• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

संक्रमित बढेको बढ्यै, बल्ल आइसोलेशनको तयारी

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ बैशाख २१, मंगलबार (५ साल अघि)
  • १११५ पाठक संख्या
  • SS
    जिल्ला समन्वय समितिमा आइसोलेशन वार्ड निर्माण गरिदै ।

    चौतारा । कोरोना महामारी तीव्र गतिमा विस्तार भएसँगै त्यसको न्यूनिकरणको लागि पहल नहुँदा महामारीविरुद्धको लडाईं कठीन देखिएको छ ।

    स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा दोस्रो चरणको कोभिड– १९ बाट १ सय ११ जना संक्रमित भएका छन् । संक्रमण बढेपनि स्थानीय सरकारले आवश्यक पहल नगरेका कारण झन् संक्रमित बढ्दै गएका छन् । पछिल्लो चरण मात्रै जिल्लाका केहि पालिकाहरुले आइसोलेशन वार्ड निर्माणको सुरुवात गरेका छन् ।

    जुगल गाउँपालिका र बलेफी गाउँपालिकाले संयुक्त रुपमा आईसोलेशन वार्ड बनाउने तयारी गरेका छन् । रत्नराज्य मावी चनौटेमा २० शैयाको अस्थाई उपचार केन्द्र निर्माण गर्ने जनाईएको छ । सोमबार बलेफी गाउँपालिकाको कार्यलयमा बसेको गाउँपालिका अध्यक्ष स्तरीय संयुक्त बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै २० शैयाको अक्सिजनसहितको अस्थायी आइसोलेशन, ५० शैयाको सामान्य आईसोलेशन केन्द्र रत्नराज्य माध्यामिक विद्यालयको आवासीय भवन चनौटेमा सञ्चलान गर्ने निर्णय गरेको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । बैठकले सामुहिक क्वारेन्टाइन सञ्चालन नगर्ने, बाहिरवाट आएका र सम्भावित संक्रमितहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर कडाईका साथ होम क्वारेन्टाइनमा बस्न सुचित गर्ने निर्णय गरेको जुगल गाउँ पालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै जिल्ला समन्वय समितिको पुरानो भवनमा ९ वेडको आइसोलेशन वार्ड सञ्चालनमा ल्याउने गरी तयार गरिएको छ । सो आइसोलेशन वार्डमा अक्सिजन सहितको व्यवस्था हुने भएको छ । सिन्धुपाल्चोकको चौतारामा २६ वेडको आइसोलेशन वार्ड तयार भईसकेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले फिल्ड ट्रेनिङ सेन्टर रहेको भवनमा १२ वेडको आइसोलेशन र चौतारा अस्पतालमा ५ वेडको आइसोलेशन वार्ड यस अघिनै तयार गरिसकेको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङले जानकारी दिए ।

    जिल्लाको अन्य पालिकामा पनि आइसोलेशन कक्षको तयारी गरिदै छ । कम्तीमा पनि सिन्धुपाल्चोकका साविकको तिनै क्षेत्रमा रहेका अस्पतालमा केही संख्यामा भएपनि सबै सुविधा भएको आइसीयु बेड स्थापना गर्न नागरिक समाजले अनुरोध गरेको छ । भेन्टीलेटरको सुविधा भएमा विरामिले बाटोमै ज्यान गुमाउने सम्भावना कम हुने उनीहरुको भनाई छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution