• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर ३, बुधबार | Wednesday, 19, Nov, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १उ दिन सम्झँदा
  • २तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ३क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ४टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ५वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ६म संघीयताको हत्यारा हुँ
  • ७गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ८१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

सिन्धुपाल्चोकमा पहिलो पटक औद्योगिक ग्राम बन्ने

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ बैशाख ८, बुधबार (४ साल अघि)
  • ९१० पाठक संख्या
  • 171158404_1178745082575261_4154634988358908420_n
    औद्योगिक ग्राम बन्ने स्थलको निरीक्षण गर्दै नगरप्रमुख अमानसिं तामाङसहित प्राविधिकहरुको टोली ।

    चौतारा । सिन्धुपाल्चोकमा पहिलो पटक औद्योगिक ग्राम बन्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ४ देउरालीमा औद्योगिक ग्राम बन्ने भएको हो ।

    ४० रोपनी क्षेत्रफल समेट्ने उक्त औद्योगिक ग्राम निर्माणका लागि नगरपालिका र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भइसकेको छ । सम्झौता अनुसार औद्योगिक ग्रामका लागि मन्त्रालयले ९२ लाख बजेट उपलब्ध गराएको छ । उक्त रकमले यस वर्ष जग्गा तयारी (फाउन्डेसन तयारी) गरिने नगरप्रमुख अमानसिं तामाङले जानकारी दिए ।

    नगरपालिकाले उक्त क्षेत्रमा प्राविधिकहरूसहित स्थलगत निरीक्षण गरेको छ । नगरप्रमुख तामाङसहित नगर सल्लाहकार चन्द्र सापकोटा, प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद पौडेल, इन्जिनियर बद्रीनारायण भुजेल लगाएत प्राविधिकहरुको टोलीले औद्योगिक ग्राम निर्माण गरिने स्थल निरीक्षण गरेका छन् । नगर प्रमुख तामाङका अनुसार एक साता भित्र ग्रामको पूर्वाधार निर्माण गर्न बोलपत्र आह्वान गरिने छ ।
    स्थलगत निरीक्षण पछि प्राविधिकसहितको टोलीले निर्माणाधिन औद्योगिक ग्राममा कृषि उत्पादन प्रशोधन उद्योग, डेरी उद्योग, जडिबुटी प्रशोधन उद्योग, काठ तथा बाँस बाट बन्ने उत्पादनमुलक उद्योग, खानी तथा खनिजमा आधारित उद्योग सञ्चालन गर्न सकिने जनाएको छ ।
    त्यस्तै औद्योगिक ग्राममा पानी प्रशोधन उद्योग, विभिन्न प्रकारका मेसिन तथा मेसिनरी उद्योग, प्राविधिक, सीपमूलक कार्यमा आधारित सामग्री उद्योग, सफ्टवेयर सामग्री उत्पादन, स्थानीयहरूको मागमा आधारित अन्य उद्योग रहने जनाईएको छ ।

    ‘मूख्यतः स्थानीय स्तरमा उपलब्ध हुो कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ र खेर गएका वस्तु प्रयोग गरी उत्पादन गरिने उद्योगलाई प्राथमिकता दिईने छ’, इन्जिनियर बद्रीनारायण भुजेलले भने– ‘यो सिन्धुपाल्चोककै पहिलो औद्योगिक ग्राम हुने हुँदा हामीले विशेष ध्यान दिईरहेका छौं ।’ उद्योग सञ्चालनको लागि महिला उद्यमी वा ३० वर्ष भन्दा कम उमेरका युवा उद्यमीलाई पहिलो प्राथमिकता दिईने उनले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम


  • ग्लोबल अपडेटथप

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution