• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ २९, बिहिबार | Thursday, 12, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ माघ २१, शनिबार (३ साल अघि)
  • १२५७ पाठक संख्या
  • Sindhu Kala Mandir

    चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा नाटकघर, संग्राहलय, पुस्तकालय र सूचना केन्द्रसहितको सामुदायिक भवन बन्ने भएको छ ।

    बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शनिबार भवनको शीलान्यास गरेका छन् । शीलान्यास गर्दै मन्त्री दुलालले कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्धनमा प्रदेश सरकार योजनावद्ध ढंगले लाग्ने बताए । ‘सदरमुकाम चौतारा जिल्लाकै केन्द्र हो । सहरी अवधारणअनुरुप विकास गर्न सिन्धु कला मन्दिरको भवन पनि एउटा अंग हो,’ उनले भने, ‘भवन तयार भएपछि गीतसंगीत, कला र साहित्यका विभिन्न विधाको तालिम र प्रशिक्षण सञ्चालन गर्न सकिन्छ ।’

    शिक्षा, स्वास्थ्य, रंगशाला, अरु भौतिक पूर्वाधारजस्तै सिन्धु कला मन्दिरको भवन पनि सहरी क्षेत्र निर्माणको लागि अपरिहार्य रहेको उनले प्रष्ट्याए । भवन बनाउन आवश्यक बजेट जुटाउन लागिपर्ने दुलालले बताए । सिन्धु कला मन्दिरले बिगत लामो समयदेखि सदरमुकाम चौतारामा गीतसंगीत, कला र साहित्यको क्षेत्रमा काम गर्दै आएको छ ।

    भवन निर्माणको लागि करिव २ करोड अनुमानित लागत लाग्ने सिन्धु कला मन्दिरले जनाएको छ । ‘डिपिआर अनुसार भवन निर्माण गर्न २ करोड लाग्ने देखिएको छ’, मन्दिरका अध्यक्ष चन्द्रसिं घलेले भने– ‘यो नाटकघर, संग्राहलय, पुस्तकालय र सूचना केन्द्रसहितको सामुदायिक भवनको रुपमा रहने छ ।’

    भवन निर्माणको लागि पहिलो चरणमा बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले २५ लाख रुपैंया बजेट विनियोजन गरिसकेको छ । सोहि बजेटबाट भवन निर्माणको सुरुवात गरिने अध्यक्ष घलेले बताए । भवन निर्माणको लागि सिन्धु कला मन्दिरले २ वर्ष अघि नै चौतारामा १४ आना जग्गा खरिद गरिसकेको थियो । भवन निर्माणमा बागमती प्रदेश सरकार र चौतारा साँगाचोकगढी नगरपालिकाले सहायता गर्ने बचनबद्धता दिएको छ । भवन निर्माणसँगै कला, साहित्य, संस्कृति र पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने छ ।

    कार्यक्रममा ५ नं. वडाका कार्यवाहक अध्यक्ष रामबहादुर घलेले मन्त्री दुलालले सदरमुकाम र समग्र जिल्लाको विकासमा यसअघि खेलेको भूमिकाको प्रशंसा गर्दै राजनीतिक आस्था छोडेर कामको मूल्याङ्कन गर्दा दुलाल नै विकासको लागि स्थापित नेता बनेको बताए । वडासँग पर्याप्त बजेट नभएपनि भवन बनाउन क्रियाशील हुने उनको भनाइ थियो ।

    कार्यक्रममा चौतारा साँगाचोकगढीकी उपप्रमुख सीता थापा, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि, स्रष्टा–सर्जक, सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution