चौतारा । सुनकोशी गाउँपालिका– ७ का समाजसेवी नरेश कार्कीले आफ्नो जन्मदिनको अवसरमा बृद्धबृद्धालाई सहयोग गरेका छन् ।
चौतारा बृद्धाश्रममा पुगि शुक्रबार कार्कीले १६ हजार ५ सय बराबरको खाद्य सामग्री प्रदान गरेका हुन् । उनले बृद्धबृद्धाहरुलाई चामल, नुन, तेल, दाल, फलफूल, अण्डा, हर्लिक्स, बिस्कुटलगायतका सामग्री प्रदान गरेका हुन् ।
‘शुभअवसरमा बृद्धबृद्धाहरुलाई केहि हदसम्म भएपनि सहयोग मिलोस् भनेर सामग्री वितरण गरेको हुँ’, कार्कीले भने । बृद्धाश्रमका उपाध्यक्ष सुभद्रा श्रेष्ठलाई उनले सामग्री हस्तान्तरण गरेका थिए । बृद्धाश्रममा हाल ७ जना बृद्धबृद्धाहरु रहँदै आएका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ