• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ आश्विन २, बिहिबार | Thursday, 18, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

बढ्दो आत्महत्याः ८ महिनामा ६४ ले ज्यान दिए

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र १८, बुधबार (४ साल अघि)
  • १०८० पाठक संख्या
  • 5a4842d7253c68dbc9f1569207327dd7
    फाईल तस्विर

    चौतारा । साउन महिनायता सिन्धुपाल्चोक जिल्लामा ६४ जनाले गरे आत्महत्या गरेका छन् ।

    आत्महत्याको जोखिम कम गर्ने उपायबारे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सरोकारवालासँग गरको छलफलमा सो तथ्याङ्क प्रस्तुत गरिएको हो । प्रहरीको तथ्याङ्क हेर्दा आत्महत्याको दरमा बृद्धि हुँदै गएको देखिन्छ । तथ्याङ्क अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकामा साउन यता मात्र सबैभन्दा बढी १४–१४ जनाले आत्महत्या गरेका छन् । लिसंखुपाखर गाउँपालिका बाहेक सबैठाउँमा आत्महत्या गरेको रिपोर्ट प्रहरीको तथ्याङ्मा उल्लेख छ ।

    छलफल कार्यक्रममा सिन्धुपाल्चोकमा दिन प्रतिदिन आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । गएको आर्थिक वर्षमा जिल्लामा १ सय १५ जनाले आत्महत्या गरेका थिए । सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि कोरोना भाईरस पछिको अवस्थामा आत्माहत्याका घटना जिल्लामा बृद्धि भएको देखिन्छ ।

    जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रको सभाहलमा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख जानुका पराजुली, मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपाल, बलेफी गाउँपालिका उपाध्यक्ष कमला कायस्थ, ईन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामा, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारी, जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाई, राष्ट्रिय अनुसन्धान प्रमुख, मनोविमर्शकर्ता, रेडक्रस, नगर स्वास्थ्य प्रमुख, क्याम्पस प्रमुख, सञ्चारकर्मी लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    सो छलफल कार्यक्रममा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी कार्ययोजना निर्माण तथा कार्यान्वयनको लागि आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

    यता मनोविद्हरुले आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोगका कारण हुने बताउँछन् । ‘आत्महत्याको ९० प्रतिशत कारण मानसिक रोग हो’, मनोविद् एवम् मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष गोपाल ढकालले भने– ‘क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागूँ पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ ।’ व्यक्तिले आत्महत्या आफ्नो ब्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्वहरूको संयुक्त प्रभावका कारण हुने उनले बताए ।

    नेपालमा पनि आत्महत्या पहिला देखि नै जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएको छ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८–१० प्रतिशतले वृद्धि हुँदै गइरहेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा ५ हजार ७ सय ५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए । यसरी हेर्दा नेपालमा प्रत्येक दिन सरदर १६ जना व्यक्तिले आत्महत्या गर्ने गरेको सरकारी आँकडाले देखाउँछ । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ ।

    प्राकृतिक बिपत्ति पर्दा, रोग ब्याधि फैलिदा जस्ता असहज र जोखिमपूर्ण अबस्थामा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने जोखिम हुने ढकालले बताए । ‘हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ’, उनले भने– ‘यसलाई न्यूनिकरण गर्न मानसिक रोगलाई पूर्व जन्मको पापको भ्रमबाट मुक्त गर्नुपर्ने हुन्छ ।’ मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक रहेको उनको ठम्याई छ ।

  • मानसिक रोग मूख्य कारणः
  • प्रतिक्रिया दिनुहोस
    अपराध सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution