काठमाडौं । काठमाडौंको सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ हजार रुपैयाँ दरका १ सय ६३ थान नक्कली नोटसहित सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका– ३ घर भई काठमाडौंको बौद्ध बस्ने २१ वर्षीय विजय तामाङ र बाह्रबिसे गाउँपालिका– ४ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय ध्रुव श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ६३ हजार रुपैयाँ नक्कली नोटसहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ