• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई वडा अध्यक्ष लामाको आग्रह

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ जेष्ठ २१, शुक्रबार (५ साल अघि)
  • २०५६ पाठक संख्या
  • st copy
    ‍‍‍

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ९ का वडा अध्यक्ष विष्णु लामाले भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

    ‘कथित वडा अध्यक्ष नै संस्थाको जागिरे’ शीर्षकमा आफ्नो नाम राखी नियोजित रुपमा आफू बिरुद्ध कपोकल्पित समाचार प्रकाशन भएको भन्दै यस्तो समाचार प्रकाशन गरेर पत्रकारिता जगतको खिल्ली नउडाउन उनले आग्रह गरेका हुन् ।

    ‘सिन्धुज्वालामा मिति २०७८ जेठ २० मा प्रकाशित कथित वडा अध्यक्ष नै संस्थाको जागिरे नामक भ्रामक, पोकल्पित समाचार प्रति मेरो ध्यानपण भएको छ’, प्रेस विज्ञप्ती जारी गर्दै लामाले भनेका छन्– ‘मित्रता संघमा २०७३ सालसम्म व्यवस्थापक रहेको स्थानीय निर्वाचन अगवै राजिनाम दिई स्वीकृत भएको र हाल यस संस्थाको कार्यसमितीको अनुरोधमा विदेशबाट सहयोग संकलन एवम् प्रतिवेदन तयार गर्न सहयोग गर्दै आएको जानकारी गराउदछु ।’

    २०७२ सालको भूकम्पमा पूर्व कदमबास गाविसको अनुदान मित्रता संघ र अन्य संस्थाको सहयोग संकलन गरि गोल्मादेवी माविलाई केन्द्र बनाई शिक्षक एवं सामाजसेवी कृष्णबहादुर तामाङको संयोजकमा राहत वितरण समिति गठन गरि वितरण गरिएको र सो सम्बन्धी विवारण सविकको कदमबास गाविसमा जानकारी गराएको लामाले उल्लेख गरेका छन् ।

    ‘यस संस्थाको ३ रोपनी खेतबाट उत्पादन भएको धनको चामाल यस बालगृहमा २ महिना उपभोग गर्ने गरेकोमा सिन्धुज्वालामा प्रकाशित व्यवस्थपक वापत सेवा सुविधा लिएको र भूकम्पको राहत अनियमिता भएको चामाल गलत ठाउँमा प्रयोग भएको, अन्य गलत लन्छाना लगाई व्यक्तिगत चरित्र माथी खेलवड गर्न खोजिएकोले घोर आपत्ती जानउँदै खेद प्रकट गर्दछु’ लामाद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘यस विषय वस्तुलाई छानविन गरी पुष्टी गर्न सिन्धुज्वालालाई चुनौती दिन चाहान्छु ।’ आफू बिरुद्ध लगार्ईएको गलत लान्छना बिरुद्ध कानुनी प्रकृयामा जाने लामाले बताए ।

    अध्यक्ष तामाङले नियोजित रुपमा आफू बिरुद्ध कपोकल्पित समाचार प्रकाशन भएको भन्दै प्रेस विज्ञप्ती जारी भएलगत्तै प्रतिक्रिया दिँदै भूकम्प लगत्तै निर्माण गरिएको गोल्मादेवी क्लष्टरको संयोजक कृष्णबहादुर तामाङले प्रकाशित समाचार भ्रामक नै भएको बताएका छन् । ‘समाचार छापिदा तथ्यमा आधारित हुनुपर्छ, कपोलकल्पित समाचारले समाजमा विसंगति र द्वन्द निम्त्याउँछ’, तामाङले प्रतिक्रिया दिँदै भने– ‘भूकम्पको कुरा उठाईको छ, त्यो सरासर कपोल्कल्पित, तथ्यहिन छ । राहत वितरण समिति गोल्मादेवी क्लष्टरको संयोजकको हैसियतले वडाध्यक्ष भन्दा पनि म कृष्ण तामाङ त्यसको लागि पूर्ण जवाफदेही रहेको प्रष्ट पार्न चाहान्छु ।’

    त्यस्तै स्थानीय लालकाजी तामाङले समाचार सम्प्रेषण गर्नु भन्द अगाडि सो ठाउँका अग्रज, बुद्धिजीवी, स्थानीयसँग र सम्बन्धित सदस्यहरुसँग बिषय प्रसङ्ग बुझेर सोधपुछ गर्ने गर्नु पथ्र्यो । हावाको तालमा लेखेर हुदैन । बिना प्रमाण आर्काको चरित्र माथि खेलबाड नगर्नु होला । बिना प्रमाणको आक्षेप र दोषी नलगाउनु होला । सहि सत्य तथ्य समाचार मात्रै लेख्ने गर्नु होला ।’

    हेर्नुस् अध्यक्षद्वारा जारी विज्ञप्ती

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution