• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ भाद्र ३०, सोमबार | Monday, 15, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

६ करोडमा बुद्धपार्क बन्दै, सभामुखले गरे शिलान्यास

सुन्दर शिरीषप्रकाशित मिति: २०७८ बैशाख १३, सोमबार (४ साल अघि)
  • २०३९ पाठक संख्या
  • IMG_0920
    बुद्ध पार्कको शिलान्यास गर्दै सभामुख अग्निप्रसाद सापकोटा ।

    चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा ६ करोड २१ लाख ५३ हजार ७ सय ८८ रुपैंया लागतमा बुद्ध पार्क बन्ने भएको छ ।

    सदरमुकाम चौतारा स्थित भगवति सामुदायिक बन क्षेत्रमा पार्क निर्माण हुन लागेको हो । भ्यू टावर सहित बन्ने बुद्ध पार्कको सोमबार सभामुख अग्निप्रसाद सापकोटाले शिलान्यास गरेका छन् । पार्कको शिलान्यास गर्दै सापकोटाले चौताराको प्रशिद्धिलाई राष्ट्रिय अन्र्तराष्ट्रियकरण गर्न यसले मद्दत पु¥याउने बताए । ‘चौताराको आफ्नो छुट्टै पहिचान छ, सौन्दर्यता छ’, त्यसलाई थप निखारता यो बुद्ध पार्कले ल्याउनेछ ।’ पार्कमा बहुआयामिक क्षेत्र समेटिने भएका कारण पनि थप आकर्षण रहने उनले बताए ।

    बुद्ध पार्कभित्र भ्यू टावरसहित ६५ फीट अग्लो बुद्धको प्रतिमा राखिने जनाईएको छ । पार्क पुग्नको लागि दारेगौंडाको फेदीबाट सिँढी निर्माण सुरु गरिएको छ । १ हजार सिँढी पार गरेर पार्क पुग्दा छुट्टै आनन्द आउने बागमती प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

    ‘बुद्ध पार्कको शिलान्यासपछि निर्माणबद्ध विकासको योजना सुरुवात भएको छ’, दुलालले भने– ‘चौताराको विकासले जिल्लाकै विकासको प्रतिनिधित्व गर्ने भएकोले पनि यसको विशेष महत्व छ ।’ सदरमुकाम र आसपासको क्षेत्रको आर्थिक उपार्जनमा टेवा पु¥याउने उद्देश्यले नयाँ पर्यटकीय गन्तव्य निर्माण हुनु स्वागतयोग्य भएको बताउँदै दुलालले बागमती प्रदेशको मानव विकास सूचाङ्कमा सिन्धुपाल्चोक १२औं नम्बरमा परेको कारण विकासका ठूला योजना ल्याउनुपर्ने बताए । त्यसको लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको उनको भनाई छ ।

    पार्कको निर्माण २०७९ जेठ २२ गतेसम्ममा सक्ने लक्ष्य लिईएको छ । पार्क निर्माणको ठेक्का निर्माण व्यवसायी उमा काली प्रसिन जेभी काठमाण्डौ पाएको छ । २०७८ वैसाख १० गते पार्क निर्माणको ठेक्का सम्झौता गरिएको थियो । पार्कमा वाल उद्यान, योगास्थल, शैचालयलगायतको संरचना निर्माण हुने जनाईएको छ ।

    पर्यटकीय दृष्टिकोणबाट चौतारा साँगाचोकगढी नगरपालिका अब्बल बन्दै गईरहेको जनाउँदै नगर प्रमुख अमानसिं तामाङले बुद्ध पार्कले थप ईंटा थप्ने बताए । ‘यहाँका नागरिकलाई जीवनस्तरलाई गुणस्तरीय बनाउनु मूख्य उद्देश्य हो’, नगर प्रमुख तामाङले भने– ‘आम्दानीको स्रोत बढाउँदै आन्तरिक र बाह्य पर्यटकलाई भित्राउन बुद्ध पार्कले टेवा पु¥याउने हाम्रो विश्वास छ ।’ शिलान्यास समारोहमा नगर उपप्रमुख जानुका पराजुलीले आगामी वर्षमा पार्क निर्माण सक्न नगरपालिकाले दृढ भएर लाग्ने बताईन । ‘यो नगरकै महत्वको योजना हो, त्यसकारण समयमै सक्नको लागि हामी निरन्तर लाग्नेछौं’, उनले भनिन् ।

     

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution