• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

जनप्रतिनिधिले लगाए बलेफी गाउँपालिकामा ताला (भीडियोसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ बैशाख १५, बुधबार (५ साल अघि)
  • १५१० पाठक संख्या
  • IMG_20210428_150944
    पालिका कार्यालयमा ताला लगाउँदै ।

    ‘गाउँपालिका पार्टी कार्यलय हो ?’ वडा अध्यक्ष

    बलेफी । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा जनप्रतिनिधिलेनै ताला लगाएका छन् । वडा कार्यालय भवन निर्माणको लागि दुईवटा उपभोक्ता समिति बनेपछि बलेफीमा रहेको पालिका कार्यालयमा ताला लगाइएकाे हो ।

    वडा नम्बर २ का अध्यक्ष छविलाल न्यौपानेको नेतृत्वमा गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । सो वडाको कार्यालय भवन निर्माण गर्नको लागि वडाध्यक्षको रोहबरमा उपभोक्ता समिति निर्माण गरिएको थियो । सो समितिमा आफू निकटको व्यक्ति नपरेको भन्दै गाँउपालिकाले उपाध्यक्षको रोहबरमा बन्द कोठामा बसी अर्को समिति निर्माण गरेपछि विवाद शुरु भएको थियो । वडाअध्यक्ष न्यौपाने नेतृत्वको टोलीले पालिका परिषरमा कालो झण्डा देखाउँदै अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगाएतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । लामो समयदेखि विवाद भएपछि बुधबार उनीहरुले गाँउपालिकाको कार्यालयमा ताला लगाएका हुन् ।

    वडा अध्यक्ष न्यौपानेले पालिका कार्यालयलाई एमालेको पार्टी कार्यालय बनाई आफू अनुकुलको अर्को समिति बनाएको आरोप लगाए । ‘गाउँपालिका कार्यालय पार्टी कार्यालय हो ?’, उनले प्रश्न गर्दै भने– ‘हामीले राज्यले नीति अनुसार हामी समिति बनाएका थियौं, अध्यक्षले उहाँको पार्टीको मान्छे समितिमा नरहेको भन्दै कुनै सल्लाह वेगर जनप्रतिनिधिले गरेको कामको बिरुद्ध अर्कै समिति बनाउन मिल्छ ?’ न्यौपानेले गैरकानुन विपरित आपूmले काम गरेको भए जे सँजाय पनि भोग्न तयार रहेको बताए ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ (२) अनुसार वडामा परेका योजनाहरुमा वडाध्यक्षकै रोहबरमा उपभोक्ता समिति गठन गर्ने प्रावधान छ । तर सो व्यवस्थाको मर्म विपरित वडाअध्यक्ष र कार्यसमितिलाई जानकारी नगराई गाउँपालिकाले हस्तक्षप गरेको वडाध्यक्ष न्यौपानेले बताए । ‘हामीले निर्माण गरेको समितिमा उनीहरुको मान्छे नपरेपछि गाँउपालिकाले बजेट नै फ्रिज गराउनेसम्मको योजना बनाएको थाहा पाएका छौं,’ वडाध्यक्ष न्यौपानेले भने– ‘हामीले सर्वपक्षीय भेला गरेर समिति निर्माण गरेका हौं ।’ समिति निर्माण गर्दा आफुले कुनै पूर्वाग्रह नराखेको उनले बताए ।

    वडाले बनाएको कृष्णबहादुर थापाको समितिलाई पन्छाएर पालिका अध्यक्षको नेतृत्वमा कुलदीप थापालाई अध्यक्ष बनाईएको अध्यक्ष न्यौपानेले बताए । ‘उहाँहरुले मनलाग्दी तरिकाले समिति बनाएर पठाएपछि हामी आन्दोलन गर्न बाध्यक्ष भएका हौं’, न्यौपानेले भने– ‘यस्ता गलत क्रियाकलाप पालिका नेतृत्व नसच्याएसम्म पालिकामा लागेको ताला र आन्दोलन रोकिने छैन ।’ वडा कार्यालय भवन ठेक्का प्रकृयाबाट गरिनुपर्ने, वडा अध्यक्षलाई आफ्नो काम गर्न दिईनुपर्ने, पालिकालाई पार्टी कार्यालय बनाईन नहुने लगायतको माग आपूmहरुको रहेको उनले बताए ।

    पालिकाले गरेको ज्यादतिबिरुद्ध संघर्ष गर्नु परेको तालाबन्दी आन्दोलनमा सहभागि नेविसंघ सिन्धुपाल्चोकका सचिव निरजकुमार भण्डारीले बताए । ‘फरक राजनीतिक आस्था राखेकै भरमा जनप्रतिनिधिहरुलाई अत्याचार गरिएको देखियो’, उनले भने– ‘यो सरासर गलत प्रवृत्ति हो, यसले समाजलाई गलत बाटोतर्फ लैजान्छ । पालिका अध्यक्षले यो कुरा बुझ्नुपर्दछ ।’ पालिकाले गरेको गलत कदमलाई नसच्याए आन्दोलनलाई थप सशक्त बनाईने उनले जनाए ।

    वडा कार्यालय भवन बनाउन ४५ लाख बजेट विनियोजन भएको छ । जसमध्ये वडाले २० लाख, प्रदेश सरकारले १० लाख र संघीय सरकारले १५ लाख बजेट छुट्याएको हो । भवन निर्माण समितिमा आफ्ना कार्यकर्ता नपरेपछि पालिका अध्यक्षले ठाडो निर्देशन दिई अर्को समिति बनाएको एक स्थानीयले बताए ।

    तालाबन्दी पछि बलेफी गाउँपालिका– २ का वडा अध्यक्षले के भने ? हेर्नुस् भीडियोः

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution