• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ श्रावण २, शुक्रबार | Friday, 18, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

अक्सिजन प्लान्ट स्थापना गर्दै सुनकोशी गाउँपालिका

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ जेष्ठ १५, शनिबार (४ साल अघि)
  • १७३९ पाठक संख्या
  • sunkoshi-gaupalika-sindhupalchok
    फाईल तस्विर

    खाडीचौर । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका आफैलें अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिने उद्देश्यले पालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न लागेको जनाएको छ ।

    सुनकोशी गाउँपालिकाको कार्यपालिकाको बैठकले अक्सिजन प्लान्ट स्थापना गर्ने औपचारिक निर्णय गर्दै प्रक्रियासमेत अघि बढाएको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) ले जानकारी दिए । सम्भवतः देशभरका स्थानीय सरकार मध्ये सुनकोशी गाउँपालिकाले यसरी आफ्नै पहलमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको यो पहिलो भएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए । अक्सिजनमा सिन्धुपाल्चोकलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको उनले बताए ।

    सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट नहुँदा छिमेकी जिल्लाहरूमा गएर अक्सिजन प्लान्ट भर्दा निकै समस्या भएपछि गाउँपालिकाले विभिन्न सहयोगी संघ संस्थासँगको समन्वयमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । गाउँपालिकाले वडा नम्बर- ६ को थुम्पाखरमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको अध्यक्ष जिसीले जानकारी दिए । गाउँपालिकाले एनसिसी बैंक, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, क्षमादेवी व्यावसायिक समूह लगायत अन्य सहयोगी व्यक्ति र संघ संस्थासँग पनि अक्सिजन प्लान्टको लागि सहकार्य गर्न लागेको छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अक्सिजन प्लान्ट निर्माणका लागि बैंक लगायत अन्य संघ संस्थाहरूसँग समन्वय गरिदिएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए । एनसिसी बैंक सञ्चालक समितिमा बस्नेत पनि सदस्य छन् । अहिलेको यो महामारीमा जुध्न र भविष्यमा हुने संकटमा समेत अक्सिजन प्लान्ट स्थापना भएपछि एउटा पूर्वाधारको रुपमा यसले जिल्लाबासी र छिमेकी जिल्लाहरुलाई समेत सहयोग पुग्ने अध्यक्ष जिसीले बताए ।

    सुनकोशी गाउँपालिकाको समन्वयमा स्थापना हुने अक्सिजन प्लान्टबाट गाउँपालिकाको स्वास्थ्य संस्थामा मात्रै नभएर जिल्लाभर वितरण हुने र अन्य जिल्लामा समेत अक्सिजन प्रदान गर्न सक्ने गरेर अक्सिजन प्लान्टको लागि बजेटको स्रोत सुनिश्चित गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution