• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ पौष ३०, बुधबार | Wednesday, 14, Jan, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • २मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ३सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ४उ दिन सम्झँदा
  • ५तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ६क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ७टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ८वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

बिजुली पुगेपछि स्थानीयले मनाए खुसीयाली

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र १०, मंगलबार (४ साल अघि)
  • १२२४ पाठक संख्या
  • 5-4
    विजुली आएपछि खुसीमा उत्सव मनाउँदै स्थानीय ।

    बरुवा । पाँचपोखरी थाङ्पाल गाउँपालिका– २ बरुवाको लकाङ घ्याङ विद्युत प्रसारण लाइनसँग जोडिएको छ । गाउँमा विजुली आएपछि स्थानीयले खुसीयाली मनाएका छन् ।

    राजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्य मानिने यो क्षेत्रमा अझसम्म विजुली नपुग्दा थुप्रै समस्या झेलिरहेका थिए । गाउँनै अध्यारोमा रहेपछि स्थानीय युवा दावा शेर्पा, स्थानीय सरकार लगायतको अग्रसरतामा विद्युत् आपूर्ति गरिएको हो । अहिले तीन लाइनको विद्युत् प्रशारण गरिएको छ । ‘गाउँमा बत्ती पुर्याउने मेरो दाइको ठूलो सपना थियो तर दुर्भाग्यबस उहाँको असामयिक निधन भयो’, शेर्पाले भने– ‘तर उहाँको सपनालाई साकार पार्न सदैव जुटिरहें, जसको कारण गाउँमा बत्ती आएको छ ।’ बत्ती ल्याउन दाजु सोनाम जाङबु शेर्पाले निक्कै पहल गरेको उनले सुनाए । ७२ को भूकम्पले गाउँ तहस नहस नै बनाएपछि स्थानीयहरू गाउँ छाड्दै जान थालेको अवस्थामा विकासको सानो कार्यले बिस्तारै पुनः स्थानीयहरु आफ्नो पुरानो थलोमा फर्किनेमा शेर्पाले विश्वास लिए ।

    विद्युत् प्रसारण लाइनको उद्घाटन गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आफ्नो क्षेत्रको विकासको लागी गर्न पर्ने कार्यमा सदैव जुटिरहेको बताउँदै लामो समयको प्रयास पछि बिजुली ल्याउन सफल भएको सुनाए । पर्यटकीय क्षेत्रको विकासमा नयाँ योजनाको साथ अगाडि बढेको बताउँदै शेर्पाले बिजुली, सडक स्तरोन्नति, पर्यटन सम्भावनाको खोजी सँगै बस्तीमा स्थानीयलाई फर्काउनेमा जुटिरहेको जनाए ।

    कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रशासकीय अधिकृत युवराज दुलालले आफूले यस विद्युत् प्रसारण गर्ने सम्बन्धमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । ‘सोनम दाइको सपना आज केही हदसम्म पूरा भएको छ, आफ्नो गाउँलाई विकास गर्ने उहाँको सपनालाई पूरा गर्न सबै एक हुनु पर्दछ’, उनले भने ।

    त्यसैगरी उपत्यका पर्यटन कार्यालयका प्रमुख टङ्क भट्टराईले शुभकामना दिँदै स्थानीय निकाय, सरकार र स्थानीयबासीहरु सहकार्यमा अघि बढ्दै जाने हो भने धेरै सम्भावनाहरू यस स्थानमा रहेको उनले बताए । ‘यो स्थान आफैँमा सुन्दर, पवित्र धार्मिक तीर्थस्थलको समिश्रण हो’, उनले भने– ‘यो क्षेत्रलाई पर्यटकीय हबको रूपमा निर्माण गर्न सकिन्छ ।’ त्यसको लागि आफूले गर्न पर्ने जुनसुकै सहयोग गर्न तत्पर रहेको समेत उनले बताए । ‘सरकार गाउँ गाउँमा पुगेको छ, हरेक ठाउँमा सुविधाहरूपुर्याउन सरकार लागेको छ र बिस्तारै सफल पनि भएको छ त्यसको नमुना यो हिमाली क्षेत्रमा विद्युत् पुग्नु पनि हो र जनताको साथ सहयोगले जुनसुकै काम पनि गर्न सकिन्छ भन्ने एक महत्वपूर्ण उदाहरण हो,’ उनले भने ।

    कार्यक्रममा वडा अध्यक्ष पासाङ लामाले विभिन्न चुनौतीका बाबजुद विद्युतीय लाइन प्रसारण गर्न सफल हुँदा यस आयोजनाको मूख्य हकदार सोनाम शेर्पालाई बिर्सन नहुने बताए । यस स्थानमा विभिन्न धार्मिक पर्यटकीय स्थलहरू भएकाले यसको भरपुर प्रचार प्रसारको लागि आफ्नो गाउँपालिका र वडाले विभिन्न क्षेत्रबाट काम गर्दै पाँचपोखरी र आमा याङ्ग्रीलाई जोड्ने कार्यमा अघि बढेको उनले बताए । अबको केही वर्षमा यो योजनाले पूर्ण रूप पाउने कुरामा आफू विश्वस्त रहेको बताउँदै उनले यस क्षेत्रको पर्यटकीय विकास गर्न स्थानीय जनताहरूको महत्वपूर्ण हात हुने भएकाले स्थानीयहरूलाई पर्यटन मैत्री वातावरण सृजना गरिदिन अनुरोध समेत गरे ।

    कार्यक्रममा स्थानीय स्याफ्रु नृत्य, सांस्कृतिक नृत्य लगायतको आकर्षक प्रस्तुति रहेको थियो । पर्यटकको लागि अत्यन्तै उपयुक्त ठाउँ भएकाले अहिले सो क्षेत्रमा विभिन्न स्तरका होटेल रिसोर्टहरु पनि निर्माण हुन् थालेका छन् । यो क्षेत्रबाट पाँचपोखरी, आमायाङ्ग्री, लाङटाङ, मेलम्ची घ्याङ, तारके घ्याङ, अमृत कुण्ड लगायतका प्रमुख धार्मिक ऐतिहासिक तथा पर्यावरणीय पर्यटनको भरपुर आनन्द लिन सकिने स्थानीयहरुले बताए ।

  • विकासका कुरा
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा


  • ग्लोबल अपडेटथप

    तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

    Game News

    मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

    Mitrata Shang

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution