• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

मनोपरामर्श कक्ष बनाउँदै सम्भाव्य फाउण्डेशन

स्मृति दंगालप्रकाशित मिति: २०७७ फागुन १७, सोमबार (५ साल अघि)
  • १२३३ पाठक संख्या
  • 1-ow6fujqpeac6rx8z7z0hd7vs7a4og6cmz6q28n5dq0
    फाईल तस्विर

    मेलम्ची । मनोपरामर्श प्रदान गर्दौ आएको सम्भाव्य फाउण्डेसनले सिन्धुपाल्चोकको दुई स्थानमा मनोपरामर्श कक्ष बनाउन सुरु गरेको छ ।

    फाउण्डेसनले फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा सिन्धुपाल्चोकको तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाहुनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष बनाउन सुरु गरेको हो । सामुदायिक विद्यालयहरुमा यस्तो खालको मनोपरामर्श कक्ष सहितको मनोपरामर्श सेवा नेपालमै पहिलो पटक हुनेछ ।

    मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको संस्थाका परामर्शदाता पुरुषोतम थापाले बताए । यसै अभियान अन्तर्गत नै उक्त फाउन्डेशनले हालसम्म सिन्धुपाल्चोक, काठमाडौं र बाग्लुङका विभिन्न १३ वटा विद्यालयहरुमा आफ्ना दक्ष मनोपरामर्शदाताहरुबाट वर्षैभरि नै नियमित रुपमा व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

    उचित मनोपरामर्शको अभावमा वर्षेनी हजारौं किशोरकिशोरीहरु एन्जाइटी, डिप्रेसन, ओसिडी लगायतका मानसिक तथा मनोसामाजिक समस्याका सिकार भइरहेको फाउण्डेसनकै अर्को परामर्शदाता रन्जीता महर्जन बताउँछिन् । उनले किशोरकिशोरी एवं युवावर्गमा लागुऔषध दुर्व्यसनी एवं आत्महत्याको दर समेत उत्तिकै बढ्दै गएको देखिएको बताइन् ।

    उनी भन्छिन्, ‘मनोपरामर्श कक्षको अभावमा विद्यालयमा विद्यार्थीहरुले मनोपरामर्शदातालाई आफ्ना समस्याहरु, व्यक्तिगत कुराहरु, मनका भावनाहरु पोख्न सहज थिएन । विद्यालयको कुनै कुना काप्चामा बसेर यताउति हेर्दै कोही आउँछ कि, कसैले सुन्छ कि भन्ने त्रास मनमा लिएर उनीहरु मनोपरामर्श सेवा लिने गर्दथे । तर अब विद्यालयमा एउटा छुट्ट्र्रै शान्त, सजिलो र आरामदायक मनोपरामर्श कक्षको उपलब्धताले विद्यार्थीहरुले सहज र शान्त वातावरणमा अप्ठ्यारो नमानी मनका पीडा, उकुसमुकुस, जिज्ञासा, दुविधा आदि निर्धक्क फुकाउन सक्नेछन् ।’

    ती दुवै मनोपरामर्श कक्षहरुको आउँदो हप्ता नै उद्घाटन गरिने र तत्कालैदेखि उक्त कक्षहरुमा मनोपरामर्श सेवा सुचारु गरिने कुरा फाउण्डेसनले जनाएको छ ।

  • स्वास्थ्यका कुरा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution