• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

हाटबजार सञ्चालन गर्न कृषकको माग

सुन्दर शिरीषप्रकाशित मिति: २०७७ चैत्र ३०, सोमबार (५ साल अघि)
  • १५३२ पाठक संख्या
  • IMG_20210412_102650
    कार्यक्रममा उपस्थित जनप्रतिनिभि एवम् कृषकहरु ।

    चौतारा । ‘यहाँको उत्पादनले बजार पाउन सकेको छैन, उत्पादन तर उत्पादित सामग्री त्यतिकै खेर गईरहेको अवस्था छ’, चौतारा साँगाचोकगढी नगरपालिका– ५ का स्थानीय शिव श्रेष्ठले भने– ‘मूख्यगरी बजारिकरणमा स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।’ उनले स्थानीय सरकारको पहलमा हाटबजार सञ्चालन हुनुपर्नेमा जोड दिए ।

    श्रेष्ठले मात्रै होईन चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार वडा नं. ५ मा गरेको लगानी प्रबद्र्धन कार्यक्रममा अधिकांशले स्थानीय सरकारले उत्पादनको बजारिकरणमा जोड दिन आग्रह गरे । ‘हामीकहाँ सम्भावनाको प्रचुरता छ, कृषि पर्यटन, होमस्टे सञ्चालन हुन सक्छ । तरकारी, फलफूल, मासु, दुग्धजन्य सामग्री पनि उत्पादन भईरहेको छ’, स्थानीय कुमार श्रेष्ठले भने– ‘तर उत्पादन भएका सामग्रीले बजार पाईरहेका छैनन् ।’ जसका कारण कृषकहरु निरास भईरहेको उनले सुनाए ।

    ‘हामीकहाँ लप्सी मनग्यै उत्पादन हुन्छ, तर त्यसको उचित उपयोग हुन सकिरहेको छैन’, ५ कै अर्का कृषक लक्ष्मण घलेले भने– ‘सम्भावनाको कुरा गरेर मात्र हुन्छ, त्यसलाई व्यवस्थित पनि बनाउन जरुरी छ ।’ आफ्नो क्षेत्रमा अलैंची, बाख्रा पालन, तरकारी खेतीको सम्भावना रहेको बताउँदै सिंचाईको सुविधा हुने हो भने कृषितर्फ युवाहरु आकर्षित हुने बताए ।

    यता नारायणथान क्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिने भन्दै स्थानीय कमलचरण कक्षपतिले त्यसतर्फ स्थानीय सरकारको ध्यान दिनुपर्नेमा जोड दिए । ‘पुरानो इतिहास बोकेको मन्दिर, त्यसको छेवैमा रहेको पार्क, पिकनिक स्पोर्टजस्ता कुराले नारायणथान क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ’, उनले भने– ‘यसका अवला सो क्षेत्रमा वनपैदावार बढी रहेको ओसिलो ठाउँ भएकाकारण अलैंची खेति पनि गर्न सकिन्छ ।’ एउटा नीति निर्माण गरेर अगाडि बढ्ने हो भने लगानी भित्रने सम्भावना पनि रहेको उनले सुनाए ।

    कार्यक्रममा अधिकांश कृषकले बाँदरले दुःख दिएको गुनासो गरेका थिए । ‘उत्पादनको फल लिने बेला बाँदरले सत्यानास पारिदिन्छ’, स्थानीय नेत्रबहादुर नेत्रबहादुर घलेले भने– ‘अहिलेको मूख्य समस्या बाँदर भएर निस्किएको छ, यसलाई नियन्त्रण गर्न आवश्यक पहल गर्न जरुरी छ । कार्यक्रममा कृषकहरुले वडा नं. ५ भित्र लप्सी, कागती, सुन्तोला, तरकारी, अलैंची, बाख्रा पालन, कुखुला पालन, भैंसीपालन, फर्निचर उद्योग, पर्यटनजस्ता पाटोमा सम्भावना रहेको जनाएका थिए ।

    लगानी प्रबद्र्धन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद पौडेलले कृषकले उत्पादन गरेको सामग्रीले बजार नपाउनु दुर्भाग्य भएको बताए । ‘हामीकहाँ करोडौ रुपैंया बराबरका सामग्री बाहिरबाट आयात हुन्छ’, उनले भने– ‘तर स्थानीय स्तरमा उत्पादन भएका सामग्रीले बजार नपाउने अवस्था छ, यो दुर्भाग्यपूर्ण कुरा हो ।’ नगरले यस्ता समस्याको समाधानमा पहल गर्ने उनले बताए ।

    स्थानीयको समस्या र गुनासोलाई सम्बोधन गर्दै नगरप्रमुख अमानसिं तामाङले जनताको जीवनस्तर नउठ्दासम्म विकास नहुने बताए । ‘यहाँ थुप्रै समस्याहरु छन्, तर मूख्य कुरा जनताको जीवनस्तर उक्सनु हो’, उनले भने– ‘त्यसो भएन भने विकासको महत्व हुँदैन, समृद्धि प्राप्त हुँदैन ।’ कृषकलाई व्यवस्थित बनाउन उत्पादनको आधारमा अनुदान दिने नीति नगरले अघि सारेको भन्दै उनले कृषकले गरेको उत्पादनको जिम्मा नगरले लिने बताए ।

    ‘हामीले बजारिकरणलाई व्यवस्थित बनाउन कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माण गर्न लागेका छौं, यसले कृषकलाई केहि हदसम्म राहत दिनेछ’, उनले भने– ‘जस्को ठेक्का प्रकृया अघि बढिसकेको छ ।’ पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा नगरले उल्लेख्य काम गरेको भन्दै तामाङले कृषकहरु अल्छिपनाकै कारण पछि परिरहेको बताए ।

    कार्यक्रममा वडाभरका कृषकहरु, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवि, सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

  • लगानी प्रर्बधन कार्यक्रमः
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution