मेलम्ची । मेलम्ची नगरपालिका– ९, गुफाडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
क्यौलेठाना आधारभूत विद्यालयको आयोजनामा, नव आशा गृह क्लिनिक प्रा.लि टोखाको सहयोग, मेलम्ची नगरपालिकाको समन्वय तथा वडा नं. ९ को सहजीकरणमा सम्पन्न उक्त शिविरले स्थानीय बासिन्दाले स्वास्थ्य लाभ लिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष किरणदीप खडका सहभागी थिए ।
शिविरमा स्थानीय विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य बासिन्दाहरूका लागि विविध रोगहरूको परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । उक्त शिविरमा डा. राजु खतिवडा, डा. सजल तवनवासु, डोमा शेर्पा, श्रृजना खड्का, विश्वमणी घोरासैनी र नवराज न्यौपाने लगायतको टोलीले करीब २०० जना भन्दा बढी सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
स्वास्थ्यलाई प्राथमिकता दिने उद्देश्यसहित आयोजना गरिएको यो शिविरले विकट र ग्रामीण क्षेत्रका नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान गरी रोग निधानमा सहयोग पुग्ने शिविरमा संलग्न चिकित्सकहरुले जनाइएको छ । कार्यक्रमलाई भब्य र सफलताका सम्पन्न्न गर्न विद्यालय परिवार, स्वास्थ्यकर्मी, अभिभावक तथा स्थानियवासीहरूको महत्वपूर्ण सहयोग रहेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ