• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

बाढीपहिरो पीडितलाई तीन किस्तामा अनुदान दिईने

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • ९६६ पाठक संख्या
  • 099
    फाईल तस्विर

    चौतारा । अघिल्लो वर्षको मनसुनमा बाढी तथा पहिरोका कारण आवासविहिन भएकालाई सरकारले आवास पुनर्निर्माणमा सहयोग गर्ने प्रक्रिया अघि बढेको छ ।

    संघीय सरकारले राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणलाई पहिलो चरणमा २० करोड उपलब्ध गराएपछि प्राधिकरणले आवास पुननिर्माणको काम अघि बढाएको जनाएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम पठाउन शुरु गरिएको प्राधिकरणले जनाएको छ ।

    प्राधिरणका अनुसार पुननिर्माण वा पुनस्र्थापना अनुदानस्वरुप हिमाली जिल्लामा ५ लाख रुपैयाँ ३ किस्तामा उपलब्ध गराइने छ । जसमा पहिलो किस्ता स्वरुप ५० हजार, दोस्रो किस्तामा २ लाख र तेस्रो तथा अन्तिम किस्तमा १ लाख ५० हजार उपलब्ध गराइने छ । पहाडी जिल्लामा पुननिर्माण वा पुनस्र्थापना अनुदान ४ लाख रुपैयाँ ३ किस्तामा नै उपलब्ध गराइने छ । जसमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा २ लाख र तेस्रो तथा अन्तिम किस्तामा १ लाख ५० हजार उपलब्ध गराइने छ । तराईका जिल्लामा पुननिर्माण वा पुनस्र्थापना अनुदानका लागि ३ लाख ३ किस्तामा उपलब्ध गराइने छ । जसमा पहिलो किस्ता स्वरुप ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र अन्तिम किस्तामा १ लाख उपलब्ध गराइने छ ।

    प्राधिकरणले घडेरी नहुनेलाई बढीमा ३ लाखसम्म उपलब्ध गराउने छ । यस्तै अस्थायी अवास निर्माणका लागि ५० हजार अनुदान दिनेछ । यसलाई भने दुई किस्तामा रकम उपलब्ध गराइने छ । जसमा पहिलो किस्तामा २५ हजार र दोस्रो तथा अन्तिम किस्तामा २५ हजार नै उपलब्ध गराइने छ ।

    यस्तै मर्मत तथा प्रवलीकरण अनुदान स्वरुप ५० हजार उपलब्ध गराइने छ । यो रकम भने काम सम्पन्न गरिसकेपछि मात्र उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । गत वर्ष बाढी र पहिरोबाट सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित बनेको थियो । गत वर्ष लगातारको वर्षाले सिन्धुपाल्चोकका जम्बु, खागदल, लिदी, नागपुजेलगायतका क्षेत्रमा पहिरोबाट ठूलो जनधनको क्षती भएको थियोे । त्यसपछी सभामुख अग्निप्रसाद सापकोटाको बिशेष पहलमा सिन्धुपाल्चोक जिल्लालाई सरकारले बिपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

    बाढी पहिरोबाट ठूलो क्षति भएपछि गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा गत पुष २६ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७’ स्वीकृत गरेको थियो । प्राधिकरणको प्रारम्भिक विवरण अनुसार देशभर गत वर्षको मनसुनको बाढी पहिरोले २ हजार ८ सय २१ घर परिवारलाई घरबार विहिन बनाएको छ । तर यसमध्ये पनि वास्तविक घरबार विहिन हुनेलाई जिल्ला स्तरीय विपद् व्यवस्थापन समिति निर्णय गरेर अनुदान वितरण गरिने छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution