• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २०, शुक्रबार | Friday, 04, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

मापदण्ड नपुगेको भन्दै स्वास्थ्य चौकीको पर्खाल भत्काइयो

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र ५, बिहिबार (४ साल अघि)
  • १३९० पाठक संख्या
  • 138825097_221612549443171_3167224738244566395_n
    स्वास्थ्य चौकीको अनुगमनमा पुगेको टोली ।

    मेलम्ची  । मेलम्ची नगरपालिका वडा नम्बर १२ को बाँसबारी स्वास्थ्य चौकीमा लगाइएको पर्खाल मापदण्ड नपुगेको भन्दै अनुगमन टोलीले भत्काइदिएको छ ।

    जिल्ला समन्वय समिति, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन, वडा कार्यालय र ट्रान्सपरेन्सी इन्टरनेस्नल नेपालबाट गएको प्राविधिकसहितको अनुगमन टोलीले पर्खालमा हुनुपर्ने मापदण्ड नभएको भन्दै भत्काएको मेलम्ची १२ का वडा अध्यक्ष रामबहादुर लामाले जानकारी दिए । २ करोड ९४ लाख ६९ हजार ३ सय रुपैंया लागतमा बन्न लागेको स्वास्थ्य चौकीको भवन २०१९ को जुलाई १५ बाट सुरु भएको थियो । २०२० को अक्टोबर १४ सम्म हस्तान्तरण गरिसक्न पर्ने भएतापनि अहिले सम्मपनि सो स्वास्थ्य चौकी हस्तान्तरण भएको छैन ।

    राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन चौताराको सहयोगमा स्वास्थ्य चौकीको भवन निमार्ण भइरहेको छ । अवलोकन तथा मापनका क्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बाँसबारी स्वास्थ्य चौकीमा लगाइएको पर्खालको अवलोकन गरेको थियो ।

    अवलोकन तथा मापनका क्रममा जिल्ला समन्वय समिति अनुगमनमा जाँदा ठेकेदारको लार्पबाहिकै कारण कमजोर पर्खाल लगाएको पाइएकाले तुरुन्त संरचना भत्काउन लगाइएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाले बताईन् । ‘म आफै पनि अवलोकनमा गएको थिएँ, अवलोकनमा जाँदा मापदण्ड अनुसार काम गरेको नपाइएपछि भत्काउन लगाएको हुँ,’ सापकोटाले भनिन् ।

    एउटै कामदार नपाएको र फरक फरक कामदार लगाउन परेका कारणले पर्खालमा केहि समस्या आएको ठेकेदारले स्वीकार गरेको छ । लगाइएको पर्खाल मापदण्ड विपरित पाइएपछि वडा अध्यक्ष, प्राविधिक, ठेकेदार लगायतलाई ट्रान्सपरेन्सी इन्टरनेशन नेपाल सिन्धुपाल्चोकले ध्यानाकर्षण गराएको थियो । सो पश्चात् ठेकेदारले तुरुन्तै मापदण्ड विपरित रहेको पर्खाल भत्काएर पुनः लगाउने बताएको थियो ।

    स्वास्थ्य चौकी निमार्ण भइरहँदा त्यसको रेखदेखको लागि खटाइएको प्राविधिकले किन नहेरेको भन्ने प्रश्नमा जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका प्रमुख सन्तोष निरौंलाले प्राविधिकहरुले धेरै साइड हेर्नुपर्ने र प्राविधिकको आँखा छलेर कामदारले लार्पबाही गरेको हुनाले यस्तो भएको बताए । ‘प्राविधिकहरु सिमित हुन्छन् एउटै ब्यक्तिले धरै साइट हेर्नुपर्ने हुन्छ, दिनकै साइटमा जान पनि भ्याइदैन । प्राविधिक टोली नभएको बेला कामदारले आफू अनुकुल काम गर्छन त्यसैले समस्या भएको हो’, निरौलाले भने ।

    इन्जिनियर प्रकाश कार्कीले पर्खाल लगाउदा ‘जोइन’ नमिलेको कारणले भत्काउन लगाइएको जानकारी दिए । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालसँगै गएको अनुगमन टोलीलाई इन्जिनियर कार्कीले ठेकेदारले वेवास्ता गरेको कारण लगाइसकेको पर्खाल भत्काउन परेको बताए ।

    मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर लामाले बेलैमा अनुगमनमा आई स्वास्थ्य चौकी तथा पर्खाल निमार्णमा भएको कमजोरी पत्ता लगाई सुधार गर्ने मौका पाएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाललाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यी र यस्ता कमिकमजोरी देखाइ सहयोग गरिदिन आग्रह समेत गरे ।

    भूकम्पपछि सिन्धुपाल्चोकको स्वास्थ्य चौकी पुननिमार्णको अवस्था नाजुक देखिएको छ । भूकम्पले भत्काएको स्वास्थ्य चौकीको भूकम्प गएको यतिका वर्ष बितिसक्दापनि सम्बन्धित निकायले खासै चासो नदिदा पुर्ननिमार्णले गति लिन नसकेको हो । अहिले जिल्लामा २२ वटा स्वास्थ्य केन्द्रको जग्गा तय भएर टेण्डर प्रक्रिया अगाडि बढाइएको छ भने २ वटा स्वास्थ्य चौकी निमार्णको चरणमा छन् । स्वास्थ्य चौकीको भत्किएको लामो समयसम्म पनि पुननिमार्ण नहुँदा नागरिकहरुले गुणस्तरिय स्वास्थ्य सेवा पाइराखेका छैनन् । अस्थायी भवनबाटै स्वास्थ्य उपचार गराइरहदा अहिले कोरोनाको बेलामा स्वास्थ्य मापदण्ड लागु गर्न समेत समस्या भइरहेको कतिपय स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

  • बढ्दै वेथितिः
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution