• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

बर्खा अघिनै काठमाण्डौ जोड्ने चौतारा–झ्याडी सडक कालोपत्रे गरिने

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ जेष्ठ २२, शनिबार (५ साल अघि)
  • १८७७ पाठक संख्या
  • IMG_20210604_163125 copy
    कालोपत्रे गर्नको लागि सबबेस गुणस्तरीय छ कि छैन भन्ने जाँच्दै सांसद युवराज दुलाल ।

    चौतारा । जिल्ला सदरमुकाम चौतारादेखि राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दुरीको चौतारा–सीपाघाट–कात्तिके–काठमाण्डौ मोटरबाटो अन्र्तगत चौतारादेखि सानोसिरुवारीसम्म बर्खा अघिनै कालोपत्रे हुने भएको छ ।

    सडक खण्ड अन्र्तगत पहिलो चरणको चौतारा–झ्याडी भित्र पर्ने १० किलोमिटर भित्रको सो खण्डमा कालोपत्रे हुने भएको हो । सानोसिरुवारीदेखि झ्याडीसम्म भदौ भित्रमा कालोपत्रे सक्ने जनाईएको छ । शुक्रबार बागमती प्रदेशको सांसद् युवराज दुलाल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव सापकोटा, स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधि, प्राविधिकसहितको टोलीले सडकको अनुगमन गरेको हो । कालोपत्रे गर्नको लागि सबबेस गुणस्तरीय छ कि छैन भन्ने अनुगमन गरिएको थियो ।

    सांसद दुलाल स्वयम्ले पिकले खनी सडकको जाँच गरेका थिए । ‘कालोपत्रे हुन लागेको अवस्थामा हामीले अहिले सबबेस गुणस्तरीय छ कि छैन भनेर जाँच गरेका हौं’, सांसद् दुलालले भने– ‘अनुगमनबाट सडक गुणस्तरीय बनाउन कोशिस भईरहेको पाईएको छ ।’ केहि कमी कमजोरी र अनुगमनको क्रममा देखेका कुराहरु आयोजना प्रमुख र निर्माण व्यवसायीलाई जानकारी गराउँदै सुधार गर्न सुझाव दिने दुलालले बताए ।

    ‘विकास निर्माणको आयोजनाहरुमा गुणस्तर कायम होस्, डिजाईन, स्टमेट अनुसारको काम होस् भन्ने मूख्य धेय रहेको छ’, दुलालले भने– ‘जिल्लाको विकास दिगो विकासको मोडलमा लैजानको लागि हामी प्रयत्नशिल छौं ।’ जनप्रतिनिधिहरु, स्थानीय, सबै सरोकारवालाहरुले बाटो गुणस्तरीय बनाउनको लागि भूमिका निर्वाह गर्नु पर्ने जनाउँदै दुलालले त्यसको लागि सक्रिय रहन आग्रह गरे ।

    चौतारा–सीपाघाट–कात्तिके–काठमाण्डौ मोटरबाटो अन्र्तगत पहिलो चरणको चौतारा–सिपाघाट सडककखण्ड मध्ये चौतारा–झ्याडी खण्डको १० किलोमिटर कालोपत्रे यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको भएपनि सिरुवारीबाट झ्याडीसम्म अलि बढी कटिङ भएको कारण बर्खामा पहिरो गएर क्षति पुग्न सक्ने देखिएकोले बर्खा पछि मात्रै कालोपत्रे सुरु गर्ने चौतारा साँगाचोकगढी नगरपालिका– ७ का वडा अध्यक्ष उमाप्रसाद दुलालले जानकारी दिए । ‘ग्राभेल चाहिँ बर्खा अघिनै सम्पन्न गर्ने गरी काम भईरहेको छ’, दुलालले भने– ‘बर्खा सकिएलगत्तै कालोपत्रे सुरु हुन्छ ।’

    २६ करोडमा सोवर्ण निर्माण सेवाले यो सडक खण्डको काम गरिरहेको छ । अरनिको राजमार्गको विकल्पसमेत ठानिएको यो सडक स्त्तरोन्नति गर्ने काम भईरहेको छ । कुल ५६ किलोमिटर लामो यो सडक प्रदेश सरकारको बजेटबाट कालोपत्रे तथा स्त्तरोन्नति थालिएको हो ।

    त्यस्तै शुक्रबारनै चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारीको भूतछाँगामा बन्दै गरेको सिँडीको पनि अनुगमन गरिएको छ । सो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले बागमती प्रदेश सरकारले ५० लाख बिनियोजन गरी सिँडी निर्माण कार्य भईरहेको छ ।

     

  • सांसद्ले गरे सडक अनुगमन
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution