• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

गौरवको जन्मदिनको अवसरमा चन्द्रसिंको ‘लाहुरे’ सार्वजनिक (भीडियोसहित)

सुन्दर शिरीषप्रकाशित मिति: २०७७ फागुन २८, शुक्रबार (५ साल अघि)
  • १९२५ पाठक संख्या
  • Lahu 1
    लाहुरेको सार्वजनीक पोष्टर ।

    काठमाण्डौ । नेपाली कला क्षेत्रका हस्ती गौरव पहरीको जन्मदिनको अवसर पारेर उनी अभिनित बहुप्रतिक्षित म्यूजिक भीडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ ।

    एसियन म्युजिकले बजारमा ल्याएको सो भीडियोमा गौरवलाई लक्ष्मी वर्देवाले साथ दिएकी छिन् । चन्द्रसिं घले र रानी शाक्यको श्वरमा रहेको गीतको शब्द गायक घले स्वयम्को छ । शैलेन्द्र प्रधानले संगीत एरेन्ज गरेका छन् भने गीतको भीडियोलाई उत्सव दाहालले छायाङ्कन गरेका हुन् । निशान कस्यपको निर्देशनमा बनेको भीडियोमा विदेशिने युवाहरुको व्यथालाई उतारिएको छ ।

    ‘मैले अभिनय गरेको भीडियोहरुमा यो विशेष रहेकाले जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो’, भीडियो सार्वजनिक भएलगत्तै प्रतिक्रिया दिँदै गौरव पहरीले भने– ‘खास दिनमा खास भीडियो सार्वजनिक भएकोमा खुसी छु ।’ भीडियोलाई सबै दर्शकहरुले मनपराउने अपेक्षा गरेको उनले सुनाए ।

    ‘नेपाली युवाहरुले विदेशमा भौग्दै आएको दुःख र त्यसले परिवारमा निम्त्याएको नैरस्यतालाई नै गीतमा उनिएको हो’, भीडियो सार्वजनिक पछि प्रतिक्रिया दिँदै गायक एवम् गीतकार चन्द्रसिं घलेले भने– ‘यो गीतमा मैले प्रत्यक्ष अनुभव गरेको कुरालाई समेटेको छु ।’ आफ्नो नजिकको साथीले विदेशमा भोग्नु परेको नियतिलाई गीतमा उतारिएको उनले खुलाए । ‘हामी सबैको साझा व्यथालाई गीतमार्फत उतारेका छौं’, घलेले भने– ‘पक्कै पनि यसलाई स्रोता, दर्शकले मनपराउनु हुनेछ ।’

    एसियन म्युजिकका सञ्चालक ईश्वर गुरुङले युवावर्गले भोगिरहेको पीडालाई समेटेर तयार पारिएको गीत र भीडियोले अहिलेको नेपाली समाजको चित्र देखाउने दाबी गरे । एशियन म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको भीडियो अमेजन प्राईम म्युजिक, जिओ सावन, स्पोर्टी, एप्पल म्युजिक, गाना, व्वाएङक म्युजिक, रेस्सो, आईट्युन स्टोर, आईहार्ट रेडियो र टिकटकमा हेर्न र सुन्न सकिनेछ ।
    नेपाली पप गायक चन्द्रसिं घलेले दुई दर्जन बढी गीत नेपाली संगीत क्षेत्रलाई दिईसकेका छन् । उनको ‘साहारा बनिदेउ’ गीतले विभिन्न राष्ट्रिय स्तरको अवार्ड प्राप्त गरिसकेको छ । सिन्धुपाल्चोकको चौताराका स्थायी बासिन्दा घलेले औपचारिक रुपमा २०६४६५ तिरबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन् ।

    गायक, मोडल, संगीतकार, निर्देशक र गीतकारको छवी बनाएको उनको पहिलो गीत ‘खेल यो बन्दुकको’ खुबै रुचाईएको थियो । ओ प्रिया, सुनचाँदी, राजा रानी, यो मनले, डिस्को डान्स, उडाउला पछ्यौरी तिम्रो, पिउँदापिउँदै, जय सिन्धुभूमिजस्ता गीत चर्चामा छन् ।

    हेर्नुस् ‘लाहुरे’ को भीडियोः

  • गीत/संगीत
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution