• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ आश्विन २८, मंगलबार | Tuesday, 14, Oct, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०८२ बैशाख २१, आईतबार (५ महिना अघि)
  • ६२४ पाठक संख्या
  • Jagaran

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न विद्यालयमा लागु पदार्थविरुद्धको विद्यालय तथा समुदायस्तरमा जागरण कार्यक्रमको सुरुवात गरिएको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिका, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अन्तर्गत नगर बाल सञ्जालको आयोजना र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा अभियानको सुरुवात गरिएको हो । अभियानको पहिलो दिन चौतारा साँगाचोकगढी नगरपालिका– १ स्याउले स्थित सेतिदेवी माविमा लागुपदार्थको असर, यसले समाजमा पार्ने नकारात्मक प्रभावका बारेमा विद्यार्थी, शिक्षक र सरोकारवालाबीच छलफल गरिएको छ ।

    नगर उपप्रमुख सीता थापाले जनचेतना अभियान कार्यक्रम उद्घाटन गर्दै विद्यालयमा अध्यनरत बालबालिकाहरु कुलतमा नफसून् र आगामी दिनहरुमा आफ्नो भविष्य उज्ज्वल पार्न र सुखी जीवन विताउन आवश्यक सीप सिकाइमा केन्द्रीत गर्न अभियालने सहयोग गर्ने बताईन् । आफ्नो नगर लागू पदार्थ मुक्त क्षेत्र बनाउन सबैको साथ र सहयोग चाहिने उनको भनाइ थियो ।

    कार्यक्रममा प्रशिक्षक एवम् जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवले लागूपदार्थ न्यूनीकरण सम्बन्धमा भएका कानुन, असर, परिणाम र बेफाइदाका बारेमा बालबालिकामाझ जानकारी गराएका थिए । जागरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका बालबालिका शाखाबाट सहायक हवलदार कन्चन सुर्खेतीले बालबालिकालाई अभिखुखीकरण गरेकी थिईन् ।

    लागूपदार्थविरुद्धको यो अभियान अब अरु विद्यालयमा लिएर बालबालिकामा चेतना जगाउने र यो कार्यक्रमले बालबालिकाको भविष्य निर्माणमा थप सहयोग पुग्ने नगरपालिकाको महिला बालबालिका शाखाका महिला विकास निरीक्षक सुमित्रा भट्टराईले बताईन् ।

    कार्यक्रम कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको हो । कार्यक्रममा जनप्रतिनिधिहरु, नगर बाल सञ्जालका अध्यक्ष सुजन श्रेष्ठ, नगर बाल सञ्जाल सह–सचिव बुद्ध थापा, सेतीदेवी माविका प्रधानाध्यापक सविन दंगाललगायतको सहभागिता थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution