• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ १७, मंगलबार | Tuesday, 01, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

ग्लोबलपाटीप्रकाशित मिति: २०८२ अषाढ १४, शनिबार (२ दिन अघि)
  • ६६ पाठक संख्या
  • Aparad

    चाैतारा । ‘छोरीको शव मैले अहिलेसम्म हेर्न सकेको छैन । सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म ल्याउँदा के–के भयो, कुनै सम्झना छैन,’ भोटेकोशी गाउँपालिका– ५ का पदम तामाङले छोरीको हत्यापछिको विवरण सुनाए, ‘म अचेत थिएँ ।’

    त्रिवि शिक्षण अस्पताल महारागञ्जको पोस्टमार्टम कक्ष अगाडि शुक्रबार बिहान भेटिएका तामाङ आफन्त तथा गाउँलेबाट घेरिएका थिए । उनको दुःखमा काँध थाप्न पुगेका गाउँपालिका अध्यक्ष पासाङ नुर्प शेर्पा लगायत सबै आफन्त मलिन थिए । १२ वर्षीया छोरी निशालाई गुमाएका पदम सम्हालिने अवस्थामा थिएनन् । आफन्त नाता पर्नेबाटै बलात्कारपछि क्रुर तरिकाले हत्या गरिएको क्षण उनी सम्झन चाहँदैनन् । ‘म यो घटना सम्झनै चाहन्नँ । त्यही भएर मैले छोरीको शव पनि हेरेको छैन,’ पदम आँखा टिलपिल बनाउँदै भन्छन् ।

    १ असार बिहानदेखि भावविह्ल बनेका पदम अझै अनिँदो छन् । टोलाइरहन्छन् । आफू घर नभएको मौकामा अपराधीले छोरीमाथि योजनाबद्ध आक्रमण गरेको उनले बताए । १० फागुन मध्यराति ओछ्यानबाटै बेपत्ता बनाइएकी पदमकी छोरी निशालाई ५ जनाको समूहले बलात्कारपछि हत्या गरेको खुलेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ कालेगाउँ बस्ने ११ वर्षीया निशा स्थानीय विद्यालयमा कक्षा ७ मा पढ्दै थिइन् । १० असारमा बाबु पदम कोदो रोप्न भन्दै घरबाट हिँडे । राति उतै बसे ।

    जेठी छोरी–ज्वाईं पनि पदमकै घरमा बस्थे । कोदो रोप्न गएका पदम नफर्केकाले त्यस दिन घरमा जेठी छोरी–ज्वाईं र निशा मात्र थिए । राति घरमै सुतेकी निशा भोलिपल्ट बिहान ओछ्यानमा भेटिइनन् । बिहानै निशा हराएको भन्दै गाउँमा हल्लाखल्ला भयो । कसैले देखे–सुनेको बताएनन् । ११ गते बिहानबाटै पदमको मन बेचैन भइसकेको थियो । उनका दाइका छोरा फुर्वा तामाङ सोही दिन बिहानै च्याउ टिप्न भन्दै छ्यादीखोला जंगलतर्फ लागे । च्याउ टिप्ने क्रममा उनले भीरमा अड्केको अवस्थामा मान्छेको खुट्टा देखे । अलि नजिक गएर हेर्दा शव चिनिहाले– उही निशा ।

    हस्याँङफ्स्याँङ गर्दै दौडिँदै फुर्वा घर पुगेर काका पदमलाई अँगालो हालेर रुन थाले । घटनाबारे बताए । ‘सुरुमा मलाई नै विश्वास लागेन । हेर्न जान्छु भन्दा भतिज तपाईंले हेर्नसक्ने अवस्था छैन भन्दै रुन थाल्यो । गाउँका अरु गएर हेरे । सबैले निशा नै भने । तर मैले हेर्न सकिनँ,’ पदम त्यो क्षण सम्झन्छन् । १० गते राति ओच्छ्यानबाटै हराएकी निशा भोलिपल्ट मृत भेटिइन् । ११ गते बिहान साढे ९ बजेतिर प्रहरीलाई घटनाबारे जानकारी गराइयो ।

    निशाको बलात्कार–हत्या प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरू मृतक बालिकाकै आफन्त नाता पर्ने तथा छिमेकीहरू रहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका–५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, सोही ठाउँका २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नाम्ग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीया लाक्पा पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।

    उनीहरूलाई प्रहरीले सोही गाउँबाट पक्राउ गरेको हो । उनीहरूमध्ये एक जनालाई भने आज शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । निशाको बलात्कार र हत्या प्रकरणमा जोडिएका सबै जना पक्राउ परेको एसपी कार्कीको भनाइ छ । बलात्कार र हत्यापछि पनि उनीहरू गाउँमै बसोबास गर्दै आएका थिए । पक्राउ परेकाहरू विरुद्ध नाबालिका बलात्कार र कर्तव्य ज्यानको कसुरमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

    उनीहरूले निशालाई बलात्कार गर्ने योजना बनाएर चार्ज गर्ने निहुँले उनको घरमा पुगेको एक अनुसन्धान अधिकृतले बताए । हाफ लाइन आएकाले त्यस दिन मोबाइल चार्ज हुन पाएको थिएन । पदम विदेशबाट फर्केकाले उनले पावर बैंक ल्याएका थिए । त्यही पावर बैंकमा चार्ज गर्न भन्दै उनीहरूले मोबाइल निशालाई दिए । ‘टिकटक पनि हेर्नु, मोबाइल पनि चार्ज गर्नु भनेर केटाहरूले मोबाइल दिएका थिए ।

    मोबाइल लिने निहुँमा राति उनको घरमा गई बालिकालाई बाहिर लगेर बलात्कारपछि हत्या गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने । निशालाई घरबाट बाहिर निकालेपछि उनीहरूले सुरुमा कटेरामा लगेको खुलेको छ । कटेरोमा निशाका बाहिरी कपडाहरू समेत भेटिएको थियो । त्यसपछि नजिकैको मकैबारीमा लगेर बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । घटनास्थलको मकैबारी माडिएको समेत प्रहरीले जनाएको छ ।

    यो सबै काम गर्नेहरूलाई निशाले चिनेको हुनाले पोल खुल्ने डरले उनीहरूले घाँटी कसी हत्या गरेको स्वीकार गरेको प्रहरीले समेत बताएको छ । कपडाले घाँटीमा कसेर हत्या गरेको, अनुहारमा ढुंगाले हानेको पाइएको प्रहरीले बताएको छ । मकैबारीमा निशाका भित्री बस्त्रहरू भेटिएका थिए । शव कसैले नभेटोस् भनेर करिब एक किलोमिटर टाढाको छ्यादीखोलामा फाल्ने उद्देश्यले भिरबाट खसालेका थिए । तर रुख र ढुंगाको कारण शव माथि नै अड्किएको अवस्थामा भेटिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अपराध सम्बन्धि थप
  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

  • खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution