• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २१, शनिबार | Saturday, 05, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

‘नेता कार्यकर्ता सच्चिन जरुरी छ’ पासाङ नोर्वु शेर्पा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ बैशाख २६, आईतबार (४ साल अघि)
  • ३०१४ पाठक संख्या
  • Domy copy
    ‍‍‍

    नेपाली कांग्रेसका एक होनाहार युवा नेता हुन् पासाङ नोर्वु शेर्पा । वि.सं. २०४२ वैशाख ४ गते बुबा दावा ग्याल्जेन तामाड र आमा छाएसाङ तामाङको कोखबाट भोटेकोशी– ५, सिन्धुपाल्चोकमा जन्मिएका उनी सामाजिक, व्यापारिक र राजनीतिक रुपमा सक्रिय हुँदै आएका छन् ।

    नेपाली कांग्रेसको भातृ संगठन तरुण विभागको केन्द्रीय सदस्य एवम् विदेश समन्वय संयोजक समेत रहेका उनी सामान्य किसान परिवारमा हुर्केका हुन् । उसो त उनी राजनीतिको सुरुवातमा माओवादीसँग नजिक रहे । जनयुद्ध समेत लडे । कालान्तरमा कम्युनिष्ट आचरणबाट रुष्ट भएका उनी कांग्रेसको विचारसँग सहमत हुन पुगे । कांग्रेसको साधारण सदस्यबाट प्रजातान्त्रिक राजनीतिमा होमिएका उनी आफू लोकतन्त्रमा विश्वास राख्ने भएका कारण देश, जनता र पार्टीको सेवामा सदैव कटिबद्ध रहने सुनाउँछन् । नेपाली जनताले दुई तिहाई मत दिएर कम्युनिष्टहरुलाई सत्तामा पुर्याए तर देश र जनताको लागि केही नगरेको उनको भनाई छ ।

    प्रस्तुत छ उनै शेर्पासँग अहिलेको राजनीतिक पेरिफेरिमा रहेर गरिएको सम्पादित अंशः

    ♦ तपाईंको राजनीतिक यात्रा कसरी सुरु भयो ?

    म जन्मेको जिल्ला र मेरो गाउँमा तत्कालिन माओवादीको जगजगि थियो । सोहिबेला बाध्य भएर २०५८ सालदेखि माओवादीमा लागें । मेरो दाई त विस्थापित नै हुनुभयो । मलाई सेनाले यातना दियो, हिरासतमा राख्यो । हाम्रो घर समेत भत्काईदियो । त्यसरी म माओवादीमा सक्रिय हुँदै माओवादी सेनाको क्यान्टिनमा लामो समय बसें । राजनीतिक रुपमा धेरै कुराहरु पनि सिकियो । जब माओवादीहरु शान्ति प्रक्रियामा आए उनीहरुको रवैया राम्रो लागेन । जब प्रचण्ड प्रधानमन्त्री भए, उनले हिजो के गर्छु भनेका थिए र के गरे हामी सबैले देख्यौं । त्यसरी त्यस पार्टीमा बस्न मन लागेन । विचार, सिद्धान्त अनुसार चलेनन्, कार्यशैली पनि मन परेन । त्यसपछि म त राजनीतिक नसा लागिसकेको मान्छे । राजनीति भन्दा टाढा बस्ने कुरा पनि आएन । त्यसरी ०६४ मा नेपाली कांग्रेसमा प्रवेश गरें । त्यसयता नेपाली कांग्रेससँगै छु ।

    ♦ जनयुद्ध पनि लड्नु भएछ, अहिले के को लागि लडियोजस्तो लाग्छ ?

    उनीहरु युग परिवर्तन गर्न लडेको भन्थे । जातपात केही होईन भन्थे । विभेद हटाउने र विकास निर्माणको धेरै कुरा हुन्थ्यो । म आफैं पनि भौगोलिक हिसाबले कमजोर ठाउँमा हुर्के बढेको मान्छे । जुन एजेन्डाले मलाई पनि तान्यो र आशा पनि लागेको थियो । तर जनयुद्धमा जसरि लागिएको थियो, शान्ति प्रक्रियामा आएपछि ती एजेण्डालाई नेताहरुले बिर्से । राजतन्त्रको अन्त्य गर्दै संघीय गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्था आयो । यसलाई एउटा युग परिवर्तनको रुपमा लिनै पर्छ ।

    ♦ तपाईं त कम्युष्ट आन्दोलनसँग नजिक भएको मान्छे, नेपाली कांग्रेसमा चाहिँ कसरी लाग्नुभयो ?
    म बाध्यतामा माओवादीमा लागेको मान्छे । विचार सिद्धान्त सबैका राम्रा हुन्छन् । माओवादीको राम्रो थियो । तर पात्र र क्रियाकलाप राम्रा भएनन् । त्यसरी मलाई माओवादी पार्टी मन परेन । आखिर भयो पनि त्यस्तै । त्यहि कारणले आज कमजोर अवस्थमा पुगिरहेको छ । भोटेकोशी गाउँपालिका यसै पनि माओवादी जगजगी थियो र छ । अहिले पनि हाम्रो पोल्टाबाट अन्त नजाओस् भन्ने छ । तर हामी मिहेनत गरिरहेका छौं । कांग्रेसको विचार सिद्धान्त बाँढ्ने र विकास निर्माणका कामहरु गरिरहेका छौं । अमृत बुढाथोकी (तरुण दल), रामकुमार थापा (सुनकोशी– ६ का अध्यक्ष) र यता केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीहरु मोहनबहादुर बस्नेत, शंकर भण्डारी लगायतको प्रेरणा र आग्रहमा कांग्रेस प्रवेश गरेको हुँ । पछि त कांग्रेसका संस्थापक नेताहरुलाई बुझ्ने अवसर पाएँ, कितावहरु पढें, झन प्रभावित भएँ । यसरी पार्टीमा तन, मन, धन सहित लागिरहेको छु ।

    ♦ सिन्धुपाल्चोक त नैतै नेताको जिल्ला, प्रदेशदेखि संघमा समेत मन्त्री भएका छन् । सभामुख पनि त्यहिँबाट छन्, विकास निर्माणचाहिँ कत्तिको भएको पाउनुभएको छ ?

    तपाईंले राम्रो प्रश्न गर्नुभयो । जिल्लाले सभामुखदेखि मन्त्रीसम्म पाउनु गौरव र राम्रो कुरा हो । भलै पार्टी फरक परेतापनि । तर काम के–के भए भन्दा लाज लागेर आउँछ । सिन्को भाँचिएको छैन । आज सिन्धुपाल्चोकमा जति विकास भईरहेका छन् त्यो कांग्रेस नेतृत्वले गरेका काम गरेको छ । हाम्रो पार्टीका नेता पूर्वमन्त्री मोहनबहादुर बस्नेतले धेरै विकास निर्माणको काम गर्नुभएको छ । कति कामहरु प्रक्रियामा रहेका छन् । कम्युनिष्टका नेताहरु पटक–पटक सरकारमा गएको भएपनि सम्झन लायक कामहरु खासै भएका छैनन् ।

    ♦ तपाईंको अनुसार काम गर्ने तपाईंहरु अनि चुनावचाहिँ अर्को पार्टीले जित्ने ? त्यस्तो पनि हुन्छ र ?

    वास्तवमा त्यही भईरहेको छ । ठुल्ठूला विकास निर्माणको काम कांग्रेस नेतृत्वले गर्दै आएको छ । सिन्धुपाल्चोकलाई बनाउने पूरै रोडम्याप हाम्रै हो । अर्को सिन्धुपाल्चोकमा दैवी प्रकोप लगायत रोगभोकमा समेत हामीले जनताको हितमा काम गर्दै आएका छौं । सिन्धुपाल्चोकका विभिन्न बाढी पहिरोमा राहत वितरण निरन्तर गर्दै आएका छौं । कोरोनामा हामीले स्वास्थ्य सामग्री बाढ्नेदेखि लिएर जनताको सुख, दुःख र हरेक क्रियाकलापमा सक्रिय हुँदै आएका छौं । बरु कम्युनिष्ट नेताहरुले हामीले बाँडेको सामग्री नबाड्न दबाब दिए । पहिरोमा अस्पतालमा उपचार गरिएको खर्च सात लाखसम्म मैले तिरेको छु तर राज्यले तिरेन । कम्युनिष्ट नेताहरु हेलिकप्टर चढेर जानु हुन्छ तर राहत पनि छैन र राहतको घोषणा समेत गर्न सक्नु भएन गर्नुभएन । बाढी पहिरो तथा कोरोनामा परेर टुहुरा भएकाहरुलाई पढाईलेखाई गराउनुको साथै जीवनयापन र लालनपोषण समेत गर्दै आएका छौं । हो हामीले चुनावमा हारेका छौं, जनताले जिताएका पनि छन् । आखिर ५ वर्षमा अर्को चुनाव भईहाल्छ नि । चुनाव हार्नु भनेको सुध्रने मौका पनि हो । पार्टीलाई बलियो बनाउने गरी संगठन गरिरहेका छौं

    ♦ काँग्रेस झन् किन यति धेरै कमजोर भयो ?

    नेपाली काँग्रेसले आफु हारेर पनि संधैं देशलाई जिताउँदै आएको छ । नेपाली काँग्रेस जन्मेदेखि आजसम्म के कति संघर्ष गर्याे तपाई हामी सबैले देखे, सुने बुझेकै छौं । २००७ देखि पञ्चायत फाल्ने आन्दोलनदेखि लिएर दुईवटा जनआन्दोलन हुँदै आज देशमा जुन राजनीतिक परिवर्तन भएको छ, त्यो कांग्रेसको कारणले मात्र सम्भव भएको हो । सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौं । काँग्रेसले देश र जनताका लागि निरन्तर संघर्ष ग¥यो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा हार्दैछौं भन्ने थाहा हुंदाहुदै पनि देशले निकास पाउनुपर्छ भन्ने हेतु सहित गिरिजाप्रसाद कोइरलाले चुनाव गराउनुभयो । यस पटकको चुनावमा पनि हामीले त्यसै ग¥यांै । बल्लतल्ल आएको संविधानलाई कार्यान्वयन र संस्थागत गर्नुपर्ने अवस्था थियो । आज वाम गठबन्धनले दुनियाँ कुरा गरेर संसदमा दुईतिहाई त ल्याए तर देश र जनताका लागि के गरे त ? संविधान कार्यान्वयन कहाँ पुग्यो ? विभिन्न काण्डहरु कहाँ पुग्यो ? सुशासनमा सरकार कहाँ छ ? तर सरकार कानमा तेल हालेर बसेको अवस्था छ । एत्रो कोरोना रोग चलिरहँदा जनताले राहत पाउने भन्दा पनि स्वस्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा गरे । त्यसैले हामी कमजोर छैनौ, चुनावमा हारजित त भईरहन्छ ।

    ♦ कांग्रेस त झन् गुटै गुटमा भासिएको छ नि, तपाईंचाहिँ कुन गुटको ?

    गुट भन्ने कुरा नेपाली कांग्रेसमा मात्र होईन सबै पार्टीमा रहेको छ । कम्युनिष्टमा झन् बढी छ, टुक्रा टुक्रामा विभक्त छन् । म नेपाली कांग्रेसको एक सच्चा सिपाही तथा कार्यकर्ता हुँ । मेरो गुट छैन । मेरो गुट नै जनता हुन् । म जनताको लागि काम गर्छु ।

    ♦ तर कांग्रेसलाई आन्तरिक द्वन्द्वले कहिल्यै छाडेन नि ?

    काँग्रेसभित्रको गुटउपगुटको कुरा उठाउन खोज्नु भएको होला । नेपाली काँग्रेस एक मात्र पुरानो प्रजातान्त्रिक पार्टी हो । यस पार्टीमा सबैलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता सबैमा छ, त्यसैले लोकतन्त्रको लागि आन्दोलनको नेतृत्व ग¥यौं । तर हामी नै अराजक बन्यौ भने यसको फाईदा अरुले लिन्छन्, लिईरहेका छन् । कम्युनिष्ट पार्टीमा जस्तो बोल्नमा बन्देज छैन, हुँदैन । ठूलो पार्टी छ, मनमुटाव हुन्छन्, गुटहरु हुन्छन् । प्रजातन्त्रको सुन्दरता पनि त्यहि हो । आखिर अधिवेशनमा प्यानल हुन्छन्, एउटाले जित्छ, अर्कोले हार्छ । हार्नेले आफ्नो पोजिसन देखाईरहनु ठीकै हालो तर पार्टीलाई घाटा हुने गरी नेताहरु चलिरहँदा आम कार्यकर्ता, शुभचिन्तक, जनता दुःखी हुनु स्वाभाविक हो । त्यसैले आम नेता कार्यकर्ता सच्चिन जरुरी छ । यसमा सवालमा तपाईको प्रश्न ठीकै छ ।

    ♦ सरकारको निरन्तर विरोध मात्र गरिरहेको छ नि कांग्रेसले ?

    विरोधको नाउँमा विरोध गरिरहेका छैनौं । सडक सरकार उहाँहरुकै हातमा रहेको छ । भ्रष्टाचारका विभिन्न प्रकरण आए तर कारवाही भएन । प्रतिपक्षी दलका नेताहरु पनि विभिन्न प्रकरणमा सहभागी भएको कुरा आईरहँदा दुईतिहाईको सरकार छ, छानविन गरे भईहाल्यो नि त । उक्त कुरा हाम्रा नेताहरुले पनि भन्दै आउनु भएको छ । तर उहाँहरु काण्डै काण्डमा अल्मलिरहनु भएको छ । दुई तिहाईको सरकार छ, जनताको पक्षमा धमाधम काम गरेको भए हुने नि तर त्यसो गरेनन् पार्टी भित्रको आन्तरिक द्धन्द्धमा फसिरहनु भयो । उहाँहरुलेझै हामीले संसद अवरोध गर्ने, सडक आन्दोलन गर्ने, रेलिङ भाँच्ने काम त गरेका छैनौ । यस्तो सजिलो प्रतिपक्ष विश्वमा कहि पनि पाईदैन । राम्रा कामको समर्थन, गलत कामको संसदमा आवाज उठाउने काम त गरेका छौं । अहिलेसम्मको अवस्थालाई हेर्दा वाम सरकारको काम राम्रो छैन । त्यसैले हामी निरन्तर संगठन सुदृढिकरणमा केन्द्रित भएर काम गरिरहेका छौं ।

    ♦ नेपाली कांग्रेसले पनि अवसर पाउँदा देशका लागि केही गरेन नि ?

    ल हामीले गल्ती गरेकै कारणले हामी भोट पाएनौ, कम्युनिष्टहरुले दुई तिहाई पाए । के कांग्रेसले जति पनि काम गर्न सकेन । हामीलाई दोष दिएर उम्कने ठाउँ छैन । उहाँहरुको पार्टी भित्रकै आन्तरिक द्वन्द्वले केही गर्न सक्नु भएन जुन कुरा उहाँहरुले नै भन्दै आउनु भएको छ । यो देशमा नेपाली काँग्रेस बिना कुनैपनि आन्दोलन र राजनीतिक परिवर्तन सम्भव भएको छैन । संविधानसभाबाट संविधान ल्याउन समेत नेपाली काँग्रेस नै चाहियो । अहिले कम्युनिष्टले भने जस्तो समृद्धि पनि काँग्रेसबाट मात्र सम्भव छ । उनीहरुलाई संसदीय व्यवस्थामा हाम्रै पार्टीले ल्याएको हो । समाजवाद, बहुलवाद र आर्थिक उदारवादको नीति समेत हाम्रै हो । त्यसैले यो देशमा नेपाली काँग्रेस ठुलो योगदान र संघर्ष गरेको छ । आज गाउँ गाउँमा सडक पुर्वाधार पुगेका छन् । विद्युत, खानेपानी, शिक्षा, सञ्चार, वित्तिय संस्था आदिमा जुन प्रगति भएका छन्, ति सबै नेपाली काँग्रेसकै उदारीकरणको नितीले भएको हो ।

    ♦ सिन्धुपाल्चोकमा कांग्रेसले हार बेहोर्नुको कारण के हो ?

    चुनाव हार्नुको मुख्यतः तिन वटा कारण रहेका छन् । पहिलो वाम गठबन्धन, टिकट वितरण विवाद रहित हुन नसक्नु, अर्का काँग्रेसको एउटा रोग सबैलाई थाहा छ कि पार्टीभित्रकै अन्तरघात । टिकट वितरणमा एकरुपता नहुँदा स्थानीय तह चुनावमा केही कमजोर भएका छौं । प्रदेश अन्तर्गत निर्वाचन क्षेत्र २ ख मा हामीले जितेको अवस्था छ । आगामी दिनमा बलियो रुपमा प्रस्तुत हुन्छौ ।

    ♦ कम्युनिष्टबीच फुट भएपछि त कांग्रेसले नै जित्ने देखिन्छ, तर तपाईंहरु पनि उस्तै त हो नि भन्ने गरिरहेका छन् नि जनताहरु ?

    उहाँहरु फुट्नु र नफुट्नुको हामीलाई मतलव भएन । उहाँहरु मिले, जुटे भईहाल्यो नि । हामीले फुटाएका पनि होईनौं । देशमा रहेका दलहरु फुट्नु राम्रो होईन भन्ने हाम्रो मान्यता रहिआएको छ । उहाँहरु आफ्नै कारणले जुट्ने, फुट्ने काम गर्नु भएको हो । संसद् विघटन भयो– उहाँहरुकै घर झगडाको कारणले । हामी त सवल, सरल प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौं । उहाँहरुको कुनै सैद्धान्तिक र विचारको झगडा थिएन । मात्र पद, पैसा र अवसरको झगडा हो । उहाँहरुको रवैया त जनताले हेरिरहेका छन् । हाम्रो कारणले होईन आफ्नै कारणले उहाँहरु कमजोर हुनुभएको हो । त्यसैले हामीले कुनै पार्टी फुटे जित्ने नफुटे हार्ने अवस्था छैन र त्यस्तो हुने पनि छैन । हाम्रो आफ्नै विचार सिद्धान्त र बलवुत्ताले जित्छौं । र हामीले जितेपछि गर्ने सेवा भनेकै जनताको हो, यसमा दुईमत नै छैन ।

    ♦ क्रियाशील सदस्यता विवाद र पार्टीको अवस्था के छ ?

    पार्टीको क्रियाशील सदस्यता वितरण र नविकरण विवाद टुंगिएको छ । जिल्लामा पार्टीका नेताहरुबीच एकता हुन नसक्दा त्यस्तो अवस्था देखा परेको हो । एकाध चुनावहरुमा पराजित भएपनि हामी कमजोर छैनौं । अहिले हामीले पार्टीलाई एक ढिक्का बनाउनुको साथै संगठन मजबुत बनाउने अभियानमा छौं ।

    ♦ महाधिवेशनमा तपाईंको पनि दाबी रहन्छ कि ?

    मेरो चाहना महाधिवेशन प्रतिनिधि हो । पार्टी भित्र छलफल भईरहेको छ र हुन्छ । अर्को यसमा जिल्ला पार्टीले मेरो आवश्यकता ठान्छ कि ठान्दैन त्यसमा भर पर्दछ । अग्रज नेता, कार्यकर्ता तथा प्रतिनिधिहरुले जे भन्नु हुन्छ म त्यही गर्छु । अहिले नै भन्न सक्ने अवस्था छैन ।

    ♦ अहिलेको राजनीति कसरी हेरिरहनु भएको छ ?

    खासमा नेपाली राजनीति पूरै फोहोरी खेलमा दुबेको छ । कम्युनिष्टहरुले देशलाई वर्वाद बनाईरहेका छन् । अझ संसद विघटन गरेर देशलाई अनिर्णयको भूमरिमा फसाउँदै थिए तर सम्मानित सर्वोच्च अदालतले जोगाईदियो । सर्वहाराको कुरा गरेर जनतालाई गरिब बनाईरहेका छन् । उनीहरुले राजनीतिलाई पद र पैसा कमाउने मेलो मात्र बनाएका छन् । यसको सबै देशभक्तहरुले भण्डाफोर गर्न जरुरी भईसकेको छ । वास्तवमा पुरानो राजनीतिलाई बिश्लेषण गर्ने हो भने अहिलेको राजनीति केही पनि होईन रहेछ । विपीले जस्तो संघर्ष अहिले नेता वा तपाई हामीले गर्न सक्दैनौ । तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरे । त्यस्तो अवस्थामा पनि कहिँ कतै विचलित नभई जीवन पर्यान्त संघर्ष गर्नुभयो । उनैले जन्माएको पार्टी देशको ठूलो प्रजातान्त्रिक पार्टी बनेको छ । त्यस्तो गौरवशाली पार्टीको सिपाही हुन पाउँदा गर्व महसुस हुन्छ । यद्यपी पार्टीले धेरै कुरा सुधार गर्न आवश्यक छ । साथै, अहिलेको राजनीति शुद्धिकरण आवश्यक छ । सबै र सबैलाई अट्ने काँग्रेस बनाउन आवश्यक छ । यसमा नेतृत्वको ध्यान पुग्न जरुरी छ ।

     

  • अन्तर्वार्ता
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्वार्ता सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution