• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

बहुप्राविधिक महाविद्यालयको भवन निर्माण हुने

स्मृति दंगालप्रकाशित मिति: २०७८ बैशाख १७, शुक्रबार (५ साल अघि)
  • १७३५ पाठक संख्या
  • 29
    दिनेश–रामजी बहुप्राविधिक महाविद्यालय भवनको नक्सा ।

    चौतारा । सिन्धुपाल्चोकको चौतारास्थित छाप आहालडाँडामा दिनेश–रामजी बहुप्राविधिक महाविद्यालयको भवन निर्माण हुने भएको छ ।

    बहुप्राविधिक महाविद्यालय निर्माणका लागि सामुदायिक वनको करिब १८ रोपनी क्षेत्रफल नेपाल सरकारबाट प्राप्त भएपछि भवन निर्माणको प्रक्रिया शुरु भएको हो । भवन निर्माणका लागि सोवण निर्माण सेवा कम्पनीसँग हालै ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा रु १० करोड ९३ लाखको लागतमा बाइस महिनाभित्र निर्माण सम्पन्न हुने तीन वटा भवनमा १२ कक्षाकोठा, कम्प्युटर कोठा र कर्मचारी कोठा हुने वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन एकाइले जनाएको छ ।

    सम्झौता अनुसार ५ सय मिटर पहुँचमार्गसमेत निर्माण गर्नुपर्ने एकाइका इन्जिनीयर राजन श्रेष्ठले बताए। उनका अनुसार बहुवर्षीय योजनाअन्र्तगत महाविद्यायको सम्पूर्ण संरचना निर्माणका लागि रु एक अर्ब ३४ करोड ६१ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

    बास्केटबल र भलिबल खेलमैदान, तारबार घेराबन्दी, पाहुना घर, छात्रावास भवन, कर्मचारी आवास गृह, चमेना गृह, पुस्तकालय तथा व्यापारिक भवनसमेत निर्माण गरिने योजना रहेको बताइएको छ ।

    योद्धाको नाममा प्राविधिक शिक्षालय

    बहुप्राविधिक शिक्षालय १० वर्षे सशस्त्र विद्रोहमा मारिएका कमल शर्मा (दिनेश) र गोविन्द शर्मा(रामजी)को नामबाट स्थापना भएको हो । २०६१ सालमा सिराहाको बन्दीपुरमा भएको भिडन्तमा दुवैको निधन भएको थियो । दिनेश त्यतिबेला बटालियन कमान्डर थिए भने रामजी कमिसार थिए । १० वर्षै युद्धमा सिन्धुपाल्चोकबाट माओवादीमा सहभागी भएकामध्ये सबैभन्दा उपल्लो पदमा पुगेर मृत्यु हुनेमा ती दुई जना थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution