चौतारा । सिन्धुपाल्चोकमा जारी निषेधाज्ञाको समय जेष्ठ १४ गतेसम्मको लागि थप गरिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञाको समय थप गरेको जानकारी दिएको हो । जिल्लाका सबै स्थानीय तहहरुमा कोरोना संक्रमितहरुको संख्या बढिरहेकोले निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । हाल जिल्लामा ५ सय ७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यस अघि बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर बैशाख ३१ सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
निषेधाज्ञा जारी भएको समय अवधिभर अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ