• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

पार्टी कार्यालयको ताला तोड्दै राखियो एमालेको बोर्ड

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन २५, मंगलबार (५ साल अघि)
  • २२९१ पाठक संख्या
  • 1
    पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड स्थापना गरिदै ।

    चौतारा । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि सिन्धुपाल्चोकको पार्टी कार्यालयमा नेकपा एमालेले आफ्नो बोर्ड राखेको छ ।

    चौतारामा रहेको पार्टी कार्यालयको मूख्य ढोकाकाे ताला तोडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर मंगलबार एमालेको बोर्ड राखिएको हो । ‘हामीले ढोकाको चाबी मागेका थियौं, उहाँहरुले दिन नामानेपछि ताला तोडेका हौं’, ओली पक्षबाट जिल्ला संयोजक बनेका बालकृष्ण देउजाले भने– ‘आफ्नै कार्यालयको ताला तोड्नु हाम्रो बाध्यता बन्यो ।’

    अब नेकपा एमालेको कार्यभार भनेको अधिवेशन गर्नु र आफ्ना मातहतको सबै कमिटिलाई पुनगठित गर्ने रहेको भन्दै देउजाले यो दायित्व पूरा गर्न हिजो जिम्मेवारीमा रहेका जिल्ला नेताहरुको भूमिका महत्वपूर्ण हुने बताए । ‘हामीले यस अघिका अध्यक्ष झम्क नेपाललाई सदस्यमा राखेका छौं, जिल्ला अधिवेशन सम्पन्न गर्ने दायित्व उहाँहरुको पनि हो’, देउजाले भने– ‘उहाँहरु सच्चिएर आउनुहुन्छ भने हामी सहकार्य गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजान तयार छौं ।’

    कार्यालयमा एमालेको बोर्ड स्थापना पछि गरिएको कार्यक्रममा पूर्व सांसद् कृष्णराज श्रेष्ठले ३ वर्षपछि आफ्नो घरमा बस्न पाएकोमा खुसी साट्दै पार्टी कार्यालय कब्जा भएको उद्घोष गरे । ‘हामी नेकपा एमाले भनेर पुनः संगठिन हुने अवसर आएको छ’, उनले भने– ‘आजको मूख्य मकसत आज यो घर भित्र प्रवेश गर्ने र यो घरलाई हामीले कब्जा गर्ने थियो त्यो पूरा भएको छ ।’ एउटा समूहले यो कार्यालयलाई कब्जा गरेकोमा आफू सदैव दुःखित रहिरहेको सुनाउँदै उनले अरुको पुतली बनेर एमालेकै साथीहरुले गरेको शत्रुवत व्यवहारलाई अहिले चिर्न सफल भएको बताए ।

    कार्यक्रममा नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष हस्त पण्डितले पार्टीभित्रैबाट पार्टी ढाल्ने प्रवृत्तिबिरुद्ध संसद् पुर्नस्थापना भएको बताउँदै पार्टी विभाजनले कुनै असर नपुर्याउने बताए । ‘हामी नेकपा एमालैकै स्थानमा छौं, अब विस्तारै पार्टी ध्रुविकरणतर्फ जान्छ’, उनले भने– ‘माओवादी केन्द्रका कार्यकर्तासँग कुण्ठा, निरासा छ, हामीसँग उत्साह, जोश छ । यसले नयाँ दिशामा पुर्याउने छ ।’ आगामी दिनमा नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने बताउँदै आगामी चुनावमा नेकपा एमाले पहिलो पार्टी बन्ने उनले दाबी गरे ।

    बोर्ड स्थापना गर्ने कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, नेता जेपी सिलवाललगायत  नेता कार्यकर्ताहरुकाे उपस्थिति थियो । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । सो लगत्तै एमालेले देशैभर पार्टी कार्यालयमा बोर्ड फेर्ने अभियान सञ्चालन गरेको हो ।

     

  • नेकपा विभाजनको असर
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution