• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

संस्कृति जोगाउन जुटे नेवार समुदायका महिला

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ ५, शनिबार (४ साल अघि)
  • १७३५ पाठक संख्या
  • IMG_1024
    ‌‌‌

    चौतारा । नेवारी संस्कृति र परम्परा जोगाउन चौतारा साँगाचोकगढी नगरपालिका– ५ का नेवार समुदायका महिलाहरु जुटेका छन् ।

    संस्कृति जोगाउने उद्देश्यले शनिबार चौतारामा नेवार समुदायका महिलाहरुलाई नेवारी परिकार बनाउने तालिम दिएको छ । नेवार समुदायमा यो सीपको अभाव देखिएकोले तालिमको आयोजना गरिएको नेवाः मिसा दबू चौतारा साँगाचोकगढी नगरपालिकाकी अध्यक्ष कमला श्रेष्ठले बताईन् । तालिममा २० जना महिलाहरु सहभागि थिए ।

    तालिमको समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले परम्परादेखि नै नेवार समुदाय खानेकुराको विविधताका लागि प्रख्यात रहेको बताउँदै आफ्नो संस्कृतिको साथै परिकारहरु जोगाउनु पर्ने बताए । ‘हामीले हाम्रो संस्कृति जोगाउन सकेनौ भने कहिल्यै समाज विकास हुँदैन’, तामाङले भने– ‘संस्कृति जोगाउन महिलाहरुको मूख्य भूमिका हुन्छ, त्यसैले महिलाहरु एकजुट हुनुपर्दछ ।’ महिलाहरु एकजुट भएर आए नगरपालिकाले सदैव सहयोग गर्ने उनको भनाई थियो ।

    त्यस्तै कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष नरमान श्रेष्ठले नोवारी सीपलाई आयअर्जनसँग जोड्नुपर्ने धारणा राखे । ‘हामीसँग सीप छ, तालिम लिएका छौं, त्यसलाई आयाआर्जनको बाटो बनाउनुपर्दछ’, श्रेष्ठले भने– ‘त्यसको लागि नेवारी संस्कृति र परिकार राखेर होमस्टे निर्माण गर्न सकिन्छ ।’

    कार्यक्रममा नेवाःदेय्ःदवुका केन्द्रिय सदस्य हरिकुमार श्रेष्ठ, कृष्णरत्न गंगा माविका प्रधानाध्यापक ध्रुवलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अधयक्ष जीवन श्रेष्ठ, नेवाः मिसा दबू बागमति प्रदेश सदस्य शोभा उलक, नेवाः मिसा दबू सिन्धुपाल्चोक अध्यक्ष सीतादेवी श्रेष्ठ, राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ चौ साँगाचोकगढी नरपालिकाकी अध्यक्ष शान्ति तामाङ लगायतले संस्कृतिको संरक्षणका लागि स्थानीय सरकारले चासोका साथ बजेट विनियोजन गरिनुपर्नेमा जोड दिएका थिए ।

    नेवारी संस्कार, संस्कृति र परम्परागत क्रियाकलापमा नभई नहुने परिकारहरुको तालिमले नयाँ पुस्तालाई आफ्नो परम्परागत सीप जगेर्नाका लागि जागरुक बनाएको उनको तालिममा सहभागिभएकाहुले बताए । चामलको पिठोबाट विशेष प्रकारको आकारमा बनाईएको यमरी, चटामरी, समेवजी लगायत मासुको छैला, कचेला, भुटेको, साँधेको, पकाएको परिकारबारे तालिम दिइएको नेवाः मिसा दबूकी केन्द्रिय सदस्य रिना श्रेष्ठले बताईन ।

    समापन समारोहमा आएमा अतिथिहरुलाई तालिममा बनाईएका नेवारी परिकार खुवाईएको थियो । नेवाः मिसा दबू चौतारा साँगाचोकगढी नगरपालिको आयोजनामा भएको सो तालिम सञ्चालन गर्न चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले ५० हजार रुपैंया सहयोग गरेको थियो ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    जीवनशैली सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution