• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

ब्यूटी स्टुडियोद्वारा महिलालाई तालिम प्रदान

Sujan Timalsina सुजन तिमल्सिनाप्रकाशित मिति: २०७७ चैत्र १३, शुक्रबार (५ साल अघि)
  • १४६४ पाठक संख्या
  • 165347294_828305477763499_6187871856282984231_n
    तालिम प्रदान गरिएपछि प्रमाणपत्र प्राप्त गर्दै महिलाहरु ।

    काठमाडौं । उद्यमशीलताको विकास र महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले स्थापना भएको ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले कोरोना प्रकोपका बाबजुद देशभरिका १ सय ५० भन्दा बढी महिलाहरूलाई आधारभूत तालिम प्रदान गरेको छ ।

    काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न गरेका ब्यूटिसियनहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । ग्लो टु ग्लो दी ब्यूटी स्टुडियोकी प्रबन्ध निर्देशक बिनिता शाहका अनुसार मेकअप र हेयर डिजाइनको विशेषज्ञा तालिम प्रदान गरिएको हो । ‘ब्यूटिसियनकै रुपमा कार्यरत रहेका धेरै जिल्लाका महिलाहरूले तालिमका लागि आउनुभएको थियो, उहाँहरूले ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोबाट थप दक्षता हासिल गर्नुभएको छ,’ प्रबन्ध निर्देशक शाहले भनिन्, ‘तालिमपछि उहाँहरूलाई आत्मविश्वास अभिवृद्धिका लागि प्रमाणपत्र पनि प्रदान गरिएको हो ।’

    ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले विश्व बजारको नवीनतम् प्रयोग र नेपालमा देखिएको ट्रेण्डलाई अझै परिष्कृत ढंगले अघि बढाइरहेको शाहले बताइन् । ‘महिलाहरूलाई यही क्षेत्रबाट सक्षम बनाउनका लागि फरक ढंगको कार्यक्रम सञ्चालन गर्ने यो एउटै मात्र संस्था हो, महिलालाई आफूमा विश्वास गर्नसक्ने बन्न प्रेरित गर्ने उद्देश्यले नै यो कार्यक्रम गरिएको हो,’ शाहले भनिन् ।

    ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले हरेक वर्ष कार्यक्रम गरेर तालिममा सहभागी भएका ब्यूटिसियनहरूलाई प्रमाणपत्र दिने गरेको छ । सबै मेकअप आर्टिस्ट, हेयर आर्टिस्ट र सफल ब्यूटिसियन वा प्रोफेसनल आर्टिस्टहरूलाई एकै ठाउँमा भेला पारेर अनुभव आदानप्रदान गरिएको जानकारी शाहले दिइन् ।

    ‘नेपालमा धेरै मानिसहरूलाई उदीयमान स्टार्टअपको रुपमा यो क्षेत्र रहेको भन्ने कुरा थाहा नहुन सक्छ, नेपालमा अहिलेसम्म मेकअप आर्टिस्ट र हेयर आर्टिस्ट केन्द्रित कार्यक्रम पनि छैन,’ प्रबन्ध निर्देशक शाहले भनिन्, ‘स्टार्टअप आर्टिस्टले प्रोफेसलनस्लाई भेटेर उनीहरूको अनुभव सुन्न सम्भव छैन, यद्यपि, ग्लो टु ग्लोका विद्यार्थीहरूलाई एउटै प्याल्टफर्ममा ल्याउने कोसिस हामीले गरेका हौं ।’

    यसैबीच, ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले दुबईमा पनि फेन्चाइज विस्तार गरेको छ । ‘हामीले हाम्रा विद्यार्थीहरू अन्तर्राष्ट्रिय आर्टिस्टको रुपमा काम गर्न सक्षम हुन् भन्ने लक्ष्य अनुसार फेन्चाइज सुरु गरेका हो,’ उनले भनिन् । ग्लो टु ग्लोलाई बहुराष्ट्रिय कम्पनीको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउँदै शाहले अन्य स्थानमा पनि सम्भाव्यता अध्ययन र विस्तारको प्रयासमा आफूहरू रहेको जानकारी दिइन् ।

    ग्लो टु ग्लोको पहिलो कार्यक्रम अप्रिल २०१९ मा आयोजना गरेको थियो । जसमा नेपालका विभिन्न जिल्लाबाट ६० जनाभन्दा बढी सहभागी भएका थिए । यसैबीच, उक्त कार्यक्रममा ग्लो टु ग्लोमा तालिम लिएका ब्यूटिसियन सुनिता कार्की र बबिता मानन्धरले आफ्नो अनुभव सुनाएका थिए । क्वीज प्रतिस्पर्धाकी विजेता दीक्षा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

     

  • तालिम
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution