• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ चैत्र ३०, सोमबार | Monday, 13, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

१ करोड ६६ लाखमा भूकम्प स्मारक पार्क बन्ने

सुन्दर शिरीषप्रकाशित मिति: २०७७ फागुन २७, बिहिबार (५ साल अघि)
  • १२०४ पाठक संख्या
  • 1615299188.park photo_
    फाईल तस्विर

    इन्द्रावती । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ नवलपुरमा भूकम्प स्मारक भृकुटी शान्ति पार्क बन्ने भएको छ । रू. १ करोड ६६ लाखको लागतमा सो पार्क निर्माण हुन लागेको हो ।

    पार्क निर्माणको लागि पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तरर्गत बजेट विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रू. १ करोड १६ लाख र इन्द्रावती गाउँपालिकाको रू.  ५० लाख साझेदारी लागतमा भूकम्प स्मारक भृकुटी शान्ति पार्क निर्माणका लागि सम्झौता भइसकेको छ । मन्त्रालयका अनुसार संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा आयोजना कार्यान्वयन गर्न लागिएको हो । यी आयोजना १ वर्षदेखि बढीमा ३ वर्षमा सम्पन्न गर्नुपर्ने प्रावधान छ ।

    १२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको पार्कको डीपीआर तयार भइसकेको छ । पार्कको डीपीआर ग्रीन डिजाइन सोलुसन प्रालिका प्रबन्ध निर्देशक आर्किटेक्ट नवीन घिसिङको नेतृत्वमा तयार पारिएको हो ।  तिब्बतका राजा स्रङचङगम्पोले नेपाली चेली भृकुटीलाई विवाह गरी सोहि बाटोबाट लगेकोले त्यसकै सम्झना र २०७२ को भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्क निर्माण हुन लागेको आर्किटेक्ट घिसिङले जानकारी दिए । ‘भृकुटीलाई बिहे गरेर यही बाटोबाट लगेको हुनाले त्यो इतिहासलाई जीवन्त राख्दै भूकम्पमा परेर मृत्यु भएकाहरुको स्मृतिमा पार्क निर्माण गर्ने गाउँपालिकाको लक्ष छ’, उनले भने ।

    ‘हामीले डीपीआर तयार पारिसकेका छौं, अब निर्माण प्रकृया शुरु गर्ने चरणमा छौं’, गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने ‘छिट्टै आवश्यक प्रकृया पूरा गरी निर्माण शुभारम्भ गर्नेछौं ।’ तामाङका अनुसार पार्कमा योग, व्यायाम, मनोरञ्जनात्म क्षेत्र, सेमिनार हलसँगै अकर्षक विश्राम स्थल रहनेछ । पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य पालिकाले लिएको छ ।

  • विकासका कुरा
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution