• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १५, आईतबार | Sunday, 29, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

बेपत्ताको खोजीमा खटिए ३५० सुरक्षाकर्मी

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ ३, बिहिबार (१ साल अघि)
  • ४०० पाठक संख्या
  • 198831939_324544102657470_6966602648969537315_n
    ‍‍‍

    मेलम्ची । मेलम्चीको बाढी पहिरोमा परी बेपत्ताको खोजीका लागि ३५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
    अझै तीन विदेशीसहित १७ जना बाढी पहिरोमा परी बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

    खोजी तथा उद्धारका लागि १३७ जना नेपाली सेना, ७८ जना नेपाल प्रहरी र १३५ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । उनीहरु बाढी पहिरोले ठूलो क्षति गरेको हेलम्बु र मेलम्ची क्षेत्रमा खटिएका छन् । नेपाली सेनाको २६ नं बाहिनीपतिको कमाण्डमा सेना खटिएको छ । कालीजंग गणको खोज तथा उद्धार टोली चनौटेमा ३८ जना, गोरख बक्स गण चौताराबाट तिम्बुमा २९ जना, कालीजंग गणको ३४ जनाको टोली मेलम्चीमा र नेपाल आर्मी हेली चनौटे र हेलम्बुमा ७ जनाको टोली खटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपीको कमाण्डमा ७८ जना प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट २० जना, इप्रका मेलम्चीबाट १५ जना, इलाका प्रहरी कार्यालय हेलम्बुबाट ८ जना, प्रहरी चौकी तालामाराङबाट ५ जना र विपद व्यवस्थापन गुल्म हेटौंडाबाट २५ जनाको टोली खटिएको छ ।

    मेलम्ची र हेलम्बुमा सशस्त्र प्रहरीका ५ वटा टोली परिचालन गरिएको छ । १६ नम्बर गण बन्देउबाट एसपीको कमाण्डमा ६१ जना मेलम्चीमा खटिएको छ भने, खानेपानी सुरक्षा वेस मेलम्चीबाट २९ जना र अर्को १५ जनाको टोली मेलम्चीमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी सईको कमाण्डमा १५-१५ जनाको दुई वटा टोली हेलम्बुमा खटिएको प्रशासनले जनाएको छ ।

    बिहीबार प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले दिएको जानकारी अनुसार तीन जनाको मात्रै शव फेला परेको छ । उनीहरु दुई जना चिनियाँ र एक जना भारतीय नागरिक हुन्। चिनियाँ नागरिक गोङ टियान छियो र युचि झु र भारतीय नागरिक कमल लोचन महतोको शव फेला परेको हो । महतोको शव सिन्धुलीको सुनकोशी गाउँपाहिलका ७ कानढुङ्ग्रीस्थित सुनकोशी नदी किनारमा फेला परेको हो। झुको शव सिन्धुलीको मुलकोटस्थित नदी किनारमा भेटिएको हो । छियोको भने घटनास्थलमै बुधबार फेला परेको थियो । तर सनाखत हुन सकेको थिएन ।

    दुई भारतीय र एक चिनियाँ नागरिक अझै बेपत्ता छन् । बेपत्ता हुनेमा भारतीय नागरिक विजय बासुमन्तरी, जिनडाओ बासुमन्तरी र चिनियाँ नागरिक सन यु चुवान रहेका छन् । उनीहरु सबै मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए । आफ्ना ६ जना कर्मचारी बेपत्ता भएको आयोजनाले जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

    बेपत्ता भएकाहरूमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ रहेका छन् ।
    यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, रेसमलाल सार्की र हेमराज घिमिरे बेपत्ता छन्। थप चार जना पनि बेपत्ता भएको सूचना बिहीबार आएको छ । हेलम्बु गाउँपालिका १ का ४५ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय पूर्ण तामाङ, ५० वर्षीय कामी तामाङ र उनकी ७० वर्षीया आमा पनि बेपत्ता भएको जानकारी आएको प्रशासनले जनाएको छ ।

    यसअघि बेपत्ता भनिएका १९ वर्षीय बिमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल र १६ वर्षीय कमल खत्री सम्पर्कमा आएका छन् । बाढी पहिरोमा परी एक चिनियाँसहित ५ जना घाइते भएका छन् । ८० जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दा र सुरक्षाकर्मीलाई सुरक्षित स्थलमा सारिएको छ। हेलम्बुका २५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

    इप्रका हेलम्बु मेगा बैंकको भवनमा सरेको छ । मेलम्चीका तालामाराङका २५ परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । प्रहरीचौकी तालामाराङमा कार्यरतलाई तेर्से माविको होस्टलमा सारिएको छ । सशस्त्र प्रहरीको खानेपानी अस्थायी सुरक्षा पोष्ट बाढीले बगाएपछि गोल्मादेवी माविको भवनमा सारिएको छ । विस्थापितहरुलाई राहत वितरणको काम पनि भइरहेको छ ।

  • बाढी पहिरोको वितण्डाः
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा

  • पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

  • बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution