• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १६, मंगलबार | Tuesday, 30, May, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • २गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ३कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ४कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ५कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ६सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन
  • ७शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?
  • ८प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

दोलालघाट क्षेत्रका ११ ओटा घर डुबानमा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ ४, शुक्रबार (१ साल अघि)
  • ६१८ पाठक संख्या
  • 1623993083.dolalghat duban
    ‌‌‌

    काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा परेका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो ।

    घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्यत्र सारिएको छ । डुबान क्षेत्रमा परेका बजार क्षेत्रको बिहीबार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी डुबानबाट भएको भौतिक क्षतिको यकिन विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्न आग्रह गरेको छ ।

    नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि दुई/तीन दिनदेखि यहाँका मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधवार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित सुदर्शन रायले बताए । दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको छ ।

    डुबानबाट त्यहाँका विन्दा श्रेष्ठ, नानीबाबु मिजार, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, सुवास राय, रामप्यारी गिरी, दिलीप श्रेष्ठ, सुदर्शन राय, लोकदर्शन राय र श्याम बस्नेतलगायत त्यहाँका ११ घरपरिवार सो ठाउँबाट अन्यत्र सरेका छन् । त्यससँगै नदीबाट दोलालघाट पुरानो बजार क्षेत्रमा टहरा बनाएर बस्दै आएका माझी समुदायको टहरासमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष कुँवरले बताए ।

    जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले डुबानमा परेका परिवारको अन्त ठाउँमा पनि घर भएका कारण सुरक्षित ठाउँमा सारिएको र पानीको बहाव झन् बढ्न सक्ने भएकाले थप समस्या हुन नदिन सुरक्षा उपाय अपनाउन प्रहरी प्रशासन परिचालन गरेको बताए ।

    नदीमा बाढी आएर दोलालघाट बजार क्षेत्र र मण्डनदेउपुर नगरपालिकाको सिपाघाट क्षेत्र डुबानमा परी पूर्ण तथा आंशिक क्षति भएकाले विपद्बाट प्रभावितको सुरक्षित बसोबास, खाद्यान्न, गैरखाद्य सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा व्यवस्थापन गरिरहेको प्रजिअ पोखरेलले बताए ।

    समितिले बिहीवार डुबान क्षेत्रको स्थलगत अनुगमन गरी बाढी तथा डुबान प्रभावितलाई तत्काल आवश्यकपर्ने खाद्य तथा गैरखाद्य सामग्री गाउँरनगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गर्ने र स्थानीय तहबाट पहिचान भएका थप आवश्यक सामग्री व्यवस्थापनका लागि प्रभावितहरूको विवरण यकिन गरी गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय वाग्मती प्रदेशमा अनुरोध गर्ने निर्णय गरेको छ ।

    बाढीका कारण दोलालघाटमा रहेको पक्की पुल रहेको स्थानमा नदीले बगाएर ल्याएको ढुंगा, गिट्टी, बालुवा आदिका कारण नदीको उचाइ बढेकाले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्नेसमेत जिल्ला समितिले निर्णय गरेको छ । त्यससँगै समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र भोटेकोशी नदीको तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिश गर्ने र उक्त स्थानमा बाढी पूर्वसूचना प्रणाली जडान गर्न जल तथा मौसम पूर्वानुमान विभागमा अनुरोध गर्ने निर्णय गरेको छ । रासस

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

  • कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

  • कर्मचारीको कारण सेवा प्रवाह नै बन्द


  • ग्लोबल अपडेटथप

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training

    कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

    Samman

    कर्मचारीको कारण सेवा प्रवाह नै बन्द

    Woda No 5
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution