चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ८ मानेश्वारा स्थित गोल्माथाङमा बोलेरो दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।
सोमबार बिहान बा १९ च ८३०४ नम्बरको बोलेरो सडकको मोडमा ठोक्किदा १२ स्थानीय यात्रु घाइते भएको ईलाका प्रहरी बाह्रबिसेले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले उपचारको लागि काठमाडौं पठाईएको प्रहरीले जनाएको छ । ‘बाँकी घाइतेको बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ’, ईलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने– ‘बोलेरो चालकलाई नियन्त्रणमा दिएका छौं । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’
घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्दारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्दार सम्भव भएको स्थानीय विमल राउतले बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ