• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ भाद्र १८, बुधबार | Wednesday, 03, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

प्रेमको मौलिक आयाममा वर्णित ‘एन्टोनिया’ प्रकाशित हुँदै

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र १५, आईतबार (४ साल अघि)
  • ७०५ पाठक संख्या
  • 164056598_453504445914252_6505507988461596446_n copy
    लेखक ढकाल (बाँया), र उनको कृतिको कभर (दायाँ) ।

    काठमाण्डौ । डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया– आध्यात्मिक प्रेमकथा’ चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त कृति नेपाली साहित्यकै इतिहासमा मौलिक कृति रहेको बताइएको छ ।

    कविताको विधामा दखल राख्नु हुने लेखक ढकाल निरन्तर कलम चलाउने गर्दछन् । यो उनको पहिलो प्रकाशित साहित्यिक कृति पनि हुनेछ ।
    उनी लेख्छन्, ‘एउटा सानो प्रयासस्वरुप एन्टोनिया– एक आध्यात्मिक प्रेमकथा उपन्यास तयार भएको छ । लेखक ढकालका अनुसार यस उपन्यासमा नेपाली समाजमा हुर्केको एक व्यक्ति आफू हुर्केको समाजसँगसँगै विश्व परिवेशसँग पनि अन्तरक्रिया गर्दछ । सनातन धर्म र दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानमा रहँदै विश्वमञ्चमा उभिएर जीवन र जगतको परिभाषा दिइरहन्छ ।

    प्रेमीहरु एकअर्कासँग सामाजिक जीवनमा नबाँधिइकन पनि प्रेम गरिरहन सक्दछन् । प्रेमको उर्जालाई मानव, प्राणीसेवा र जगतकल्याणका लागि लगाउन सक्दछन् । आँखा बन्द गरेर होइन कि आँखा खुलै राखेर प्रकृति, जीवन र जगत नियाल्दै ध्यानस्थ हुन सक्दछ । एकअर्कासँग भौतिक रुपमा टाढा भए तापनि पृथ्वीको नजीक रहेको चन्द्रमामार्फत् पनि आफ्नो प्रेमी वा प्रेमिकासँग प्रेमको सन्देश आदानप्रदान गर्न सक्दछन् भन्ने सन्देश पुस्तकमा पाइन्छ ।

    जीवनका कतिपय घटना वा विषय यस्ता हुँदा रहेछन् कि छोटो समयका लागि नै किन नहोस्, जसमा आफ्नो सम्पूर्ण शक्ति र ऊर्जा लगाइएको हुन्छ, त्यसैमा केन्द्रित रहेर बाँच्दा वर्षौँमा बाँचिरहेको अनुभव हुने रहेछ । छोटो समय नै किन नहोस्, समर्पित प्रेमको लहरले जीवनपर्यन्त साथ नछाड्ने रहेछ । जीवनमा केही रिक्तता यस्ता हुन्छन्, जसलाई भर्न र पुर्नका लागि प्रेमीहरु भौतारिइरहन्छन् । प्रेमलाई पाउने ध्याउन्नमा नै मानव समाजका विभिन्न अवयव चलिरहेका छन् । सभ्यता, संस्कृति आदि सबै प्रेमका परिणाम हुन् । यस्तो लाग्छ प्रेम नपाएकाहरुले आ– आफ्नो अधुरो–अपुरोपनलाई भुल्न र छोप्न गरेको सिर्जनाका कारण समाज र आ–आफ्नो परिधिमा फैलाएका सञ्जालले विश्व समाजको निर्माण भएको छ ।

    ‘संसारमा व्यक्ति–व्यक्तिका व्यक्त कथाहरु निकै कम हुन्छन् । तर, अरूका व्यक्त–अव्यक्त कथामा समाहित भएपछि सबै आफ्नै कहानीजस्तो लाग्दा रहेछन्,’ उनले भने, ‘उपन्यासकारले पनि तिनै कथाहरुमा आफूलाई समाहित गर्ने कोसिस गर्दछ । ‘एन्टोनिया’ले अध्यात्म र जीवनको परिभाषा र जीवन जिउनुको सार्थकता दर्शाउने प्रयास पनि गरेको छू ।’

    करीब ४०० पृष्ठको उपन्यास २०७८ को वैशाखमा पाठक समक्ष आउने भएको छ । ढकाल पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव समेत छन् । यसअघि उनका दर्शन तथा संस्कृतिसम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशित भइसकेका छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution