• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

सिन्धुपाल्चोकमा थप एक साता निषेधाज्ञा, के खुल्ने के नखुल्ने ?

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ जेष्ठ ३१, सोमबार (५ साल अघि)
  • १११३ पाठक संख्या
  • Nise
    फाईल तस्विर

    चौतारा । सिन्धुपाल्चोकमा एक साताको लागि निषेधाज्ञा थप गरिएको छ ।

    सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई थप एक साता लम्व्याउने निर्णय गरेको हो । यस अघि जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । अब असार ८ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा कायम हुने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

    जिल्लामा कोभिड १९ को संक्रमणको जोखिम अझै कायम रहेकोल संक्रमण समुदायमा फैलिई रहेको हुन सक्ने अवस्थालाई ध्यानमा राखि निषेधाज्ञा थप गरिएको पोखरेलले जानकारी दिए । निषेधाज्ञा पालना गर्नु गराउनु सबै व्यक्ति, संघ संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुने भन्दै पोखरेलले यदि कोही कसैबाट निषेधाज्ञाको उल्लंघन भएमा कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने बताए ।

    के खुल्ने, के नखुल्ने ?

    निषेधाज्ञाकै बीच स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गरेर एम्बुलेन्स, ग्यास, पेटोलियम पदार्थ, खानेपानी, औषधि तथा उपचार सामग्रीहरु, स्वास्थ्य संस्था, अस्पताल भेटेनरी अस्पताल भेटेनरी औषधी पसल, दुरसञ्चार, इन्टरनेट, फोहरमैला व्यवस्थापन, मल, बीउ र कृषि सामग्री, बैंकको ए.टि.एम सेवा, डाँक सेवा र सार्वजनिक निर्माण सम्बन्धि कार्य र सेवाहरु ढुवानी सेवा, छापाखाना, पुस्तक र स्टेशनरी सेवा सञ्चालन गर्न पाईने छ ।

    त्यस्तै जिल्ला भर खाद्यान्न, तरकारी, फलफुल, दुग्ध र दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना, पशु, पंछीको उत्पादन र विक्रि वितरण र निर्माण सामग्री पसलको सञ्चालन, सवारी साधन मर्मत सेवा सञ्चालन गर्न पाईने छ ।

    मठ, मन्दिर, मस्तिज, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी सीमित व्यक्तिले मात्र नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने व्यवस्था गर्नुपर्ने छ । सरकारी कार्यालय र अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरुको सवारी साधनको हकमा परिचय पत्रको आधारमा सामाजिक दुरी कायम गर्दै आन्तरिक आवतजावत गर्न दिईने र बैंक, लघु वित्त, विमा, सहकारी लगायतका वित्तिय संस्थाहरुबाट प्रवाह हुने सेवा शाखा प्रबन्धकले स्वास्थ्य तथा सुरक्षाका सबै मापदण्ड पूरा गराई न्यूनतम कर्मचारीको उपस्थितीमा नियमित रुपमा सञ्चालन गर्न सकिने छ ।

    सञ्चारकर्मीको हकमा सूचना विभाग वा सम्बन्धित सञ्चार गृहले जारी गरेको परिचय पत्रको आधारमा आवत जावत गर्न दिने निर्णय भएको छ ।

    तर सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिम खाना,स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, साईकल र मोटरसाईकलमा गरिने व्यापार, रंगशालामा हुने दर्शक सहितको खेलकुद, तालिम, सेमिनार भौतिक उपस्थितीमा गरिने शिक्षण प्रशिक्षण र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न पाईने छैन ।

    त्यस्तै समाजिक र संस्कृतिक कार्यहरु विवाह, ब्रतबन्ध लगायतमा १५ जना भन्दा बढी सहभागी नहुने र सहभागीहरुले जनस्वास्थ्यका सबै निर्धारित मापदण्ड पूर्णपालना गर्ने गरि पूर्व स्वीकृति लिएर मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउनुपर्ने छ । भारत र अन्य मुलुकबाट सिन्धुपाल्चोक जिल्लामा आउने व्यक्तिले अनिवार्य रुपमा १० दिन क्वारेण्टाईनमा बनु पर्नेछ ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution