• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ ४, बिहिबार | Thursday, 18, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

तीन दिने खोज पत्रकारिता तालिम सम्पन्न

स्मृति दंगालप्रकाशित मिति: २०७८ बैशाख २१, मंगलबार (५ साल अघि)
  • १५७३ पाठक संख्या
  • IMG_20210503_161425
    तालिम समापनपछि लिईएको तस्वीर ।

    चौतारा । पत्रकारहरुलाई खोजी समाचार लेख्न सिकाउने उद्देश्यले आयोजना गरिएको आधारभूत खोजपत्रकारिता तालिम सम्पन्न भएको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ५ स्थित होटल जुगल इनमा भएको सो तालिम वैशाख १९ बाट सञ्चालन भएको थियो । शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.ले आयोजना गरिएको सो तालिमलाई चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग गरेको हो ।

    तीन दिनसम्म चलेको तालिममा आफूले पत्रकारिताको क्षेत्रमा पहिचानजनित खोज पत्रकारिताको बारे स्पष्ट हुन सकेको सहभागि चौतारा साँगाचोकगढी नगरपालिका– ८ की सुमित्रा श्रेष्ठले बताईन् । ‘खोज पत्रकारिता त छँदै छ, त्यो मध्ये पनि पहिचानजनित खोज पत्रकारिता आवश्यक छ’, उनले भनिन्– ‘हामीले खोजेकै विषय सिक्न पाएकाले उत्साह बढेको छ ।’

    आधारभूत पत्रकारिता, पत्रकारिताको सामान्य सिद्धान्तदेखि समाचार लेखन, खोज पत्रकारिता र पहिचानजनित खोज पत्रकारिताको बारेमा कार्यशाला सञ्चालन गरी छलफलको माध्ययबाट तालिम सञ्चालन गरिएको तालिमका मूख्य प्रशिक्षक एवम् नेपाल पत्रकार महासंघ केन्द्रिय परिषद् सदस्य ज्ञानेन्द्रप्रसाद तिमल्सिनाले बताए ।

    तालिम अन्र्तगत समाचार लेखन कार्यशालामा उत्कृष्ट समाचार लेखेका ३ जनालाई पुरस्कृत समेत गरिएको थियो । उत्कृष्ट समाचार लेखन पुरस्कारबाट कृतिका महत, मेहनती समाचार लेखन पुरस्कारबाट रमेश श्रेष्ठ र सक्रिय समाचार लेखन पुरस्कारबाट सुमनी श्रेष्ठलाई पुरस्कृत गरिएको शब्दालयका अध्यक्ष सुन्दर शिरीषले जानकारी दिए । तीन सदसीय मूल्याङ्कन टोलीले प्रशिक्षार्थीहरुको समाचारलाई मूल्याङ्कन गरी उत्कृष्ट छनौट गरेको थियो ।

    तालिमको उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै  चौतारा साँगाचोकगढी नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक एवम् वडा नं. १३ का वडा अध्यक्ष रामप्रसाद गौतमले पत्रकारितामार्फत समाजको ससाना विषयलाई उजागर गर्नुपर्ने जोड दिएका थिए । ‘पत्रकारिता समाजको ऐना भएको कारण सबैखालका समाचार आउनस पर्दछ’, गौतमले भने– ‘अझ खोज पत्रकारिताले त समाजका ससाना विषयवस्तुहरुलाई समेत सञ्चारमाध्यममा ल्याउनु पर्दछ ।’

    सो तालिमको उद्घाटन सत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यपालिका सदस्य सागर परियार, वरिष्ठ पत्रकार सुरेश कसजू, विद्यार्थी नेता मिलन लामा लगायतले शुभकामना प्रदान गरेका थिए । तालिम स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution