• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

हेलम्बुको स्थलगत अवलोकन गर्न पुगे उपप्रधानमन्त्री

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ ९, बुधबार (५ साल अघि)
  • ११७३ पाठक संख्या
  • rajendra_mel_csU2kVbWVj
    ‌‌‌

    हेलम्बु । उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो सिन्धुपाल्चोकको हेलम्बु पुगेका छन् । मंगलबार दिउँसो साढे १२ बजे हेलिकोप्टरबाट मन्त्री महतो मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोको स्थलगत अवलोकनका लागि पुगेका हुन् ।

    मेलम्ची तथा हेलम्बुका बाढी प्रभावितहरुसँग छलफल गर्दै मन्त्री महतोले बाढी प्रभावितलाई तत्कालका लागि आवश्यक पर्ने खानेकुरा र अस्थायी बसोबासको व्यवस्थालाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । उनले बाटोघाटो तुरुन्त निर्माण गर्ने र सो क्षेत्रलाई थप क्षति हुनबाट जोगाउने प्रतिबद्धता समेत जनाएका छन् । छलफलमा उनले भने– ‘बाटोघाटो तुरुन्त बनाउनुपर्नेछ, त्यसका लागि अहिले सबैतिरबाट रिर्पोट आइरहेको छ । तुरुन्त गर्नुपर्ने कामहरु के के छन् त्यो काम अहिले नै हामी गर्छौ । जसको घरबार गएको छ उनीहरुलाई पुर्नस्थापना गर्नुपर्नेछ । पक्की पुलहरू, झोलुङ्गे पुलहरू बगाएको छ, त्यो गाउँपालिकाको बजेटमा सम्पन्न गर्न सकिँदैन । बाटो सबै बगाएको हामीले देख्यौँ । यी कामहरु तुरुन्त अघि बढाउँछौँ ।’

    उनले घर गुमाएकाहरुका लागि एकीकृत बस्ती बसाले ठीक हुने उल्लेख गरे । त्यसका लागि सरकारले आवश्यक योजना बनाएर अघि बढ्ने मन्त्री महतोको भनाई छ । सोही क्षेत्रका सांसद समेत रहेका अर्का मन्त्री शेरबहादुर तामाङले पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मेलम्ची क्षेत्र शहरी विकास मन्त्रालयको पनि कार्य क्षेत्र पर्ने भएकोले त्यहाँको भौतिक पूर्वाधारको क्षतिको अवस्था, नागरिकका समस्या बुझेर आवश्यक योजना बनाउनका लागि स्थलगत अवलोकन गरेको उनका प्रमुख स्वकीय सचिव किशोर साहले जानकारी दिए ।

    मन्त्री महतोले बाढीले तहसनहस पारेको मेलम्ची बजार, हेलम्बु क्षेत्रका साथै हेलम्बुमा पहिरो गएर नदी थुनिएको स्थलको समेत अवलोकन गरेका छन् । गत असार १ गते हेलम्बुमा पहिरो खसेर मेलम्ची नदी थुनिएपछि आएको बाढीले हेलम्बु र मेलम्ची बजारमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution