सुधारजस्ता विषयमा पर्याप्त ध्यान दिन नसक्दा विद्यार्थीहरूमा स्ववियुको लोकप्रियता कम हुदै गएको छ । स्ववियुको नाममा बन्द हडताल तालाबन्दी र जस्ता गतिविधिले स्ववियुको गरिमालाई धुमिल बनाउदै लगेको छ ।

    नेपालमा आम नागरिकहरूको स्ववियु प्रति नकारात्मक धारणा बढ्नुको प्रमुख कारण यसको अत्याधिक राजनीतिकरण, अराजक गतिविधि र विद्यार्थी हितभन्दा अन्य राजनैतिक दलहरुको   कार्यक्रममा   संलग्नता   धेरै हुनु । स्ववियु मूल रूपमा विद्यार्थीहरूको हकहित संरक्षण गर्ने संस्था भएता पनि हाल यसलाई राजनीतिक दलहरूको कुनै संगठनकै रूपमा हेर्ने प्रवृत्ति विकसित भइरहेको छ यो बुझाईलाई चिर्नु आजको स्ववियुलाई चुनौती बन्दै गएको छ ।

    आम समाजमा स्ववियुलाई फेरि पनि विद्यार्थीहरूको वास्तविक आवाज प्रतिनिधित्व गर्ने निकायका रूपमा देख्न चाहान्छन । यसका लागि स्ववियुले राजनीतिक प्रभावलाई कम गर्दै शैक्षिक विकास पारदर्शिता र विद्यार्थीहरूको सिर्जनात्मक तथा सीप विकासमा केन्द्रित हुन आवश्यक छ । अन्यथा, आम नागरिकहरूको नकारात्मक दृष्टिकोण अझ बलियो हुँदै जानेछ, जसले स्ववियुको औचित्य माथि नै प्रश्न उठ्न सक्छ ।

    स्ववियुले आफ्नै पहिचान जोगाइ राख्न र विद्यार्थी हकहितलाई केन्द्रमा राखेर विभिन्न दलको छायाँ संगठनको रुपमा काम नगरी स्ववियुमा भएको विभिन्न दलहरुको राजनीतिक हस्तक्षेप हटाउदैं । विद्यार्थीहरुको लागि सामाजिक राजनीतिक रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरु गर्दै शैक्षिक विकासलाई प्राथमिकतामा राखेर स्ववियुको गतिविधि गरेमा गुम्दै गएको विश्वास लाई फर्काउन सकिन्छ ।

    [email protected]
    (लेखक लामा चौतारा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति एवम् विद्यार्थी नेता हुन् ।)

     

  • विचार
  • विचार/ब्लग
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution