• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० मंसिर १९, मंगलबार | Tuesday, 05, Dec, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १मेलमिलाप सम्बन्धी तालिम सुरु
  • २तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र
  • ३जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता
  • ४टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी
  • ५नेपानेमा बेवारिसे भरुवा बन्दुक फेला
  • ६सिन्धुपाल्चोक ७ पालिकाले तिरेनन् विद्युत महसुल 
  • ७१४औं वर्षमा मैत्री बचत तथा ऋण सहकारी, विद्यार्थी र बचतकर्तालाई सम्मान
  • ८मालिकादेवी कप फुटबल प्रतियोगिता सुरु

‘पत्रकारिता लोकतन्त्रको खम्बा हो’ सभामुख

स्मृति दंगालप्रकाशित मिति: २०७८ बैशाख ९, बिहिबार (२ साल अघि)
  • ९४६ पाठक संख्या
  • IMG_20210422_151055
    पदभार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटा

    चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताएका छन् । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको ११औं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाण–पत्र वितरण एवम् पदभार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारिताकै कारण लोकतन्त्र यो अवस्थासम्म आएको बताए ।

    ‘पत्रकारिता कठिन पेशा हो, कठिनतम् काम गर्दा नै सफलताको उच्चतम बिन्दूमा पुग्न सकिन्छ’, उनले भने– ‘विश्वनियता र तथ्यपरकता र बस्तुवादीतालाई ख्याल गर्दा पत्रकारिता क्षेत्र सदैव उँचो हुन्छ ।’ अहिलेको साझा विन्दू लोकतन्त्र भएको भन्दै त्यसको विकास, विस्तार सुदृढिकरणको लागि पत्रकारहरु निरन्तर लाग्नुपर्ने भन्दै सापकोटाले जनताका भावना, दुःख, दर्द, समस्याहरुलाई उजागर गर्न आग्रह गरे । जनताको आवाज, दर्दलाई नउठाए उनीहरुमाथी घात हुने सापकोटाले बताए ।

    पत्रकारहरुप्रति सधैं श्रद्धाले शीर झुक्ने भन्दै उनले २०६२/०६३ मा राजनैतिक दलहरु एकप्रकारको अर्कमण्यतातिर गईरहेको समयमा पत्रकारहरुले लोकतन्त्रको पक्षमा अगुवाई गरी विगुल फुकेको स्मरण गरे । ‘पत्रकारहरुले फुकेको विगुलपछि मात्रै राजनीतिले सफलता प्राप्त गर्न सफल भयो’, उनले भने– ‘विगतका गौरवपूर्ण संघर्षलाई स्मरण गर्दै खोज, अनुसन्धान, असाधारण मेहनत र परिश्रम ग¥यौं भने वास्तवमा धेरै उन्नती र प्रगति गर्न सक्छौं ।’

    प्राकृतिक स्रोत साधनले सिन्धुपाल्चोक भाग्यमानी रहेको बताउँदै यसको विकासमा लाग्ने हो भने जिल्ला समृद्ध हुने सापकोटाले धारणा राखे । ‘ठूला ठूला विपत्तिको विरुद्ध लडिरहेको भएपनि हामी विस्तारै समृद्धितिर अगाडि बढिरहेका छौं’, उनले भने– ‘सिन्धुपाल्चोकाकको श्रीबृद्धिको लागि के गर्न सकिन्छ भनेर म निरन्तर लागिरहेको छु ।’ चिनिया राजदूतलाई पटक पटक भेट गरेर नाका पूर्ण सञ्चालनको लागि कुरा गरेको भन्दै सभामुख सापकोटाले आफू सदैव विकासको पक्षमा रहेका बताए ।

    राजनीतिक पार्टीहरुलेनै लोकतन्त्रलाई सुद्रिढिकरण गर्ने जनाउँदै उनले सबैभन्दा माथि बस्नेले ऐन कानुन मान्नुपर्ने तर्क गरे । ‘उच्च ओहोदाका व्यक्तिदेखि स्थानीय जनप्रतिनिधिसम्मले प्रथमतः ऐन कानुनको पूर्ण पालना गर्नुपर्छ’, उनले भने– ‘त्यसपछि जनताले त्यसको सिको गर्नेछन् ।’ तर अहिले यस्तो नभईरहेको बताउँदै देश, जनता र जिम्मेवारी प्रति सबै सचेत रहनुपर्ने बताए । सभामुख सापकोटाले कोभिडको उच्च संकट निम्तिएको भन्दै त्यसतर्फ पनि सचेत रहन आग्रह गरे ।

    कार्यक्रममा ११औं जिल्ला अधिवेशनबाट निर्वाचित २५ जनालाई प्रमाणपत्र र १०औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई धन्यवाद पत्र प्रदान गरिएको थियो । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष जीवन श्रेष्ठले पत्रकारको हक हितको लागि आगामी तीन वर्ष आफ्नो कार्यसमिति कटिबद्ध रहने बताए ।

    निवर्तमान सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सांसद निमा लामा, नेकपा (माओवादी केन्द्र) का युवा नेता माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, पूर्व सांसद कृष्णराज श्रेष्ठलगायतले निर्वाचित नयाँ कार्यसमितिलाई बधाई एवम् शुभकामना दिएका थिए ।

  • पत्रकारद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मेलमिलाप सम्बन्धी तालिम सुरु

  • तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र

  • जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता

  • टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी


  • ग्लोबल अपडेटथप

    मेलमिलाप सम्बन्धी तालिम सुरु

    Melmilap Pro

    तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र

    Tekwando

    जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता

    Dance

    टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी

    Table tenis
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution