• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २६, बिहिबार | Thursday, 09, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने
  • २कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ
  • ३नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • ४दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ५एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ६३० परिवारको निःशुल्क जीवन बिमा
  • ७पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ८बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

चैत १६ देखि मेलम्चीको पानी वितरण गरिने

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र १०, मंगलबार (१ साल अघि)
  • ६४९ पाठक संख्या
  • melamchi-drinking-water
    फाईल तस्विर

    काठमाण्डौ । थोरै यस्ता विषय हुन्छन् जसमा सबै उमेर समूहका मानिसहरुको चासो हुन्छ । अहिले बच्चादेखि वृद्धसम्म मेलम्चीको पानीको विषयमा जानकार छन् । केही महिनाअघिसम्म कसैले मेलम्ची आउँदै छ भन्दा मानिसहरु गफै त हो भनेर उडाउँने गर्दथे । मेलम्चीको पानी काठमाडौं आएपछि भने पत्याउन नसक्ने तिनै मानिसहरु पानी धारामा आउने दिन गन्दै बसेका छन् ।

    मेलम्चीले पानीको काकाकुल भोगिरहेका काठमाडौंवासीमात्रै होइन सिंगो देशलाई हर्षित बनाइरहेको छ । बहुप्रतिक्षित मेलम्चीको पानी २२ वर्षपछि गत फागुन २२ गते काठमाडौं आइपुगेको थियो । काठमाडौं पुगेको २४ दिनपछि अर्थात चैत १६ गतेदेखि मेलम्चीको पानी धारा धारामा पुग्दै छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले थोरै परिमाणमा भएपनि दैनिकरुपमा पानी वितरण गर्नेगरी काम भइरहेको बताएको छ । केयूकेएलका प्रवक्ता प्रकाश राईले चैत १६ गतेदेखि मेलम्चीको पानी धारा धारामा आउने जानकारी दिए ।

    ‘चैत १६ गतेदेखि पिउन मिल्ने गरी पानी सबैका घर घरमा उपलब्ध हुने छ । अहिले हामी पुरानो वितरण प्रणालीमार्फत नै पानी धारा धारामा पठाउने रणनीतिमा छौं । धेरै ठाउँमा पाइपहरु बिछ्याउने र पुरानो वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाउने काम भइरहेको छ’, उनले भने । उनले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाइपहरु पुराना भएकोले पानी चुहावट समस्याको रुपमा रहेको बताए । उनले भने, ‘काठमाडौं उपत्यकामा विच्छ्याईएका खानेपानीका पाइपहरुमा अहिले पनि चुहावटको समस्या विद्यमान छ । सम्भावित समस्यालाई ध्यानमा राखी निर्माण व्यवसायीहरुलाई तयार अवस्थामा राखेका छौं । पाइप जोड्ने र य्रापिड रेस्पोन्स टीम अहिले तयार अवस्थामा छ ।’

    पहिलो चरणको मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आएको आयोजना निर्देशनालय कार्यलयले जनाएको छ । तर, सुरुवातमा भने थोरै परिमाणमा मात्र पानी वितरण केन्द्रहरुमा पठाइने तयारी गरिएको आयोजनाका उपनिर्देशक उज्जवल प्रजापतिले जानकारी दिए । ‘सुरुमा सबै १७ करोड लिटर पानी धारामा आउने छैन । कतै पुराना पाइप त कतै पुराना वितरण प्रणाली भएकोले चुहावटको सम्भावना छ । त्यसैले समस्याको समाधान गर्दै विस्तारै मात्रै सबै १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा बाँडिने छ । थोरै परिमाणमा पानी आए पनि सबैतिर पानी वितरण गर्ने योजना छ’, उनले भने ।

    नयाँ बनाइएको वितरण केन्द्र एउटा मात्रै

    खुमलटार बाहेक अरु सबै पुराना वितरण केन्द्रबाट पानी वितरण गरिने छ । बानेश्वर, मिनभवन, बाँसबारी, महाँकाल, बालाजु, लगाएत १० वटा वितरण केन्द्रबाट पानी एकसाथ धारामा आउने छ । एक घण्टामात्रै भए पनि सबैलाई पुग्ने गरी सबैतिर पानी समानरुपमा वितरण गरिने आयोजनाले जनाएको छ । थोरै परिमाणमा भएपनि पानी दैनिक हिसाबमा आउने छ ।

    हाल दैनिक आठ करोड लिटर पानी वितरण गर्दै आएको केयूकेएलले बताएको छ । जबकी उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानी उपभोक्ताका धारामा पुगेपछि पानीको समस्या समाधान हुने विश्वास गरिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आएको छ । त्यही अनुरुप सुन्दरीजलमा निर्माण सम्पन्न साढे ८ करोड लिटर क्षमताका दुई पानी प्रशोधन केन्द्र (रिजर्भवायर) बाट पानी प्रशोधन गरी वितरण गर्न लागिएको छ । त्यहाँबाट पानी वितरण केन्द्र ट्याकींहरु हुँदै उपभोक्ताका धारामा पुग्ने छ । यो आयोजनाबाट झन्डै १३ लाख बासिन्दा अर्थात् एक लाख ५८ हजार घर परिवार प्रत्यक्ष लाभान्वित हुने अनुमान छ ।

    दशकौंदेखि पानीको हाहाकार खेप्दै आएका मानिसहरुको खानेपानी समस्या समाधान गर्ने मेलम्ची आयोजनाको उद्देश्य हो । मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन तीन चरणमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसका लागि मेलम्ची नदी डाइभर्सन सुरुङ तथा १७ करोड लिटर दैनिक क्षमता भएको सुन्दरीजल पानी प्रशोधन केन्द्र पहिलो चरणमा सम्पन्न भएर सञ्चालनमा आउने क्रममा छ ।

    राष्ट्रिय गौरवको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको मेलम्ची आयोजना प्रस्तावित छ । दोस्रो चरणमा याङ्ग्री र लार्के अन्य खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना रहेको छ । दुईवटा नदीहरूलाई डाइभर्सन गरी मेलम्ची नदीको हेडवर्कस भन्दा केही माथी जोड्नका लागी थप दुईवटा हेडवर्कस तथा सुरूङ निमार्ण गरिने छ । सुन्दरीजलमा ३ सय ४० करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण क्रमशः दोस्रो र तेस्रो चरणमा हुने छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

  • कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

  • नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

  • दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल


  • ग्लोबल अपडेटथप

    हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

    Puraskar

    कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

    Pakrau

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution